काठमाण्डौ । काठमाडौं महानगरपालिकाले काठमाण्डौको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको जनाएको छ । महानगरपालिकाले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए त्यसको समस्या समाधान नै नहुने हो कि भन्ने कुरा गलत रहेको जनाएको हो ।
Advertisement
काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापनका निम्ति महानगर आफैँ सक्षम भएको बताए । बन्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरू निर्माण गरिसकेको जिकिर उनले गरे ।
उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए । न्युज एजेन्सी नेपाल




