• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रिलायन्सको साहित्य सम्मानमा प्राडा पौडेल र युवाकवि हेम प्रभास


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ। रिलायन्स साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको रिलायन्स साहित्य स्रष्टा सम्मान यसपटक कवि प्राडा हेमनाथ पौडेललाई प्रदान गरिएको छ । यसैगरी यस वर्षको रिलायन्स युवा प्रतिभा सम्मानबाट कवि हेम प्रभास सम्मानित भएका छन् ।

    Advertisement

    शनिवार आयोजित एक भव्य समारोहकाबीच वरिष्ठ साहित्यकार वैरागी काइँलाको हातबाट कविद्वयलाई सम्मानित गरिएको हो । प्राडा पौडेललाई २५ हजार र युवाकवि प्रभासलाई ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

    रिलायन्स साहित्य समाजले हरेक वर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको सन्दर्भ पारेर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा यसवर्ष पनि “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गरिएको हो ।

    कार्यक्रमका बोल्दै प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार वैरागी काइँलाले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरूलाई लिएर बर्सेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरे । विद्यालयहरूको साहित्यिक कार्यक्रमप्रतिको अग्रसरताले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा थप लाग्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

    सम्मानपश्चात् कार्यक्रममा बोल्दै कवि प्राडा पौडेलले रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको बताए । विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्दै कवि पौडेलले समाजलाई आगामी दिनमा अझै सशक्त रुपमा साहित्य जगेर्नामा लाग्न शुभकामना दिए ।

    कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयस्तरमा आयोजना हुँदै आएको वक्तृत्वकला, कविगोष्ठी एवं स्रष्टा सम्मानले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र साहित्य सिर्जनामा लाग्ने प्रेरणा र हौसला तथा स्थापित कविहरुलाई भाषा साहित्यको जर्गेनामा थप लाग्ने प्रोत्साहन मिल्ने बताए ।

    कार्यक्रममा कवि डा रमेश शुभेच्छुले सम्मानित स्रष्टा प्रा.डा. हेमनाथ पौडेलको व्यक्तित्व र नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, कविहरु कलानिधि दाहाल, प्राडा देवी नेपाल, रुपक अलंकार, बलराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले २०६९ सालदेखि कविहरुलाई सम्मान गर्दै आएको छ ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer