काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङ चेक पोस्टबाट अवैधरूपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ ।
Advertisement
बीपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरू जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैधरूपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो । (रासस)




