• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

झन्झन् पर धकेलिँदै हुलाकी राजमार्गको निर्माण


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । तराईका २१ जिल्लाको लाइफलाइन मानिने हुलाकी राजमार्ग राष्ट्रिय गौरवका आयोजना मध्येको एउटा ठुलो आयोजना हो । हुलाकी राजमार्गअन्तर्गतको मुख्य सडक र भित्री सडक बनेपछि तराईका भित्री क्षेत्रको विकास सँगै त्यहाँका सर्वसाधरणको आर्थिक, सामाजिक, शैक्षिक, व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास छ ।

    Advertisement

    आर्थिक वर्ष २०६५/०६६ बाट निर्माण सुरु भएको यस राजमार्गको निर्माण गति सुस्त छ । कूल लम्बाई १ हजार सात सय ८२ किलोमिटरमध्ये करिब ६७ प्रतिशत खण्डमात्रै कालोपत्रे भएको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म सकिने गरी राजमार्ग निर्माणमा सुरुको लागत अनुमान ४७ खर्ब २४ करोड थियो । तर, संशोधन गरेर निर्माण सम्पन्न हुने म्याद २०८३/०८४ सम्म पुर्‍याएसँगै ६५ अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ ।

    पछिल्लो प्रगति ?

    निर्देशनालयका अनुसार कुल एक हजार सात सय ८२ किलोमिटरमध्ये एक हजार एक ८७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तीन सय ८५.७२ किमी सडक ठेक्का लगाएर धमाधम काम भइरहेको छ । एक सय ८१.५७ किमी सडक ठेक्का लगाउनै बाँकी छ । दुई सय पाँच पुल मध्ये ठेक्का व्यवस्थापनका लागि स्रोत सुनिश्चितता नभएका कारण अझै ७२ पुलको ठेक्का लाग्नै बाँकी छ । ६८ वटा पुल बनिसके भने ६५ वटा पुल निर्माणाधीन अवस्थामा छन् ।

    पूर्वमा झापा देखि सुदूरपश्चिममा कञ्चनपुरसम्म जोडिएको यस राजमार्ग निर्माणका लागि यो आर्थिक वर्षमा सरकारले तीन अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको छ । तर, चलिरहेको सम्झौताको स्वीकृत दायित्व नै करिब २४ अर्ब ६२ करोड रहेको निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा १० अर्ब ९३ करोड र आगामी आर्थिक वर्षमा ९ अर्ब ९३ करोड आवश्यक पर्ने निर्देशनालयको भनाई छ । हालसम्म राजमार्ग निर्माणमा ५९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको छ ।

    निर्देशनालयका अनुसार कैलालीको लम्की–खक्रौला– टिकापुर सडक खण्डमा ३ सय मिटर सडक भारतीय सिमानाको विषयलाई लिएर विवाद भइरहेको छ । कञ्चनपुरको डोकेबजार– बेलौरी – दैजी सडक खण्डमा झण्डै डेल किलोमिटर सडकमा सिमाना विवाद छ । कञ्चनपुरमा निकुञ्ज क्षेत्रभित्र मात्रै करिब १० किलोमिटर सडक पर्छ । निकुञ्जको बन कटानी र बाटो लैजान आयोजनाले मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेपनि ठोस निर्णय भएको छैन ।

    पर्सा र चितवनमा पनि निकुञ्ज भित्रबाट क्रमशः १५ र ४.५ किलोमिटर सडकको भाग पर्छ । चितवनको ठोरी बगही बसर्पाक सडक खण्डमा निकुञ्ज भित्र पर्ने भएकाले सडक रेखांकन र रुख कटानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । बाँकेको गोठुवा – मानखोला सडक खण्डामा ३० किलोमिटर सडक जंगल भित्रै पर्छ । दाङ, कपिलवस्तु र बाँकेका क्रमशः ६१, १६ र ३३ किलोमिटर बाटोका अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन । सप्तरीमा ३५, कैलालीमा १४ र नवलपरासीमा २३ किलोमिटर बाटोको पनि ठेक्का व्यवस्थापन भएको छैन ।

    के भन्छ हुलाकी राजमार्ग निर्देशनालय ?

    हुलाकी राजमार्ग निर्देशनालयका वरिष्ठ डिभिजन इन्जिनियर माधव प्रसाद अधिकारीले केही प्राविधिक समस्याका कारण हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्न ढिलाइ भएको बताए । घर जग्गा, वन क्षेत्र र सीमा विवादका कारण राजमार्गको १८१.५७ किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन पाएको छैन ।

    केही ठाउँमा सडकमै घर भएका घरधनीले अदालतबाट समेत निषेधाज्ञा ल्याएर निर्माणमा अवरोध पुर्‍याएको निर्देशनालयले जनाएको छ । वन क्षेत्रमा परेका सडकमा कसरी ठेक्का लगाउने भन्नेबारे वन मन्त्रालयसँग समन्वय भइरहेको अधिकारीले बताए । उनले भने,‘वनबाट बाटो निकाल्ने सवालमा वन मन्त्रालयबाट रेखाङ्कनको स्वीकृति पाएपछि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्छ । तब मात्रै पर्सा, बाँके र कञ्चनपुरमा काम अघि बढ्छ ।’

    आवश्यकता अनुसार बजेट नहुँदा ठेकेदारले काममा ढिलासुस्ती गर्ने गरेको निर्देशनालयले जनाएको छ । बाँके, बर्दिया र दाङमा राजनीतिक दलनिकटका ठेकेदार राजेन्द्र बजगाईं र कान्छाराम तामाङले संयुक्त रूपमा ठेक्का लिएका थिए । उनीहरूको मनपरीले तीनवटै जिल्लाको निर्माण कार्य प्रभावित बनेको निर्देशनालयले जनाएको छ ।

    कुन जिल्लामा कति किलोमिटर सडक

    झापा – ७१.४२ किमी
    मोरङ – ९६.६५ किमी
    सुनसरी – ९०.९५ किमी
    सप्तरी – १२९.५८ किमी
    सिरहा – ५७.४४ किमी
    धनुषा – ९८.५२ किमी
    महोत्तरी – ५५.९४ किमी
    सर्लाही – १५३.२२ किमी
    रौतहट – १९.११ किमी
    बारा – ११२.६८ किमी
    पर्सा – ६० किमी
    चितवन – ३७.७ किमी
    नवलपरासी – ६७ किमी
    रुपन्देही – ४४ किमी
    कपिलवस्तु – १२२ किमी
    दाङ – १३८ किमी
    बाँके – ११३ किमी
    बर्दिया – ४३ किमी
    कैलाली – १०२.७ किमी
    कञ्चनपुर – ६२.५

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer