• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विकास बजेट ५ महिनामा खर्च १२ प्रतिशत मात्रै!


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ५ औं महिना बित्दा विकास खर्च मात्र १२ प्रतिशत भेटेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंसिर मसान्तसम्म विकास बजेट लक्ष्यको ११.९४ प्रतिशत मात्र भएको छ । यस आवमा सरकारले ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँको विकास खर्च गर्ने लक्ष्य राखेको छ । मंसिर मसान्तसम्म खर्च भने मात्र ३६ अर्ब ६ करोड रुपैयाँ भएको कार्यालयको तथ्यांक छ । विकास खर्च कम हुँदा यसले आर्थिक वृद्धिदरमा समेत नकारात्मक असर गर्छ ।

    Advertisement

    विकास खर्च उल्लेख्य गर्न नसकेको सरकारको चालु खर्च भने पाँचौं महिनामै लक्ष्यको साढे ३१ प्रतिशत नाघिसकेको छ । जसमा तल्लो सरकारमा जाने अनुदान समेत जोडिन्छ । मंसिर मसान्तसम्म सरकारले चालु तर्फ ३ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ चालु प्रकृतिको बजेट खर्च गरिसकेको छ । यस आवमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ चालु बजेट खर्च गर्ने लक्ष्य सरकारको छ । यस अवधिमा लक्ष्यको ३१.५३ प्रतिशत चालु बजेट खर्च भएको तथ्यांक छ । सरकारले तलव भत्ता, सामाजिक सुरक्षासहितको अनिवार्य दायित्वमा चालु प्रकृतिको बजेट खर्च गर्छ ।

    सरकारले सामान्यतया ऋण तिर्ने प्रयोजनमा प्रयोग गर्ने वित्तीय व्यवस्थातर्फ मंसिर मसान्तसम्म ५६ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ । यो यस वर्षको लक्ष्यको १८.५२ प्रतिशत हो । यस आवका वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गर्ने सरकारको लक्ष्य रहेको छ ।
    कुल बजेट खर्च ५ महिनामा २५.८७ पुगेको छ । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंसिर मसान्तसम्म कुल बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड पुगेको छ ।

    ऋण लिएर खर्च जुटाउनु पर्ने बाध्यता

    सरकारको राजस्व आम्दानी र खर्चको प्रवृत्ति हेर्दा यस वर्ष पनि ऋण लिएर खर्च जुटाउनु पर्ने बाध्यता देखिएको छ । मंसिर मसान्तसम्म सरकारले राजस्व परिचालनबाट ३ खर्ब ६३ अर्ब रुपैयाँ मात्र संकलन गरेको छ । यो रकमले चालु प्रकृतिको खर्च मात्र धान्न पुग्ने देखिन्छ ।

    यस अवधिमा अनुदानवापत २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त भएको छ । अन्य प्रकृतिको आम्दानी १७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यसरी सरकारले ५ महिनामा ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । खर्च जुटाउन सरकारले आर्थिक वर्षको पहिलो महिनाबाटै ऋण लिइरहेको छ । ५ महिनामा राजस्व संकलन लक्ष्यको २५.५५ प्रतिशत मात्र भएको छ । यस आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबरको राजस्व संकलन हुने अनुमान गरेको छ ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer