काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले आफ्नो तेह्रौं वार्षिकोत्सवका अवसरमा पूँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरेको छ उक्त ओरातियोगीताका लागि नेपालका बिभिन्न विश्वविद्यालय तथा सो अन्तरगतका क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीबाट “नेपालमा सुदृढपुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शीर्षकमा देहायबमोजिमको सर्तमा रहने गरी तयार गरिएको निबन्ध यही मिति २०८०/९/१५ गतेभित्र नेप्सेमा पेस गर्न यो सूचना जारी गरेको छ।
सर्तहरु:
निबन्ध कम्तिमा २००० देखि बढीमा २५०० शब्द सीमामा हुनुपर्नेछ।
निबन्ध नेपाली वा अंग्रेजी माध्यमा हुनुपर्ने छ।
निबन्ध पठाउदा अध्ययनरत क्यामपसको सिफारिस अनिवार्य संलग्न गरेको हुनुपर्नेछ।
निबन्ध अन्यत्र प्रकासित भएको वा प्रकाशनका लागि पेस नगरिएको हुनुपर्नेछ।
निबन्ध research@nepalstock.com.np मार्फत पठाउन सकिनेछ।
प्राप्त निबन्धहरुमध्य उत्कृष्टलाई देहायबमोजिम पुरस्कृत गरिनेछ।
प्रथम – रु ७५०००
द्वितीय- रु ५००००
तृतीय- रु २५०००
AI टुल प्रयोग गरी तयार गरिएका निबन्धहरुलाई नेप्सेमा समाबेश गरिने छैन।
निबन्धलाई प्रतियोगितामा सामाबेश गर्ने नगर्ने पूर्ण अधिकार नेप्सेमा हुनेछ।





