• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रोकियो पोखराको प्याराग्लाइडिङ


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • पोखरा । पोखराको प्याराग्लाइडिङलाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनिश्चितकालका लागि रोक लगाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले यसअगाडि पोखराको प्याराग्लाइडिङ उडानको शुल्क तोक्नेदेखि कम्पनीहरूको आलोपालो प्रणालीको व्यवस्थापन गर्ने गरेको थियो । तर, पछिल्लो समय केही कम्पनीहरूले नाको निर्णयलाई अवज्ञा गर्ने घोषणा गरे । यसको अर्थ, उनीहरूले शुल्क आफैँ तोक्नेदेखि उडानको आलोपालो प्रणाली पनि उल्लंघन गर्ने र आफूखुसी उडान भर्ने निर्णय गरे ।

    Advertisement

    यसले यात्रु र पाइलटमाथि सुरक्षाको जोखिम बढ्ने देखिएपछि क्यानले अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो । लामो समयदेखि प्याराग्लाइडिङ उडान गरिरहेका एक पाइलट भन्छन्, “एउटा मात्र टेक अफ छ । पहिलेकै स्लट अनुसार उडान भरेको भए हुन्थ्यो । अहिले पनि दुई घण्टा पनि कुर्नुपर्ने हुन्छ । अब पाइलटहरूले शुल्क घटाएर खुला गर्नबित्तिकै एकदमै रस हुन्छ, यसले दुर्घटनाको जोखिम हुन्छ । यथास्थितिमा नै चलाए राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो ।”

    तर, एकद्वार प्रणालीमा जाँदा केही कम्पनीहरू असन्तुष्ट छन् । यही हप्ता नाले बोलाएको छलफलमा बहुमतबाट पुरानै प्रणालीलाई निरन्तरता दिने निर्णय गरे पनि त्यसको दुई दिनपछि २१ कम्पनीहरूले आफूखुसी उडान भर्ने र दर तोक्ने भन्दै फरक मत राखे । यसले जोखिम निम्त्याउने ती पाइलटको भनाइ छ । उनी भन्छन्, “नाले कम्पनीवाइज पाइलटलाई बोलाएर अनुमति दिन्छ, आफूखुसी जाँदा ग्लाइडरमाथि नै ठोकिने जोखिम हुन्छ ।” यहाँ केही कम्पनीले आ–आफ्नो तरिकाले उडान भर्न खोजिरहेका छन् । अहिले पोखरामा ६२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । ग्लाइडर उडाउने पाइलट २६० जना छन् । तर, टेकअफ गर्ने ठाउँ तोरीपानी मात्रै हो ।

    “आफूखुसी उडान भर्दा सुरक्षा नै हुँदैन । पहिला पाँचवटा टेकअफ हुँदा त गाह्रो हुन्थ्यो, अहिले त तोरीपानीबाट मात्रै टेकअफ गर्न मिल्छ । कम्पनीलाई खुला गर्दा बित्तिकै मूल्य घटाएर यात्रुलाई आफूतर्फ आकर्षित गर्ने योजना पनि हुन सक्छ । हामीले यतिमा ल्याएका हौँ भनेर भन्न सक्छन्, केही पाइलटहरू चाहिँ जति पाए पनि उडान भर्ने खालका छन् । तर, यसले सुरक्षा मापदण्डलाई भने बेवास्ता गर्छ,” उनले भने ।

    एकद्वार प्रणालीलाई नै निरन्तरता दिनुपर्छ भने प्याराग्लाइडिङ उडान भर्ने पाइलटहरूको संस्था पाइलट क्लबले केही दिनका लागि उडान रोक्ने निर्णय गरेको थियो । यसबारे उनीहरूले सहमतिमा नै उडान रोकेका हौँ भनेर सम्बद्ध संस्था नालाई पनि जानकारी दिएका थिए । तर, यही बीचमा नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडान बन्द गरेको हो ।

    “हाम्रो चाहिँ आपसी घरको विवाद हो । यो गरौँ, नगरौँ भन्ने भएको हो । आउट आफ ट्रयाक उडान उडाएको छैन । क्यानले चाहिँ पत्र पठाएर बन्द भनेको छ । क्यानले के आधारमा बन्द गर्नुपर्छ भनेर पत्र पठाएको हो ? क्यानले चाहिँ त्यत्तिकै बन्द गरेको हो । उसले तीनदिने स्पष्टीकरण सोधेको छ, तर यो उसको विषयको कुरा होइन,” ती पाइलटले भने ।

    यता क्यानका प्रवक्ता जगन्नाथ निरौला सुरक्षा जोखिमका कारण उडान रोकिएको बताउँछन् । “त्यहाँ प्याराग्लाइडिङ उडाउने त पाइलट ले नै भए । त्यसको व्यवस्थापनको जिम्मा नालाई दिइएको छ । तर, पाइलट पाइलट बीच विवाद भएको छ । विवाद भएपछि जे पनि हुन सक्ने भयो । यसले असुरक्षा निम्त्याउँछ । त्यसकारण केही समयको लागि रोकेको हो,” निरौलाले भने ।

    उडान कहिले खुल्छ भन्ने बारेमा उनले भने ,“यो कहिले खुल्छ भन्ने उहाँहरूमा नै भर पर्छ । उहाँहरूले नै हामी मिल्यौँ, हामीमा विवाद छैन भनेर आएपछि खुल्छ ।” नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले छिट्टै विवादको अन्त्य हुने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि प्याराग्लाइडिङ रहन्छ कि रहँदैन भन्ने अनिश्चित थियो । पछि सबै व्यवसायी, पाइलट, संस्था मिलेर स्लट र सेड्युल, एउटै दररेट कायम गरेर बुकिङ सिस्टम एउटै गरेपछि १६ महिनादेखि एकद्वार प्रणालीबाट प्यारग्लाइडिङले निरन्तरता पाएको थियो । क्यानले पनि चार किलोमिटर पर सारेर उडान भर्ने अनुमति दिएको थियो ।

    “हामीले यो प्रणालीलाई प्रत्येक ६/६ महिनामा निरन्तरता दिने नदिने विषयमा छलफल गर्दै आएका थियौँ । गत हप्ता पनि यही विषयमा छलफल भयो । बहुमतको आधारमा यही प्रणालीलाई निरन्तरता दिने निर्णय भयो । तर, त्यसको दुई दिनपछि २१ कम्पनीले एकद्वार प्रणालीको सट्टा आ–आफ्नो तरिकाले अगाडि जाऔँ भन्ने कुरा आयो,” भट्टराईले भने, “त्यसपछि हामीले पनि दररेट र बुकिङ आफ्नै हिसाबले गरौँ भन्ने निर्णय ग‍र्‍यौँ । तर, पाइलटहरूले चाहिँ दररेट आफैँ कायम गर्दा अस्वस्थ प्रतिष्पर्धा हुने, जोखिम बढ्ने, पारिश्रमिक पनि कम आउने हुँदा पुरानै प्रणालीमा जाऔँ भन्ने कुरा गर्नुभयो । त्यसपछि उहाँहरूले नै एकदुई दिन उडान रोक्नुभएको हो ।”

    त्यसपछि नै क्यानले यो समस्या समाधान नहुँदासम्म उडान रोक्न पत्र पठाएको हो । उनले आफूहरू निरन्तर रूपमा पाइलट र व्यवसायीसँग कसरी मिलेर जाने भन्ने विषयमा छलफल गरिरहेको बताए । “व्यवसायीहरूले ग्लाइडर महँगो छ भन्नुभएको छ, पाइलटहरूले चाहिँ दररेट एउटै हुनुपर्छ भन्नुभएको छ । एकदुई दिनभित्रै एउटा निचोडमा पुग्छौँ र क्यानलाई पत्र पठाउँछौँ,” उनले भने ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer