• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिर्खाएको काठमाडौं गाग्री लिएर सडकमा, कहिले आउँछ मेलम्चीको पानी?


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • काठमाडौं। काठमाडौंबासीले सोमबार कोटेश्वरदेखि मिनभवनसम्म रित्ता गाग्री लिएर प्रदर्शन गरे। मनसुन सकिएको तीन महिनासम्म पनि धारामा मेलम्चीको पानी नचुहिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। अहिले काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। तर आपूर्ति भने १० करोड लिटर हाराहारी मात्रै छ।बागमतीबाट दैनिक चार करोड लिटर र ३२ वटा मुहान तथा ९० बढी ट्युवेलहरूबाट सुख्खायाममा १० करोड लिटर र वर्षायाममा १५ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ।

    Advertisement

    मेलम्चीबाट दैनिक १५ करोड लिटर पानी आपूर्ति हुँदा पनि आधा मात्रै माग धान्थ्यो। त्यो पनि ठप्प हुँदा काठमाडौंमा पानीको हाहाकार छ। काठमाडौंवासी गाग्रीसहित सडकमा आएपछि हामीले मेलम्ची खानेपानी विकास समितिलाई पानी कहिले आउँछ भनेर सोधेका छौं। समितिका पदाधिकारीले ठेकेदार कम्पनीले बाँध सफा गर्न नमानेकाले पानी पथान्तरण गर्न ढिलाइ भइरहेको बताए। मेलम्चीको सुरूङ र बाँध क्षेत्र निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले भुक्तानी नपाएसम्म गेग्रान नपन्छाउने बताएपछि मेलम्ची खानेपानी अन्योलमा छ।

    विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले ठेकेदार मनाउने प्रयास भइरहेकाले अस्थायी रूपमा पानी पथान्तरण हुन समय लाग्ने बताए। ‘ठेकेदार कम्पनी सिनो हाइड्रोले भुक्तानी मागिरहेको छ। तर रकम परिचालन गर्न सकिएको छैन, ठेकेदार परिचालन गर्ने हो भने २०–२५ दिनमै पानी काठमाडौं झार्ने सकिन्छ, सिनो हाइड्रोले काम गर्न मानिरहेको छैन,’ उनले भने। २०७८ असार १ गते पश्चिमी हेलम्बुको भ्रेमथाङबाट आएको भेलबाढीले अम्बाथानस्थित हेडवर्क्स क्षेत्र पुगेको थियो। त्यही वर्ष साउन १६ र १७ गते आएको बाढीले थप क्षति पुर्‍यायो। सरकारले अघिल्ला दुई हिउँदमा सुरूङको एक नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी पथान्तरण गरेको थियो। अघिल्लो वर्ष पानी पथान्तरण गरिएको सहायक सुरूङमा गेग्रान जम्मा भएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

    अस्थायी तवरले काठमाडौं पानी पथान्तरण गर्न दुई सय मिटरको सहायक सुरूङ प्रयोग गरिएको छ। सहायक सुरूङ र मुख्य सुरूङ जोड्न ठूलो पाइपको प्रयोग गरिएको छ। ‘यी सबै खोलेर सफा गरेपछि मुख्य सुरूङमा गेग्रान पसेको छ कि छैन भन्ने थाहा हुन्छ,’ उनले भने, ‘सहायक सुरूङमा उपकरणको सहायताले सफा गर्न सकिन्छ, पाइपभित्र मासिन नै पसेर सफा गर्नुपर्ने हुन्छ।’

    सिनो हाइड्रोले सफा नगरे नयाँ ठेक्का प्रक्रियाद्वारा मुहान क्षेत्र र सुरूङ सफा गरिने उनले बताए। ‘बाँध क्षेत्र, सुरूङ सफा गर्नका लागि खर्चको प्राविधिक मूल्याङ्कन गरिरहेका छौं। एक–दुई दिनभित्रै यसको टुंगो लगाउँछौं,’ पन्तले भने। वर्षामा पानी ल्याउन बाधा नपुगोस् भनेर एक नम्बर गेटमा गेग्रान छेक्ने उपकरण राखिएको थियो। असार २० गतेबाट सुरूङमा पानी पठाउन बन्द गरिएको थियो। साउन २८ र २९ गते आएको बाढीले एक नम्बर गेटमा राखिएको उपकरणमा क्षति पुगेको र सुरूङभित्र समेत गेग्रान पसेको पन्तले बताए। मनसुन सकिएको चार महिनामा बाँध क्षेत्रसम्म बाटो पुर्‍याइएको प्रवक्ता पन्तले बताए। पहुँचमार्ग पुर्‍याउन करिब एक करोड रुपैयाँ खर्च भएको छ। ‘पहुँच मार्ग जोडेको भुक्तानी दिन बाँकी छ, एक करोडजति खर्च भएको छ,’ पन्तले भने।

    हेलम्बु गाउँपालिका अध्यक्ष भन्छन्– भेन्डर मिलाइ दिइसकेँ, आयोजना नै तात्दैन सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन ह्याल्मोले आयोजानकै कारण अस्थायीरूपमा पानी पथान्तरण गर्न समस्या भएको बताए। दुइटा भेन्डर गरी १६ करोड रूपैयाँ भुक्तानी हुन बाँकी रहेकामा आफैं जमानी बसेर गाँठो फुकाउँदा पनि मेलम्ची खानेपानी विकास समितिले पानी लैजान आलटाल गरेको उनले बताए।

    ‘मेलम्ची खानेपानी आयोजनाको काम नै बर्सौंदेखि समस्या चाङ लगाएर राख्ने रहेछ। भागेको इटालियन कम्पनी (सिएमसी)ले मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा लिएको जग्गा भाडाको रकमसमेत भुक्तानी भएको छैन। अर्को भेन्डरले आयोजनाले वक्यौता नदिएकाले घरभाडा तिर्न सकिनँ भनेर रोइराखेको छ। मैले आफैंले पहल लिएर उनीहरूलाई वक्यौता आउँछ भनेर विश्वस्त बनाइसकेको छु। तर मेलम्ची नै काम अगाडि बढाउन चाहँदैन। म आश्चर्यमा परेको छु,’ उनले भने।

    अहिले ठेकेदार (सिनो हाइड्रो) र कम्सल्टेन्सीको भुक्तानीलाई देखाएर काम अगाडि नबढाएको अध्यक्ष ह्योल्मोको भनाइ छ। उनले आयोजनाका अधिकारीहरूले मन्त्रीलाई समेत गुमराहमा राखेको बताए। ‘सिनो हाइड्रोको म्याद यही डिसेम्बर ३१ सम्म छ। आयोजना भन्छ– उसले बाँध क्षेत्र सफा गर्न मानेको छैन। उसलाई भदौतिरै सोधेर बाँध सफा नगर्ने हो भने नयाँ प्रक्रियामा जान सकिँदैनथ्यो? अहिले आएर ठेकेदार देखाउनु आयोजनाको लापरवाही हो,’ उनले भने।

    एक महिनाभित्र एडिबीको रिपोर्ट पुनरवलोकन गराइने

    अम्बाधान बाँध क्षेत्र पहिरोको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै मेलम्ची खानेपानीको आयोजनाका प्रमुख दातृ निकाय एशियाली विकास बैंकले सर्कथली सार्न सुझाएको छ। उसले विस्तृत प्रतिवेदन बुझाउँदै अम्बाथानबाट बाँध क्षेत्र करिब एक किलोमिटर मिटरमाथि सर्कथली सार्नुपर्ने बताएको हो।

    अम्बाथानबाट सर्कथली बाँध सार्दा इनटेकका अतिरिक्त सुरूङ र पहुँच मार्गको पनि दायित्व थपिन्छ। त्यसका लागि थप चार अर्ब खर्च हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ। गत मंसिर १६ गते अम्बाथान पुगेका खानेपानीमन्त्री महिन्द्र राय यादवले दुई दिन बसेर आयोजनास्थलको अवलोकन गरेका थिए। यादव काठमाडौं फर्किएलगत्तै खानेपानी मन्त्रालयले एशियाली विकास बैंकको रिपोर्ट एक महिनाभित्र पुनरवलोकन गराउने निर्णय गर्‍यो।

    ‘मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा सम्पन्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका सर्ट टर्म, मिड टर्म तथा लङ टर्मसम्बन्धि विकल्पहरूको विज्ञहरूका रायका निम्ति इन्जिनियरिङ अध्ययन संस्थानबाट एक महिनाभित्र आवश्यक पुनरावलोकन गराई मन्त्रालयले आवश्यक निर्णय गर्ने,’ खानेपानी मन्त्रालयले गत मंसिर २० गते गरेको निर्णयमा भनिएको छ।

    सुख्खायाम सुरू भई खानेपानीको समस्या विकराल रूपमा सिर्जना भइसकेको हुँदा आवश्यक मर्मत गरेर विद्यमान संरचनाबाट मेलम्चीको पानी तत्काल काठमाडौं पथान्तरण गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ। यसका अतिरिक्त जलवायु परिवर्तन लगायतका कारणले सिर्जित प्राकृतिक विपदबाट एउटै स्रोतमा मात्र भर पर्न नसकिने निष्कर्ष निकाल्दै मेलम्ची बाहेक अन्य वैकल्पिक खानेपानीका श्रोतहरू अध्ययन गर्ने निर्णय गरेको छ। ‘सिस्नेरी, ठोस्ने, कुलेखानी लगायतको अध्ययन शीघ्र सम्पन्न गरी आयोजना कार्यान्वयनका निम्ति आवश्यक वित्तिय श्रोतको व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले पहल गर्ने,’ मन्त्रालयले निर्णय गरेको छ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer