लुम्बिनी। लुम्बिनी प्रदेशसभाका विषयगत ६ संसदीय समितिको सभापतिको निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी यही १७ पुसमा निर्वाचनको मिति तय गरिएको जानकारी दिए ।
Advertisement
लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो । यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताए ।
यीमध्ये सार्वजनिक लेखा समिति र कृषि, वन तथा वातावरण समिति प्रतिपक्ष दल एमालेलाई दिने सहमति भएको छ भने अन्य चार वटा समितिमा भने सत्तापक्ष दलले भागवण्डा गर्नेछन् । (रासस)




