• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मरिच खेती कसरि गर्ने : जानिराखौ


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • स्वास्थ्य बर्धक मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । बार्षिक १ अर्ब रुपैयाँ भन्दा माथी बराबरको मरिच नेपाल आयात गर्ने गरिएको तथ्याङ्क छ ।

    Advertisement

    परिचय
    यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।

    भियतनाम विश्वकै सबैभन्दा धेरै मरिच उत्पादन तथा निर्यात गर्ने देश हो । भियतनामामा उत्पादीत मरिचले विश्व बजारको ३४ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा मोरङ,झापा , सूनसरी , रामेछाप र लमजुङका केही स्थानमा मरिच खेति गरेको पाइन्छ । वर्षेनि असार देखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि साधारणतया २५-३० वर्ष सम्म फल्ने एवं फूल्ने पनि गर्दछ, कहीं कहीं त ६० वर्ष भन्दा पनि धेरै समय सम्म उत्पादन लिएको पाइएको छ ।

    मरिचको उन्नत जातहरु

    *वेलानकोट्टा
    *कोट्टानादन
    *कल्लुवली
    *पन्नियूर
    *चेरियाकानियाककाडन
    *कोरिमुण्डा

    खेति गर्ने तरिका

    मौसम /हावापानी /माटो
    मरिच न्यानो, आद्र्र हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ ।

    समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०–९५ % उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ ।

    यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन ।

    मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० % सम्म उत्पादन घट्न सक्छ ।

    पि एच मान ४.५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ ।

    पानीको निकास सजिलै हुने भिरालो बलौटे माटो यो खेति को लागि राम्रो मानिन्छ ।

    बिरुवा उत्पादन
    पाकेको पोटिलो मरिचको गेडालाई २०देखि २४ घण्टासम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर राम्रो सँग चलाएर सुरक्षित ठाउ मा राख्ने ।

    २८ देखि ३२ दिन भित्रमा राम्रो सँग बिरुवा विकास हुन थाल्दछ र ४५ दिन भित्र रोप्नको लागि तयार हुन्छ ।

    मरिचका बिरुवा रोप्दा विरुवा र लाइनबिचको दुरुी २.५ मि को हुनुपर्दछ ।

    लहरमा फल्ने भएकोले यसलाई आडको जरुरत पर्ने हुदा फलामे तार काठको पोल पिल्लर तथा अन्य बिरुवाहरु पनि लगाउन सकिन्छ ।

    मलखादको प्रयोग
    मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० गा्रम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको छ ।

    मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय र ठाउँमा हाल्नुपर्छ ।

    रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई र तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ ।

    मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ । कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ ।

    चिस्यानयुक्त जमिन छैन भने १५ दिन जतिमा सिचाई को व्यवस्था गर्नु पर्दछ ।

    काँटछाँट/ र उत्पादन

    विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न समय समयमा काँटछाँट गरिरहनुपर्छ।

    विरुवा १ मि लामो भएपछि फेदको पातहरु हटाउनु पर्दछ ।

    मरिच रोपेको तेश्रो वर्ष पछि विरुवाहरुमा फल लाग्न थाल्छ ।

    विरुवमा मरिचको दाना पहेंलिएर एउटा झुप्पामा १ वा २ दाना रातो भइसकेपछि टिपेर, सुकाएर दान छुट्याउनुपर्छ ।

    सुरुमा मरिचको दानालाई सुख्खा ठाउँमा सुकाएपछि मात्रै घाममा सुकाउनुपर्छ ।

    घामा सुकाईसकेपछि मरिचको दाना कालो भएपछि भण्डारण गर्न सकिन्छ ।

    तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिसक्नु पर्दछ।

    एउटा मारिचको बोटबाट ४ देखि ६ किलोसम्म मरिच उत्पादन गर्न सकिन्छ ।

    राम्रोसंग हेरविचार गरेमा प्रतिहेक्टर २ सय ७५ कीलो सम्म मरिच उत्पादन गर्न सकिन्छ ।

    विभिन्न प्रजातीमा पाईन मरिचको बजार मूल्य औसत १ हजार रुपैया प्रति किलो रहेको छ ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer