काठमाण्डौ। पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ।
Advertisement
कलेजो रोगबाट पीडित उनको बुधबार बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो।
मृगौला रोगबाट समेत पीडित रहेका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त उमाकान्त न्यौपानेले बताए।
उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो। न्यौपानेका दुई छोरा र तीन छोरी छन्।
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए।
कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मेका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमासमेत भएका थिए। (रासस)




