• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नागरिकको टाउकोमा सार्वजनिक ऋण थप्दै सरकार


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानमा ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको रिपोर्ट अनुसार सरकारले मंसिर मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कूल ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ साँवा र ब्याज भुक्तान गरेको हो ।

    Advertisement

    आन्तरिकतर्फ कूल ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तान गरेकोमा ऋणको सावाँतर्फ ४२ अर्ब ८४ करोड १६ लाख रुपैयाँ भुक्तान गरिएको र बाँकी ब्याजमा २७ अर्ब ७२ करोड २३ लाख रुपैयाँ भुक्तान गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    यसैगरी, बाह्य ऋणतर्फ समीक्षा अवधिमा कूल २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ भुक्तान गरिएकोमा सावाँतर्फ १६ अर्ब ५३ करोड १६ लाख रुपैयाँ घटाइएको र ब्याज ४ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ भुक्तान गरिएको कार्यालयले जनाएको छ ।
    २३ खर्ब ७१ अर्ब भुक्तान बाँकी

    प्राप्त रिपोर्ट अनुसार मंसिर मसान्तसम्ममा भुक्तान गर्न बाँकी सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । जसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ भने बाह्यतर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ ।

    आन्तरिक र बाह्य ऋणको अनुपात ५०.५० : ४९.५० प्रतिशत रहेको छ । यसको मतलब मुलुकको सार्वजनिक ऋणको स्थिति आन्तरिक र बाह्य करिब बराबर (५०/५०) रहेको छ ।

    चालु आर्थिक वर्षमा कति बढ्यो ऋण ?

    आर्थिक वर्ष सुरु भए लगत्तै आन्तरिक ऋणमा केन्द्रित भएको सरकारले पाँच महिनामा आन्तरिक र बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये अधिकतम ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाँकी १९ अर्ब ९७ करोड २ लाख रुपैयाँ बाह्य ऋण उठाएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । योसहित मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको आकार २३ अर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।

    तथापि, वैदेशिक ऋणतर्फ चालु आर्थिक वर्षको विनिमय दरको प्रभावलाई गणना नगरिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण कूल २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer