• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ड्रागन खेती कसरि गर्ने ? जानिराखौ


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।

    Advertisement

    ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।

    ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा चितवनलगायतका नर्सरीमा यसको विरुवा उपलब्ध छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

    कस्तो फल हो ड्रागन ?

    दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ ।

    खेती गरेका दुई वर्षमा फल लाग्न शुरु गर्छ । यो फल नेपाली बजारमा प्रतिकिलो एक हजारदेखी १२ सय रुपैयाँसम्ममा विक्छ । तर, मागअनुसार यसको आपूर्ती हुन सकेको छैन ।

    व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिका :

    ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
    पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।

    रेखांकन :
    राम्ररी खनजोत गरि सकेपछी ।
    लाइन देखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
    यसरी बिरुवा लगाउदा १ हेक्टरम २००० पोल र प्रती पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।

    बिरुवा रोपन :
    पोललाई जमिनमा ३०- ४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
    प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३ -४ वटा बिरुवा रोप्नुपर्छ ।
    बिरुवा रोप्दा जति भाग पोली ब्यागमा बिरुवा गडेको छ त्यसै अनुसार गाडनुपर्छ र बिरुवा लाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
    बिरुवा सारीसकेपछी हल्का सिचाइ गरि छापो हालदिनुपर्छ ।

    फल एक, उपभोग अनेक

    *यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।

    * ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।
    * यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।

    ड्रागन फलको फाइदा

    – छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।

    – यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।

    – कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।

    – क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।

    – यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

    – मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ ।

    – बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer