• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

७२ बर्षीया दीक्षित बमकुमारी: पढ्न रहर पुगेको छैन


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाण्डौ। गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला।

    Advertisement

    त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र छिरिन्।

    रंगशालामा त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह थियो।

    ७२ वर्षीया बमकुमारीलाई सबैजसोले कोही विद्यार्थीका अभिभावक सम्झे। तर जसै उनले आफ्नो ज्याकेटमाथि कालो गाउन र टोपी लगाएर उभिइन्, धेरैले उनलाई हेरिरहे।

    ‘धेरैले मलाई कोही विद्यार्थीको अभिभावक भन्ठानेछन्। आफ्नो बच्चाले पोसाक लगाउन दिएको सोचेछन्,’ उनले भनिन्, ‘कतिले अचम्म मानेर एकअर्कालाई हेरेर मुखामुख गरिरहे।’

    बमकुमारी कसैका लागि त्यहाँ आएकी थिइनन्, उनले कसैको पोसाक लगाएकी थिइनन्। उनी त त्यो दिन आफैं दीक्षित भएकी हुन्।’कसैले भने यत्रो उमेरमा पनि पढेर दीक्षित भएको भनेर बधाइ दिन आए। अहिले पनि बधाइ दिनेको ओइरो छ,’ उनले भनिन्।

    मगर समुदायकी संस्कृतिविद एवं अधिकारकर्मी हुन् बमकुमारी। उनले समाजशास्त्रमा स्नातकोत्तर पढेर सकेकी छन्।

    ‘कतिले त आमा तपाईंसँग एउटा फोटो त खिच्नैपर्छ भन्दै मसँग फोटो खिच्न आए। एकदम रमाइलो र अवस्मरणीय क्षण रह्यो,’ उनले सुनाइन्।

    समारोहमा जानुअघि प्रमाणपत्र (सर्टिफिकेट) लिने लाइनमा उभिन भने निकै सकस भएको उनले बताइन्।

    ‘लाइनमा एकदम जवान केटाकेटीहरू थिए। निकै ठेलामठेल थियो। म भने यसरी दीक्षित हुन पाउँदा इतिहास त हुन्छ भनेर सकस भोगेर भए पनि जान्छु भनेर गएँ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक भएर पाउनुपर्ने सुविधा त्यहाँ केही थिएन। राज्यको शैक्षिक प्रणालीले कतिसम्म नागरिकलाई दुःख दिन्छ भनेर दीक्षान्त समारोहमा सहभागी भएर पनि थाहा पाउन सकिने रहेछ। बरू लाइनमै उभिएका केही युवा विद्यार्थीले मलाई अगाडि जान दिए।’

    समारोहमा सहभागी हुँदा बमकुमारीलाई जति सकस भएको थियो, त्यत्तिकै सकस उनलाई स्नातकोत्तर सक्न पनि भएको थियो।

    पढाइ सुरू गरेको १४ वर्षमा बल्ल स्नातकोत्तर सकेको बताउँदै उनले भनिन्, ‘म विभिन्न विषयमा फेल भएकी थिएँ। रिसर्च मेथोडोलोजी भन्ने विषय सक्न त मलाई अझै धेरै समय लाग्यो। त्यसको पुनः परीक्षा दिँदा, थेसिस लेख्दा यतिका वर्ष लागेको हो।’

    ‘डिग्री होल्डर’ भए पनि बमकुमारी विश्वविद्यालयमा एक दिन पनि पढ्न गइनन्। घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा उनले भर्ना गरेकी थिइन्। हाल बसिरहेको सतुंगलदेखि त्यहाँसम्मको दुरी टाढा भयो। अरू काममा पनि व्यस्त भएकाले क्याम्पस गएर पढ्ने वातावरण नभएको उनले बताइन्।

    ‘साँझको कक्षा हुन्थ्यो। पढ्न जान टाढा भएकाले गइनँ,’ उनले भनिन्, ‘शिक्षकहरूको निर्देशन लिँदै घरमै किताबहरू पढेर पास गरेँ।’

    बमकुमारीले स्नातकोत्तर पढिसकेकाले अहिले जति चर्चा छ, त्योभन्दा बढी चर्चा एसएलसी पास हुँदा पाएकी थिइन्।

    उनले २०३० सालमा एसएलसी दिएकी हुन्। त्यति बेला आफ्नो गृहजिल्ला रोल्पाबाट एसएलसी पास हुने पहिलो महिला थिइन्। पढाइ भने दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यमिक विद्यालयमा थियो। एसएलसी त्यहीँबाट पास गरेकी हुन्।

    उनका अनुसार त्यति बेला रोल्पा बस्नेहरू एसएलसी दिन कि दाङ आउँथे, कि प्युठान। उनकी आमाले उनलाई चिनजानका मान्छेको घरमा बसेर पढ्न भनेर आफूसँगै दाङ लिएर आएकी थिइन्।

    ‘छोरीहरूलाई पढाउनु हुँदैन’ भन्ने सोच भएको सामाजिक परिवेशमा उनकी आमाको सोच फरक थियो।

    ‘छोराले मात्र होइन, छोरीले पनि पढे भने उनीहरूको भविष्य राम्रो हुन्छ भन्ने आमाको धारणा थियो। त्यसैले आमाले रहर गरेर मलाई पढाउनुभएको थियो,’ बमकुमारीले भनिन्, ‘परिवारका अन्य सदस्यले त छोरीलाई बाहिर बसेर पढाउँदा केही नराम्रो होला कि भनेर चिन्ता लिएका थिए। तर आमाले हिम्मत हार्नुभएन। उहाँले छोरीलाई पनि पढाउनुपर्छ भनेको अहिले पनि म सम्झिरहन्छु। त्यसले गर्दा पनि मलाई पढ्नुपर्छ र केही गर्नुपर्छ भनेर प्रेरित गरिरहन्छ।’

    एसएलसी पास गरेपछि बमकुमारी रोल्पा फर्किइन्। दुई वर्ष रोल्पाका विभिन्न गाउँमा शिक्षक भएर काम गरिन्। शिक्षा संकायमा प्रविणता प्रमाण पत्र तह (आइ.एड.) पढ्न उनी नेपालगन्ज आइन्।

    त्यही क्रममा राष्ट्रिय पञ्चायतको सदस्य भएर चार वर्ष जिम्मेवारी सम्हालिन्। त्यस बेलाबाटै उनलाई राजनीतिमा चासो बढ्न थालेको हो। पहिलो संविधान विघटन भएपछि बनेको सामाजिक लोकतान्त्रिक पार्टीमा पनि आबद्ध थिइन्। यो पार्टी विभाजन भएपछि राजनीति छाडेर उनी सामुदायिक र सांस्कृतिक उत्थानको काममा लागिन्।

    यस क्रममा उनी नेपाल मगर महिला संघको संस्थापक अध्यक्ष भइन्। अठार मगरात मगर प्रतिष्ठानको अध्यक्षको भूमिकामा पनि उनले जिम्मेवारी सम्हालेकी थिइन्। यी संस्थाबाट उनले रोल्पाको सामाजिक, भाषिक र सांस्कृतिक उत्थानको विषयमा काम गरिन्।

    राजनीतिक, सामाजिक र सांस्कृतिक काममा संलग्न हुँदा उनले पढाइलाई त्यति समय दिन पाइनन्। २०४४ सालमा स्नातक पास गरेकी उनले अहिले आएर स्नातकोत्तर गरेकी हुन्।

    लामो समय सामाजिक र सांस्कृतिक क्षेत्रमा काम गरेकाले स्नातकमा समाज विज्ञान र स्नातकोत्तरमा समाजशास्त्र पढ्न प्रेरित भएको उनले बताइन्।

    ‘मैले पढाइलाई जहिल्यै पनि ज्ञान आर्जन गर्ने माध्यमका रूपमा बुझेँ। लामो समय सामाजिक र सांस्कृतिक क्षेत्रमा काम गरेकाले आफू हिँडेको बाटो चिन्न र समाजमा आफ्नो स्तर कहाँ रहेछ भनेर थाहा पाउन यो विषय पढेकी हुँ,’ उनले भनिन्।

    उनलाई अझै पढ्ने रहर छ। तर उमेर र स्वास्थ्य समस्याले दिँदैन। हाल उनी मगर भाषा, संस्कृति, समाज र इतिहासका विषयलाई लिएर किताब लेखिरहेकी छन्। त्यो लेख्न पनि रोगकै कारण समस्या भइरहेको उनले बताइन्।

    ‘पढ्न त अझै मन छ। तर मलाई प्रेसर र पार्किन्सन छ। त्यसले गर्दा लेख्न गाह्रो हुन्छ। लेख्ने सहयोगी लगाउनु परिरहेको छ। पहिलाजस्तो कतै जाऊँ र केही गरौं भन्ने धेरै जोश पनि छैन। जति सकिन्छ लेख्ने–पढ्ने काम भने गरिरहेकी छु,’ उनले भनिन्।

    आफूले पढेको देखेर छरछिमेक र आफन्तजनहरू प्रभावित र प्रेरित भएको उनी बताउँछिन्।

    ‘तपाईंलाई देखेर हामीले पनि समयमा नै पढ्नुपर्ने रहेछ भनेर भन्छन्। म भने पढ्नलाई समय खोजिरहनुपर्छ र भनेर उनीहरूलाई भन्छु,’ बमकुमारीले भनिन्।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer