• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रंगीन ब्लकको गुणस्तरमा प्रश्न, अनुगमन रोक्न कर्मचारी नै सक्रिय


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय भवन काठमाडौं प्लाजाको पार्किङमा प्रयोग गरेको रंगीन ब्लक (टायल)हरु गुणस्तरहीन पाइएको छ । महानगरपालिकाको शहरी योजना आयोगले गरेको अनुगमनमा गुणस्तरहीन ब्लकहरु प्रयोग भएको फेला परेको हो ।

    Advertisement

    महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले अनुगमनका क्रममा पार्किङमा प्रयोग भएका पहेँलो ब्लक निर्धारित गुणस्तरको नभएको फेला परेको जानकारी दिए । ‘मजबुती परीक्षण गर्दा पहेँला ब्लकहरुमा समस्या भेटिएको सुनेको छु’, उनले भने, ‘रिपोर्ट हेरेर मात्रै विस्तृतमा भन्न सकिन्छ, तर हामीले त्यसलाई फेर्नुपर्छ भनेका छौं ।’

    काठमाडौं प्लाजाको पार्किङमा बिछ्याइएका पहेँलो रंगकामध्ये ४० प्रतिशत टायल मजबुती परीक्षणमा ‘फेल’ भएको देखिएकाले नयाँ प्रयोग गर्न भनिएको आयोग स्रोतले जनाएको छ । यो टायल काठमाडौं प्लाजा मर्मत गरिरहेको पूर्णलक्ष्मी निर्माण सेवाले ल्याएको हो । महानगरपालिकाले काठमाडौं प्लाजा मर्मत गर्ने ठेक्का पूर्णलक्ष्मीलाई ३ करोड ५६ लाख रुपैयाँमा दिएको छ ।

    निर्माणका क्रममा उच्च गुणस्तर कायम होस् भन्ने मेयर बालेन्द्र शाहको चाहनाअनुसार नै आयोगले अनुगमन गरिरहेको उपाध्यक्ष राजभण्डारी बताए । ब्लक उत्पादनका क्रममा गुणस्तर नियन्त्रण नहुँदा पनि कहिलेकाहीँ समस्या हुन सक्ने भन्दै उनले कतिपय ठाउँमा परीक्षण गर्दा समस्या देखिएको बताए । ‘गुणस्तरीय काम नभएको भए सच्याउनुपर्छ’, उनले भने, ‘हामी नियमित अनुगमन गर्छौं ।’

    फुटपाथमा पनि प्रश्न

    महानगरको पूर्वाधार विभागले गरेको परीक्षणमा पास भएका टायल शहरी योजना आयोगले गरेको परीक्षणमा गुणस्तरहीन भेटिएपछि शहरका सडकपेटीमा प्रयोग गरिएका टायलको गुणस्तरमा पनि प्रश्न उठेको छ । किनकी महानगरका योजनाहरुमा एकै उत्पादक कम्पनीले उत्पादन गरेका ब्लक प्रयोग भइरहेको छ ।

    काठमाडौं महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाका अनुसार रुपन्देहीको एसियन कंक्रिटो उद्योगबाट उत्पादित ब्लकहरु नै प्रयोग भइरहेको छ । महानगरले तोकेको गुणस्तरको ब्लक सोही उद्योगले मात्रै उत्पादन गर्ने गरेको उनको दाबी छ ।

    विभाग प्रमुख थापाका अनुसार अहिले महानगरले सडक पेटीमा ‘एम ३५’ गुणस्तरको ६० मिलिमिटर मोटाइ भएको रंगीन ब्लक बिछ्याउने नीति लिएको छ । यस्तो ब्लक एसियन कंक्रिटोले नै उत्पादन गर्ने भनिए पनि अरु कम्पनीले पनि त्यही गुणस्तरमा उत्पादन गरिरहेको दाबी गरेका छन् ।

    तर महानगरपालिकाले उक्त उद्योगको टायलप्रति आशंका गरेको छैन । ‘हामीले उद्योगमै गएर हेरेर आएका हौं’, विभागीय प्रमुख थापाले भने, ‘जर्मन गुणस्तरमा उत्पादन हुने ब्लकको त्यहाँको ल्याबमा हामीले नै परीक्षण गराएर हेरेका थियौं ।’

    विद्यासुन्दर शाक्य मेयर हुँदादेखि नै महानगरले उक्त कम्पनीसँग काम गरिरहेको छ । यो वर्ष मात्रै महानगरपालिकाले फुटपाथ सुधार परियोजनामा करिब २ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ र त्यसका लागि टायलहरु एसियन कंक्रिटोबाटै खरिद गर्ने महानगरको तयारी छ ।

    महाराजगञ्ज र बालुवाटारमा फुटपाथमा बिछ्याउने क्रममा कतिपय ब्लकमा गुणस्तर कायम नभएको पाइएको विभागीय प्रमुख थापा बताउँछन् । ‘लट–लटमा नै नमुना परीक्षण गर्छौं, समस्या देखिए फिर्ता गर्छौं’, थापाले भने, ‘आयोगले जाँच्नु र हामीले जाँच्नु भनेको एउटै हो ।’ उत्पादनको गुणस्तरमा यस्तो पटक–पटक समस्या देखिंदा पनि उक्त कम्पनीका ब्लकलाई मात्रै प्रयोग गर्ने वातावरण बनाएर महानगरभित्र नीतिगत रुपमा अनियमितता भइरहेको स्रोतको दाबी छ ।

    ‘हाकिमहरु जिम्मेवार हुन्थे भने सो कम्पनीको ब्लक प्रयोगमा प्रतिबन्ध लागिसक्थ्यो’, एक इन्जिनियर भन्छन्, ‘तर, ब्लकको स्पेसिफिकेसनमा  मिलेमतो नै छ ।’ सार्वजनिक निर्माण विभाग प्रमुख थापा भने नेपाल गुणस्तर चिह्न पाएको कम्पनीमाथि आशंका गर्ने अवस्था नरहेको बताउँछन् । ‘सिमेन्ट उद्योगको कुनै लटमा समस्या देखिए बजारबाट गुणस्तर विभागले फिर्ता लैजान भन्छ’, उनी भन्छन्, ‘तर उत्पादनमाथि नै प्रतिबन्ध लाग्दैन ।’ सडक विभागले समेत सोही टायल देशभर नै प्रयोग गरिरहेको छ ।

    अनुगमन रोक्न कर्मचारी नै सक्रिय

    महानगर स्रोतका अनुसार शहरी योजना आयोगले अनुगमन गर्दा बिछ्याइसकेको ब्लकमा समेत गुणस्तरको समस्या देखिने बुझेपछि आयोगमार्फत हुने अनुगमन रोक्न महानगरका कर्मचारीहरु नै सक्रिय भएका छन् ।

    पूर्वाधार विभाग आफैंले र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मातहतको अनुगमन एकाइबाट विभिन्न परियोजनाहरुमा अनुगमन गर्ने वातावरण बनाउन पत्रहरु बन्न थालेको उनीहरुको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत स्वयंलाई पूर्वाधार परियोजनाको अनुगमनमा लैजान विभागका अधिकारीहरुले जोड दिइरहेका छन् ।

    ‘प्रमुख प्रशासकीय अधिकृत दैनिक कार्यसञ्चालक हो, उहाँको नेतृत्वमा पूर्वाधारको अनुगमनमा जानुको तुक छैन’, महानगरका एक अधिकारीले भने, ‘प्राविधिकले गर्नुपर्ने अनुगमनमा प्रशासकीय कर्मचारीले नेतृत्व गर्ने कुराले थप आशंका उब्जाएको छ ।’

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer