• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

३९ विदेशी विश्वविद्यालयका ८७ कलेज नेपालमा,न कुनै कोटा न त अनुगमन नै


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । अनेक देशका विश्वविद्यालयबाट सम्बन्धन लिएका ८७ कलेज सञ्चालनमा छन् । हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिँदै नयाँ कलेज खोल्न रोक लगाएको छ ।

    Advertisement

    नेपालमा खुलेका विदेशी कलेजले आन्तरिक शिक्षा प्रणाली ध्वस्त बनाए ! के भन्छ शिक्षा मन्त्रालय ?

    विदेशी शिक्षा स्वदेशमै दिने उद्देश्य घोषित गरी खुलेका कलेजमा शिक्षाको गुणस्तर, पढाई र सिकाईका तरिका एवं जाँच पद्धतिमा विषयमा प्रश्न उठिरहेको छ । शिक्षा मन्त्रालयले यसअघि सञ्चालनमा रहेकालाई व्यवस्थित गर्न भनेर नयाँ कलेजलाई अनुमति नदिएको बताएको छ ।

    ९ देशका ३९ विश्वविद्यालयका कलेज नेपालमा

    शिक्षा मन्त्रालयका अनुसार, हाल ९ देशका ३९ विश्विद्यालय तथा शिक्षण संस्थाबाट सम्बन्धन लिएका ८७ कलेज नेपालमा सञ्चालनमा छन् । यीमध्ये ३१ वटा कलेजमा ‘२ वर्षे ए लेभल’ वा सो सरह र ५६ कलेजमा स्नातक र स्नातकोत्तर तह सञ्चालनमा छन् । ८७ मध्ये ६५ वटा कलेज उपत्यकाभित्र र २२ वटा उपत्यकाबाहिर छन् ।

    २६ हजार विद्यार्थी, २४० कार्यक्रम

    यी कलेजमा हाल २६ हजार १३८ विद्यार्थी अध्ययनरत छन् । जसमा स्नातक र स्नातकोत्तर पढ्नेको संख्या २३ हजार २७५ छ । यस्तै, २ वर्षे ‘ए–लेभल’ र सो सरह पढ्ने विद्यार्थीको संख्या २ हजार ८६३ छ । सबै कलेजमा गरी ४ हजार ५०६ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । यी कलेजहरूले २४० वटा कार्यक्रम चलाइरहेका छन् ।

    सरकारलाई ७ करोड राजस्व

    यी सबै कलेज विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ बाट नियमनमा रहेको मन्त्रालयले जनाएको छ । निर्देशिका बमोजिम कलेजहरूले धरौटी राख्नुपर्ने व्यवस्था छ । उक्त धरौटीवापत ३३ करोड २० लाख रुपैयाँ संकलन हुनुपर्नेमा २९ करोड ७ लाख ६२ हजार संकलन भएको र करिब ४ करोड संकलन हुन बाँकी छ ।

    विदेशी कलेज न कोटा तोकिन्छन्, न अनुगमन नै– विज्ञ भन्छन् : फुक्काफाल शैलीको नियमन हुनैपर्छ

    गत आर्थिक वर्षमा यी कलेजहरूबाट फरक–फरक शीर्षकका राजस्ववापत ७ करोड १७ लाख रुपैयाँ संकलन भएको शिक्षा मन्त्रालयले बताएको छ ।

    धेरैजसो कलेज २०८२ सालको असार मसान्तसम्मका लागि नवीकरण भएका छन् । केहीको प्रक्रिया पूरा नभएको मन्त्रालयको भनाइ छ । अनेकन कारणले रोकिएका कलेज नवीकरणको प्रक्रियामा रहेको जानकारी मन्त्रालयका एक अधिकारीले दिए ।

    नेपालमा सञ्चालनमा रहेका यी विदेशी कलेजले प्रत्येक विद्यार्थीबाट लिएको शुल्कबाट पैसा विदेशमा सम्बन्धित विश्वविद्यालयलाई पठाउने गर्छन् । यसबाट पैसा बाहिरिएपनि विद्यार्थी विदेश जानबाट रोकिएको र देशमै सुपथ मूल्यमा विदेशी शिक्षा प्रदान गरिरहेको कलेजहरूको दाबी छ ।

    तर, कोटा नतोकिने, सबै विद्यार्थी पास हुने, सजिलो जाँच हुने यी कलेजको उचित निगरानी र मूल्यांकन नहुँदा स्वदेशी विश्वविद्यालयका कलेजले विद्यार्थी गुमाइरहेका छन् । विदेशी कलेजको नाम भए पनि गुणस्तर एवं र्यांक नहेरेरै भर्ना हुने हुँदा विद्यार्थीको भविष्यबारे समेत सरोकारवालाहरूले प्रश्न गर्न थालेका छन् ।

    बढी व्यापारकेन्द्रित विदेशी कलेजको विस्तारले नेपालकै विश्वविद्यालयका कार्यक्रम समेत सञ्चालन गर्दा स्वदेशी शैक्षिक संस्थाहरूकै भविष्य नै संकटमा पर्नसक्ने चिन्ता समेत सरोकारवालाहरूको छ ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer