• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोरोनाको नयाँ सब–भेरियन्ट जेएन.१ फैलियो ३८ देशमा , विज्ञ भन्छन्– नेपालले नजरअन्दाज गर्नु हुँदैन


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतमा कोरोनाको नयाँ उप–प्रजाति फैलिएसँगै नेपालमा यसको जोखिमलाई लिएर चासो बढेको छ । भारतमा जेएन.१ बाट चारजनाको मृत्यु भइसकेको छ । बुधबारसम्म कोरोनाको यो भेरियन्ट ३८ मुलुकमा फैलिएको छ ।

    Advertisement

    अघिल्ला लहरहरूको अनुभव र भारतसँगकोे खुला सीमाका कारण नेपालले यसलाई नजरअन्दाज गर्न नहुने विज्ञहरूको जोड छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल देखिएको जेएन.१ लाई यसअघि देखिएको ओमिक्रोनको उप–प्रजाति बीए.२.८६ कै समूहको सब–भेरियन्ट भएको जनाएको छ ।

    डिसेम्बर पहिलो साता अमेरिकाले यसलाई जेएन.१ को रुपमा पुष्टी गरेको थियो । त्यसयता अमेरिकाका मध्यपश्चिमी सहरहरूमा यो भेरियन्ट देखिइरहेको छ । १९ डिसेम्बरसम्म आइपुग्दा फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, सिंगापुर, चीन, बेल्जियम र भारतसहित ३८ देशमा यो सब–भेरियन्ट देखिएको छ ।

    भारतमा बुधबारसम्म चारजनाको जेएन.१ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको तथ्यांक अनुसार भारतमा अहिले पनि कोरोनाका दुई हजार ३११ सक्रिय संक्रमित छन् । विशेषगरी गोआ, केरला, महाराष्ट्रलगायत सहरमा संक्रमण बढिरहेको छ ।

    नयाँ सब–भेरियन्ट कति घातक ?
    यो सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई भेरियन्ट अप इन्ट्रेस्टमा राख्ने गरेको छ । जसमा विशेषता बदलेर उप–प्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब–भेरियन्टहरू पर्दै आएका छन् ।

    डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सन (सीडीसी)का अनुसार डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा जेएन.१ पुष्टी भएको थियो ।

    भारतमा देखिएका संक्रमितमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्स्सँग बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा स्वासप्रस्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ ।

    नेपालमा कति जोखिम ?
    कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् ।

    “जेएन.१ नयाँ सब–भेरियन्ट होइन, विभिन्न देशमा देखिइरहेकै हो । तर भारतमा फैलिनुले हाम्रा लागि विशेष अर्थ राख्छ । अघिल्ला लहरहरूको अनुभव हेर्ने हो भने नेपालमा ढिलोचाँडो आउँछ,” वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “आजसम्मको लक्षण हेर्दा जटिल देखिँदैन । तर हामीले पूर्णरुपमा नजरअन्दाज गर्न मिल्दैन ।”

    विशेषगरी सीमानाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनको भनाइ छ । कतिपय अवस्थामा सब–भेरियन्टका फरक लक्षण देखिँदा वा कमजोर प्रतिरोध प्रणाली भएका व्यक्तिमा यसले जोखिम निम्त्याउनसक्नेमा सजग रहनुपर्ने डा. पुनको सुझाव छ ।

    ‘प्रयोगशालाले निगरानी गरिरहेको छ’
    नेपालमा लामो समयदेखि कोरोना संक्रमण नदेखिएको अवस्थामा नयाँ सब–भेरियन्टलाई नजिकबाट नियालिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलकोले जनाएको छ । एनपीएचएलका सूचना अधिकारी कृष्णप्रसाद जैशी पछिल्लो समय नेपालमा कोरोनाको कुनै नयाँ सब–भेरियन्ट नदेखिएको बताउँछन् ।

    “स्वासप्रस्वासजन्य संक्रमणहरूमा हामीले निरन्तर जिन सिक्वेन्सिङमार्फत् भेरियन्ट पहिचान गरिरहेका छौँ, नेपालमा पछिल्लोपटक कुनै नयाँ सब–भेरियन्ट वा जोखिमयुक्त भेरियन्ट फेला परेको छैन”, जैशी भन्छन् । असोज यता कोरोना संक्रमण पुष्टी भएका १२ वटा नमूनामाथि जिन सिक्वेन्सिङ भइरहेको उनले जानकारी दिए ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer