काठमाडाैँ। शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेको माध्यमिक तहको शिक्षकको विज्ञापन खोल्ने तयारी गरेको छ।
आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त दरबन्दी विवरणकाे आधारमा पूर्वकार्यतालिका अनुसार दुई साताभित्र विज्ञापन गर्न खुलाउने तयारी गरेकाे हाे।
आयोगले माध्यमिक तहमा ४ सय ३५ जनाको विज्ञापनको तयारी गरेको छ। यसपालि सबैभन्दा बढी विज्ञान विषय शिक्षकको विज्ञापन हुँदैछ। आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलका अनुसार अब हुने विज्ञापनमा नेपालीको ७०, अङ्ग्रेजीको ७८, गणितको ८८, विज्ञानको १ सय २३ र सामाजिकको ४८ जना र अन्य ऐच्छिक विषयको २८ जनाको विज्ञापन हुन लागेको हो।
‘यस वर्ष पनि पुस २५ अघि नै विज्ञापन गर्ने तयारीमा छौ,’ गत वर्ष ७ सय ५३ जनाको विज्ञापन भएको थियो। यस वर्ष झन्डै तीन सयले घटेको छ, उनले भने।
गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो।




