• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली सेनालाई पनि किचलो तर्फ धकेल्दै


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाण्डौ । नेपाली सेनालाई जिम्मा दिइएकामध्ये सबैभन्दा महत्त्वाकांक्षी परियोजना काठमाडौँ देखि तराईरमधेस द्रुतमार्गले सम्भवतः सेनालाई इतिहासकै बढी विवादमा पारेको छ । सामान्यतः गैरसैनिक संयन्त्रबाट टाढै रहने सेनाले अहिले संसदीय समितिलगायतका निकायमा स्पष्टीकरण दिनुपरेको देखिन्छ ।

    Advertisement

    प्रतिनिधि सभाको सुशासन तथा राज्य व्यवस्था समितिले द्रुतमार्गको निर्माण समयमै सक्न बुधवार नेपाली सेनालाई निर्देशन दियो । यसअघि समितिले नेपाली सेनाका प्रधान सेनापतिलगायतसँग छलफल गरेको थियो ।

    संसदीय समितिले सरोकारवाला अरू सरकारी निकायलाई पनि सेनालाई सघाउन निर्देशन दिएको छ । परन्तु, निर्देशनले बाटो बन्दैन र सरकारी कर्मचारीले निर्देशन टेर्दैनन् भन्नेमा संसदीय समितिका सदस्यहरू र सेनाका अधिकारीहरू अनभिज्ञ छैनन् ।

    राज्यले सुरक्षालगायतका कारण अरूबाट गराउन नसक्ने भौतिक संरचना बनाउने जिम्मा सेनालाई दिनु अनुचित नभए पनि विशिष्टीकृत निकायले गर्नुपर्ने द्रुतमार्ग निर्माणमा सेनालाई जिम्मा दिनु उचित थिएन । सेनाले नै गर्नुपर्ने प्रकृतिको बाहेक अरू काम लिन तत्कालीन सैनिक नेतृत्व पनि हिचकिचाउनुपर्थ्यो ।

    अन्तर्राष्ट्रिय बोलपत्र प्रकाशित गरी ठेक्का लगाउने र ठूला पुल, सुरुङजस्ता प्राविधिक दृष्टिले जटिल भौतिक संरचनाको निर्माणका लागि आवश्यक दक्षता र कुशल जनशक्ति नेपाली सेनासँग थिएन । यस्तै द्रुतमार्ग निर्माणजस्तो काममा गरिनुपर्ने जनसम्पर्कमा पनि नेपाली अभ्यस्त थिएन ।

    यही र यस्तै कारणले सेनाले काम थाल्ने मेसो राम्ररी पाएन । फलस्वरूप, द्रुतानर्गको निर्माण अवधि लम्मिदै गयो भने लागत पनि बढ्न पुग्यो । लागतसँगै विवाद पनि बढ्न थाल्यो भने सैनिक नेतृत्वसँग गैरसैनिक निकायले बढी नै जबाफ खोज्न खोज्न लाग्यो ।

    द्रुतमार्गका कारण राजनीतिक नेताहरूसँग उच्च सैनिक अधिकारीहरूको संसर्ग बाक्लिन थाले पनि समाजमा पनि सेना चर्चामा बढी आयो । चर्चाले विवाद र सन्देह बढाउँछ । अहिले नेपाली सेनाप्रति सोझिएका प्रश्न र सन्देहहरू यसैको उपज हो ।

    द्रुतमार्ग निर्माणमा भएको ढिलाइ र बढ्दो लागतका लागि नेपाली सेनालाई मात्र दोष दिनु न्यायोचित हुँदैन । तर, सेनाले पनि यस्तो प्रकृतिको काममा हात नहाल्ने नीति अपनाएको भए व्यावसायिक मर्यादाको रक्षामा बढी सहायक हुन्थ्यो ।

    अब पनि नेपाली सेनालाई द्रुतमार्ग निर्माण सहज होला भनेर विश्वास गर्ने आधार निकै कमजोर देखिन्छ । द्रुतमार्ग निर्माण त अरू निकाय वा अलग्गै परियोजना बनाएर पनि गर्न सकिएला तर विश्वमै प्रतिष्ठितमध्येको नेपाली सेनाको छवि धमिलियो र मनोबल घट्यो भने राष्ट्रका लागि अपूरणीय क्षति हुनेछ ।

    यसैले द्रुतमार्गको जटिल भासबाट नेपाली सेना सहजरूपमा बाहिर निस्कने उपाय खोज्नु बढी व्यावहारिक र उपयुक्त देखिन्छ । सेनाले ट्य्राकमात्र खोलेर बाँकी काम नेपाल सरकारको सम्बन्धित मन्त्रालय मातहत अगाडि बढाइएमा कम्तीमा नेपाली सेना अनावश्यक विवादबाट त जोगिनेछ ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer