• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्राविधिक शिक्षा पनि संकटतर्फ


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • बुटवल। प्रि—डिप्लोमा तहको ईन्जीनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीको कोटामा विद्यार्थी अपुग भएपछि लुम्बिनी प्रदेशका प्राविधिक शिक्षालयले धमाधम प्राविधिक धारको कक्षा नै स्थगित गरेका छन् । लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी) अन्तर्गतका प्राविधिक शिक्षालय पठनपाठन हुने शिक्षालयहरूले जम्मा ६५ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न सकेका छन् । यति मात्रै होईन प्रि डीप्लोमा तर्फका कुल १ सय १० वटा शिक्षालयहरूले आफ्नो कार्यक्रम संचालन गरेका छन् भने ५१ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् । यसमा सबैभन्दा बढि बन्द हुनेमा कृषि तर्फ प्री डिप्लोमा तहको अध्यापन गराउने शिक्षालयहरू १३ वटाले कार्यक्रम छन् । कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम स्थगित गरेका छन् भने ३१ वटाले मात्रै चलाएका छन् । जसमा १२४० विद्यार्थी भर्ना हुने क्षमता रहेपनि जम्मा २ सय १४ विद्यार्थी शैक्षिक सत्र २०७९/८० मा भर्ना भए । भेट साईन्सतर्फ पनि ४०० जना विद्यार्थी कोटा रहेकोमा जम्मा ९८ जना मात्रै छन् ।

    Advertisement

    यो अवस्था सिभिल ईन्जीनियरिङ्ग तर्फ पनि ९ सय २० जना विद्यार्थी क्षमता भएपनि जम्मा २ सय ५२ ले मात्रै पढेका छन् । सर्भे ईन्जीनियरिङ्ग तर्फ पनि ८ वटा कार्यक्रम बन्द छ भने ९ वटामा ३६० जना विद्यार्थी पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै विद्यार्थी पढिरहेका हुन । कम्प्युटर ईन्जीनिरिङ्ग तर्फ पनि ७ वटा ले कार्यक्रम बन्द गरेका छन् । जसमा कुल ३६० विद्यार्थी बढ्न पाउनेमा १८३ जनाले मात्रै पढिरहेका छन् । शैक्षिक सत्र २०७९/८० मा कुल भर्ना क्षमता ४ हजार ५ सय ६० जना विद्यार्थी रहेपनि १५ सय ८८ जना विद्यार्थीले प्राविधिक धारको शिक्षा आर्जन गरेको पाइएको छ । डिप्लोमा तर्फ पनि कुल १९० शिक्षालयले कार्यक्रम चलाएकोमा १०२ ले त कार्यक्रम बन्द गरिसके । डिप्लोमा तर्फ ७ हजार ९ सय ९० जना विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भए ।

    शिक्षालयहरूले प्राविधिक धारतर्फ पनि विद्यार्थी नपाउनु शिक्षा क्षेत्रमा देखिएको दुखद अवस्था हो । यसले नकारात्मक संकेत देखाएको छ । प्राविधिक शिक्षापछि स्वरोजगार भन्दा जागिरकै आश गर्नु तर स्वेदशमा जागिरका अवसरहरू नपाउनु, स्वरोजगार गर्न चाहनेलाई सरकारबाट सहयोग नहुनु, साधन स्रोतको अभाव हुनु, सबै वर्गका यूवालाई अवसर नहुनु, जनशक्तिको प्रक्षेपणवीना प्राविधिक शिक्षाका शैक्षिक कार्यक्रम चलाउनु, यूवा वर्गमा विदेश तर्फको मोह बढ्नु, गुणस्तमा ख्याल नगरिनु, म्यापिङ वीना प्राविधिक शिक्षालय खोलिनु लगायतका छन् । यसर्थ सिधा रूपमा प्राविधिक शिक्षामा देखिएको विद्यार्थी अभावको समस्याका कारण एकल छैनन् । यससँगै जोडिएर विषयहरू छन् । यसको समाधानका लागि सरकारले प्राविधिक शिक्षाको विषयमा अध्ययन र समिक्षा गर्न जरुरी छ । स्वरोजगार बनाउने कि रोजगारी दिने भन्ने विषयलाई टुङ्याउनुपर्छ । त्यस अनुसार नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुपर्छ । प्राविधिक शिक्षाको सैद्धान्तिक पक्षले मात्रै प्राविधिक शिक्षा कदापी सफल हुन सक्दैन् ।

     

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer