काठमाडौं। पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाले अन्न धेरै उत्पादन गर्ने आफ्ना किसानलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । यसै सिलसिलामा किसान मकर बहादुर तामाङलाई १६८ मुरी धान फलाउन सफल भएको भन्दै गाउँपालिकाकाको टिमले फुलमाला सहित सम्मान गरेको छ । उनको खेतमा नै गएर फुलमाला सहित सम्मान गरिएको जनाईएको छ ।
Advertisement
यसरी हरेक पालीकाले आफ्ना क्षेत्रका धेरै वाली उब्जाउने किसानलाई सम्मान गरेमा एकातर्फ कृषकको मनोवल बढ्ने र अर्कोतर्फ रास्ट्रिय उत्पादन बढ्न गई देशको अर्थतन्त्रमा समेत राम्रो प्रभाव पर्दछ । यी र यस्ता क्रियाकलाप देश व्यापी वनाईनु पर्नेमा वैद्धिक जमातको समेत धारणा रहेको छ ।




