• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पुस १५ पछि इन्टरनेट बन्द गर्ने चेतावनी, के हुदै छ नेपालमा?


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले तोकेको बक्यौता रकम असुलीका विषयमा इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले असन्तुष्टि जनाएका छन् । इन्टरनेट सेवा प्रदायकहरुले ग्रामीण दूरसञ्चार कोष शुल्क, दूरसञ्चार सेवा शुल्क र दूरसञ्चार रोयल्टी नबुझाएपछि बक्यौता २ अर्ब नाघेको छ ।

    Advertisement

    महालेखा परीक्षकको प्रतिवेदनले दूरसञ्चार कम्पनीले तिर्न बाँकी बक्यौता राखेको थियो । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजक्तवमा गठित समितिले छानबिन गरेको थियो ।

    उक्त समितिले २०६९/०७० देखि २०७८/०७९ सम्म दश वर्षको अवधिमा विभिन्न इन्टरनेट सेवा प्रदायकले जरिवानासहित २ अर्ब ४६ करोड भन्दा बढी बक्यौता तिर्नुपर्ने निश्कर्ष निकालेको थियो । इन्टरनेट सेवा प्रदायकले भने रोयल्टी, ग्रामीण दुरसञ्चार कोष शुल्क र दूरसञ्चार सेवा शुल्क गैरदूरसञ्चार सेवामा नलाग्ने भन्दै आफूहरुले उक्त रकम तिर्न नपर्ने दाबी गरिरहेका छन् ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल–आइस्पानका अध्यक्ष सुधीर पराजुलीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार आर्थिक वर्ष २०७४/०७५ को उक्त बक्यौता फर्छ्यौट भएको बताएका छन् । सार्वजनिक लेखा समितिको २०औं, २१औं र २२औं प्रतिवेदनले समेत महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको उक्त बेरुजु लागत हटाउन निर्देशन दिइसकेको आइस्पानका अध्यक्ष पराजुलीको भनाइ छ ।

    सार्वजनिक लेखा समितिको २२औं प्रतिवेदनमा ‘दूरसञ्चार नियमावली,२०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार सपोर्ट चार्ज, वार्षिक मर्मत–सम्भार, प्राविधिक शुल्क र निरीक्षण शुल्कजस्ता गैरदूरसञ्चार सेवामा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क र रोयल्टी नलाग्ने देखिएकाले बेरुजु लागत हटाउन’ भन्दै निर्देशन दिइएको छ ।

    २१औं प्रतिवेदनलेसमेत यस्तै निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै बेरुजु हटाउन पुनः २२औं प्रतिवेदनमा उल्लेख छ । दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा दूरसञ्चारसेवा प्रदायकले वार्षिक कुल आम्दानीको ४ प्रतिशत रकम प्रत्येक वर्ष रोयल्टीका रुपमा बुझाउनुपर्ने उल्लेख छ ।

    समयमै यो रकम नबुझाएमा प्रत्येक महिना २ प्रतिशतका दरले थप दस्तूर लाग्ने व्यवस्था छ । यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को नियम ५ मा अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक वर्ष आम्दानीको २ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र जम्मा गर्न नसकेमा यसमा प्रत्येक महिना २ प्रतिशतका दरले जरिवाना लाग्ने व्यवस्था छ ।

    आर्थिक वर्ष २०७५–०७६ को बजेटले १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क तोके पनि महँगो भएको भनी आलोचना भएको थियो । यस वर्ष (२०८०)को आर्थिक विधेयकमा दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत उल्लेख छ ।
    इन्टरनेट सेवा प्रदायकहरु (फिक्स्ड ब्रोडब्यान्ड सेवा)लाई मात्रै सहज होस् भनेर मर्मत–सम्भारबाट हुने पचास प्रतिशतसम्मको आम्दानीमा दूरसञ्चार सेवा दस्तुर छुट दिइएको छ ।

    इन्टरनेट सेवा प्रदायकहरुले भने गैरदूरसञ्चार सेवा भएको भन्दै रोयल्टी, ग्रामीण दूरसञ्चार कोष शुल्क र दूरसञ्चार सेवा शुल्क दिन नचाहेका हुन् । सञ्चार मन्त्रालयले भने कानुनी व्यवस्थाभन्दा बाहिर रहेर इन्टरनेट सेवा प्रदायकलाई बक्यौता छुट दिनसक्ने अवस्था नरहेको बताएको छ । २०७४÷०७५ सालमा लेखा समितिकै निर्देशन अनुसार सञ्चार मन्त्रालयका सचिवको सिफारिसमा महालेखाले त्यही बक्यौता फछ्र्यौट गरेको तर, त्यसपछिका वर्षमा त्यो किन नहुने भन्दै सेवा प्रदायकले प्रश्न गरेका छन् ।

    त्यतिबेला कसरी फछ्र्याैट गरियो ? लेखा समितिले किन त्यस्तो निर्देशन दियो ? भनी छलफल हुनुपर्ने र कानुनमा उल्लेख भए अनुसार निर्णय हुनुपर्ने सञ्चार मन्त्रालयका एक अधिकारीको भनाइ छ । सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले बक्यौता नतिरेसम्म विदेशी कम्पनीलाई ब्यान्डविथको रकम भुक्तानीका लागि सिफारिस नगर्ने बताएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकले खासगरी भारतीय कम्पनीहरुबाट ब्यान्डविथ आयात गर्छन् । त्यसको शुल्क तिर्न सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालयले राष्ट्र बैंकलाई गरेको सिफारिस चाहिन्छ । नियामक दूरसञ्चार प्राधिकरणको कार्यविधिमै बक्यौता तिरेपछि मात्रै सिफारिस गर्ने व्यवस्था छ ।

    सेवा प्रदायकहरुले बक्यौता तिर्न नसक्ने भनेपछि विगतका वर्षहरुदेखि नै जारी यो विवाद फेरि सतहमा आएको हो । आइस्पानले विदेशी कम्पनीहरुले डिसेम्बर ३० सम्म ब्यान्डविथको शुल्क तिर्न अन्यथा सेवा अवरुद्ध गर्ने चेतावनी दिएको जनाएको छ त्यसैकारण उक्त शुल्क तिर्न नसकेमा पुस १५ देखि इन्टरनेट बन्द हुनसक्ने चेतावनी सेवा प्रदायकले दिएका हुन् ।

    सञ्चार मन्त्रालयले भने बक्यौता फछ्र्यौट हुनुपर्ने, निश्चित समयभित्र तिर्छु भन्दै प्रतिवद्धता गर्नुपर्ने वा तिर्नुपर्नेबाहेक विकल्प नरहेको बताएको छ । इन्टरनेट बन्द गर्ने भन्ने सवाल कल्पनासमेत गर्न नसकिने सञ्चार मन्त्रालयले जनाएको छ ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer