• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’

    Advertisement

    के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’

    हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित अनुसन्धान अनुसार चुरोट र मदिरा एकसाथ सेवन गर्दा मुटुमा गंभिर असर पर्छ । यसले मुटुको धमनीलाई कडा बनाउँछ र हृदयघातको खतरालाई बढाइदिन्छ ।

    शोधकर्ताहरूले सन् २००४ देखि २००८ सम्मको ५ वर्षको अवधिमा १,२६६ किशोर किशोरीहरूमा यो अध्ययन गरेका थिए ।

    त्यसो त स्वास्थ्यका लागि मदिरा जति हानिकारक छ, उत्तिनै बढी खतरनाक मानिन्छ चुरोटलाई पनि । चुरोट तानेपछि शरीरका यस्ता अंग बाँकी रहँदैन, जसलाई हानि नपुगेको होस् । फोक्सो, मुटुदेखि रक्तनलीसम्म यसका कणहरु मिसिन पुग्छन् ।

    मदिरा र रक्सी एकसाथ पिउँदा घाँटी र अन्ननलीको क्यान्सरसमेत हुने जोखिम रहेको जनरल फिजिशियन डा. प्रशान्त त्रिपाठी बताउँछन् । ‘यी दुई चिज एकसाथ खाँदा मात पनि दोब्बर लाग्छ’ उनी भन्छन्, ‘हानि पनि उत्तिकै गर्छ ।’

    चुरोट र रक्सी सँगै खाँदा चुरोटमा भएका रसायनहरू घाँटीमा रहँदा रक्सीले घुल्छ र यसले घाँटीको संवेदनशील तन्तुहरूमा कार्सिनोजेन्स फसाउन सक्छ । जसले गर्दा घाँटी र अन्न नलीको क्यान्सरको जोखिम बढाउन सक्ने त्रिपाठीले बताए ।

    उनी भन्छन् ‘रक्सीले कलेजो , मुटुमा र चुरोटले फोक्सोलाई प्रत्यक्ष असर गर्ने नै भयो साथै यिनीहरुको सेवनले शरीरको हरेक अंगमा रक्सी असर गर्छ ।’

    एक अध्ययनले देखाएको छ कि यदि कसैले धेरै रक्सी पिएर चुरोट पिएमा यसको ह्याङओभर पनि बढी समयसम्म रहन्छ ।

    स्प्रिट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ । त्यो पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्ने वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा बताउँछन् ।

    झा भन्छन् ‘चुरोटको धुवाँबाट पाँच हजार भन्दा बढी रसायन उत्पादन हुन्छ । त्यो रसायन धुवाँमार्फत फोक्सो हुँदै रगतको माध्यमले शरीरको विभिन्न भागमा फैलिन्छ । मस्तिष्क, स्पाइनल कर्ड, नसामा पनि पुग्छ र असर गर्छ ।’

    पेट तथा कलेजो रोग सर्जन डा.रमेश सिंह भण्डारी भन्छन् ‘कलेजो त्यस्तो अङ्ग हो, जुन खराब भए पनि फेरि पुनरुत्पादन हुनसक्छ । तर मदिराले कलेजोको पुनरुत्पादन गर्ने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ त्यस्तो मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि पछि कलेजोमा सिरोसिस रोग लाग्छ ।’

    त्यस्तै, चुरोटको धुवाँमा शरीरलाई हानी गर्ने एक हजार भन्दा बढी रसायन हुन्छ । यी रसायनहरू सँगै चुरोट बल्दा धुलोका कण, निकोटिन, कार्बोनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यास पनि निस्किन्छन् । चुरोट पिउने मान्छेले चुरोट तान्दा यी सबै कुरा श्वास नली हुँदै फोक्सोसम्म पुग्ने र फोक्सोमा असर गर्ने छाती रोग विशेषज्ञ राजु पंगेनी बताउँछन् ।

    चुरोट र रक्सी दुवैमा शरीरलाई हानी गर्ने विभिन्न रसायनहरू हुन्छ । यी दुईको रसायन एक अर्कामा मिसिएपछि त्यसले शरीरलाई झन् धेरै असर गर्ने जनरल फिजिसियन डा. त्रिपाठी बताउँछन् ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer