• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कसरी गर्ने केरा खेती ? जानिराखौ


  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • परिचय:
    केरा धेरै प्रचलनमा आउने महत्वपूर्ण फलफुल हो । कतिपय अफ्रीकन देशहरुमा यो भातका साटो प्रयोग गरीने बालीमा पर्छ । नेपालमा कैलाली, नवलपरासी, मोरंङ्ग र सुनसरी जिल्लामा यसको व्यवसायिक खेती भएको पाईन्छ । यति हुँदा पनि भारतबाट उल्लेखनीय मात्रामा केराको आयात भएको पाईन्छ । करेसाबारी स्तरमा पहाडी तथा तराईका जिल्लामा यत्रतत्र खेती भएको पाईन्छ ।

    Advertisement

    हावापानी:
    केरा गर्मी हावापानीमा हुने बाली हो । यद्यपि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको पाईन्छ । कम तापक्रमबाट यसका पातहरुमा नोक्सान पुग्छ । नयाँ पातहरु र फलको वृद्धिलाई तापक्रमले धेरै असर गर्दछ । केरा खेतीका लागि औषत तापक्रम २६.७ डिग्री सेन्टीग्रेड र प्रति महिना १० से.मि. वर्षाको आवश्यकता पर्छ ।

    माटो :
    केराले पनि पानी जमेको सहन सक्दैन र यसलाई ५–७.५ पि.एच. सम्म भएको माटोमा खेती गर्न सकिन्छ । यस बालीलाई गहिरो दोमट,राम्रोसँग खुकुलो पारीएको माटाको आवश्यकता पर्दछ ।

    जातहरु :
    नेपालमा झापाली मालभोग, विलीयम हाईब्रिड, चिनीया चम्पा, हरिछाल, रोवस्टा र ड्वार्फ क्याविन्डीज जातको खेती गरीदै आएको पाईन्छ । नेपालमा हरीयो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाईने हुँदा पहेंलो केरामा मालभोगकेरा नै कृषकहरुले बढी रुचाएका छन् । कम पानीमा हुने पहाडी स्थानीय केराहरु पनि कृषकहरु माझ लोकप्रिय छन् ।

    प्रसारण :
    केरा सकरबाट प्रसारण गरिन्छ । पात कम चौडा भएको (Sword Sucker)बाट प्रसारण गर्दा उत्तम मानिन्छ । प्रति सकर १–१.५ के.जी. तौल र राम्रो पलाउने भाग (गुवो) भएको हुनुपर्छ । बैलैमा राम्रो उत्पादन गर्नका लागि छानिएका उच्च गुणस्तरका प्रसारण सामाग्रीहरुले मद्दत पुर्याउँदछ ।

    केरा रोपण :
    खाडल ४५ से.मि. × ४५ से.मि. × ४५ से.मि. को साईजमा खनिन्छ । प्रति खाडल २०–२५ के.जी. राम्ररी पाकेको कम्पोष्ट मल राखिन्छ । छानिएका सकरहरुको अनावश्यक पात र केही लामा जराहरु काटिन्छन् र त्यसलाई चिम्ट्याईलो माटोमा डुबाईन्छ । प्रति सकरलाई ३० ग्राम फ्यूराडान छरीन्छ । यसबाट केरामा लाग्ने गवारो र डाँठमा लाग्ने गवारो साथै निमाटोडको नियन्त्रणमा मद्धत गर्दछ । केरालाई रोप्ने उत्तम समय भनेको असार साउन महिना हो । यद्यपी राम्रो सिंचाईको व्यवस्था भएको ठाउँमा जाडो महिना बाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ ।

    मलखाद :
    रोबस्टा जातको केराका लागि प्रतिबोट युरीया ३४१.२१ ग्राम, डि.ए.पी. २३९.१३ ग्राम र पोटास ४१६.६७ ग्राम आवश्यकता पर्दछ । युरीया र पोटासलाई रोपेको ३०, ७५, १२० र १६५ दिनमा ४ भागमा विभाजन गरी प्रयोग गरिन्छ । डि.ए.पी.भने सुरुमा नै सबै मात्राको प्रयोग गरीन्छ ।पुराना केराहरुको बगैचाको लागि केवल १०० ग्राम युरीया, ५० ग्राम डि.ए.पी. र २०० ग्राम पोटास मलको आवश्यकता पर्छ । यसको साथसाथै प्रति विरुवा १० ग्राम म्याग्नेसियम सल्फेट र नगन्य मात्रामा सूक्ष्म तत्वहरुको मिश्रण राख्दा राम्रो हुन्छ । मलहरु केरा पसाउनु अघि दिनु पर्दछ । साधारणतया केरा रोपको ६ महिना पछि तराईमा केरा पसाउँछ ।

    सिँचाई :
    हलुका माटो र गर्मीमा केरा खेतीलाई बढी सिँचाईको आवश्यकता पर्छ । केरा बढी पानीको आवश्यकता पर्ने बाली हो । सकर हटाउने केरा पसाउनु अघि एउटा मुल पसाईको बोट छाडेर सबै सकरहरुलाई हटाउनु पर्छ । केरा पसाईसकेपछि एउटा सकर भने छाड्नु पर्छ। झारपात नियन्त्रण सकेसम्म केरा बालीमा झारहरु हातले नै हटाएको राम्रा हुन्छ । तर ठूला ठूला बगैँचामा श्रमिकको अभावका कारण ग्लाईकोफस्फेट १ के.जी. (सक्रिय तत्व) प्रति हेक्टर बाली रोप्दाखेरी नै राख्नुपर्छ र सोको आधा के.जी. सक्रिय तत्व प्रति हेक्टर रोपेको ३० र ६० दिनमा प्रयोग गर्दा उत्तम मानिन्छ ।

    सुपली हटाउने :
    यसले केराबालीमा लाग्ने फिंगर टिप रोग हटाउन मद्दत गर्दछ । सुपलीलाई केरा कलिलो हँुदै हटाउनु पर्छ । तर सबै केराका काँगीयो निस्की सकेको र बाङ्गिन थालेको हुनुपर्दछ ताछ्ने सुकेका पातहरु केराको बोटमा देखिनासाथ हसिँयाले काटेर निकाल्नु पर्दछ ।

    टेका दिने :
    अग्ला केराको जातहरुलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनु पर्छ ।

    उकेरा लगाउने :
    रोपेको २-३ महिनापछि माटोको केराको बोटमा उकेरा लगाईन्छ र पानीको सोझै सम्पर्कबाट बोटलाई बचाईन्छ ।

    केराको काँगियोको आकार बढाउने :

    रोवस्टा, नयाँ पुभन जस्ता जातहरुमा औला आकारको काँगियो हुँदा १०–२५ मिली ग्राम प्रति लिटर पानीमा २,४–डी स्प्रे गर्दा केराको काँगियो बढेको पाईन्छ ।

    पसाएको केरा हटाउने :

    केराको घरी निकाली सकेपछि ३०–४० दिनभित्र बोट काटेर हटाउँदा तलका बचरा केराका कोसाहरुमा खाद्य पदार्थको आपुर्ति भै केराको राम्रो वृद्धि हुन्छ ।

    रोगहरु

    क) पनामा विल्ट :
    यो रोग कम लाग्ने जातहरुमा रोवस्टा र ड्वार्फ क्याविन्डीज हो र यसको अतिरिक्त जमिनमा पानी जमाउने र बाली चक्र अपनाउने गर्नुपर्छ । २ प्रतिशत्को कार्वेन्डाजिम ३ एम.एल.प्रति केराको बोटमा राख्दा यस रोगको प्रकोपलाई घटाउन सकिन्छ ।

    ख) पातमा थोप्ला आउने रोग :

    यो रोग कम लाग्नका लागि अन्तर बिरुवा बिचको खाली ठाउँ बढी हुनु आवश्यक हुन्छ । अथवा ०.१ प्रतिशतको क्याक्जिन र स्टिकर समेत प्रयोग गर्दा प्रभावकारी नियन्त्रण हुन्छ ।

    ग) बन्चिटप :

    यो भाईरसबाट लाग्ने रोग भएका कारण शंकास्पद रोगी विरुवाहरुलाई जरैदेखी निकालेर आगोमा जलाईदिने ताकी अन्यत्र फैलन नपावस् । बिरुवा छान्दा निरोगी बिरुवा छान्नु पर्छ । रोपेको ७५–१६५ दिनमा कार्वोफ्यूरान प्रयोग गरिन्छ ।

    कीराहरु

    क) गवारोः

    केराको गवारो स्वस्थ निरोगी सकरहरुको छनौट गरी रोपण गर्ने, त्यति गर्दा पनि नभएको अवस्थामा १०–१५ ग्राम प्रतिवोट कार्वोफ्यूराडान गेडा प्रयोग गर्न सकिन्छ ।

    ख) थ्रिप्स :

    केरा बालीमा लाग्ने थ्रिप्स किरा नियन्त्रण गर्नका लागि मालाथायन झोल २ एम.एल. प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।

    ग) निमाटोड :

    ५५ डिग्री से. तातो पानीमा १० मिनेटसम्म केराका सकरहरुलाई डुबाएर निमाटोडको नियन्त्रण गर्न सकिन्छ । साथै २ के.जी. कार्वोफ्यूराडान सक्रिय तत्वको प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ ।

    केराको घारी काट्ने
    जब केराका काँगियोहरु बाङ्गीन थाल्छन् र गुदि पुरा भरिन्छन् तब केराको घरी काट्न सकिन्छ । केरा पकाउन सकिने फल भएकोले बजार मूल्य बुझेर ढिलो वा चाँडो बाली लिन सकिन्छ । सामान्यतया केरा ९ देखि १२ महिनासम्ममा फल लाग्नेगर्दछ । त्यसको २-३ महिनापछि मात्र फल काट्ने लायकको हुन्छ । त्यस अवधिभरि सिंचाई, गोडमेल र कीरा नियन्त्रणमा ध्यान दिइरहनुपर्दछ । केरा पूरै छिप्पिएको छ छैन भनि जान्नको लागि कोसाको टुप्पो मा काला–काला फूलहरु सुकेको देखिने गर्दछन् तिनीलाई हातले छुदा झर्ने गरेमा केरा छिप्पिएको छ भनी जान्नुपर्दछ ।

    केराको बोट काट्दा एक मिटर जमिन माथि बाट बोटको घार काट्नु पर्दछ, जमिन सतहबाट काट्नु राम्रो हु‘दैन, किन भने त्यसमा रहेको पोषक तत्व बॉकी रहेमा बोटहरुलाई काम लाग्ने हुन्छ, त्यसैले एक मिटर माथिबाटै काट्नु रामो हुन्छ । एकपटक लगाएको केराको बोट कति वर्षसम्म रहन दिदा राम्रो फाइदा लिन सकिन्छ भन्नेमा त्यस ठाउ‘को माटो, हावापानी र गोडमेल आदिमा भरपर्दछ, तैपनि भन्नुपर्दा बसराई, हरिछाल र रोवस्टा जातलाई तीन बालीसम्म एउटै ठाउ‘बाट लिन सकिन्छ, त्यसपछि नयॉ ठाउ‘मा पुनः बेर्ना रोप्नु राम्रो हुनछ ।

    उत्पादन
    क्यावेन्डिज जातको केरा ५०–१०० मे.टन/हेक्टर उत्पादन हुन्छ । कम हरिया केरा लगाउँदा राम्रो हेरविचार पुर्याएको अवस्थामा धेरैमा १५० टन/ हेक्टर उत्पादन भएको पाईन्छ ।साधारण जातहरुको उत्पादन ४० टन /हेक्टर भएको पाईन्छ । एक विगाहामा (१६०० विरुवा) लगाएको केरा वालीवाट रु.५-८ लाख आर्जन गर्न सकिन्छ ।

     

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer