काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको ४३५ पदका लागि विज्ञापन भोलि आइतबार गर्ने भएको छ ।
Advertisement
शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाअन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ । विज्ञापन भोलि आइतबार विहान १० बजे आयोगले आफ्नो वेबसाइटमा राख्नेछ । आयोगका अनुसार नेपाली, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिने भएको छ । आयोग सूत्रले दिएको जानकारीअनुसार ४३५ पदका लागि विज्ञापन आह्वान हुनेछ । सबैभन्दा बढी सामाजिक शिक्षामा आवेदन माग गरिने भएको छ ।





