• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सल्लीसल्लामा बेलीब्रिज बनेसंगै राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • हुम्ला । सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्।

    Advertisement

    गत जेठबाट सुरु भई कात्तिकमा सम्मन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे । कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड-१ जैर, अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे । सलीसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाई र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । सो बेलिब्रिज निर्माणका लागि १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।

    बेलिब्रिज उद्घाटनका लागि सल्लिसल्ला पुगेका यातायातमन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई सघाउ पुर्‍याएको बताए । राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्लाको नाम आउने गरेकोमा आगामी असार मसान्तसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडेपछि यो उपमा पनि हट्ने उनले बताए ।

    सिमकोट सडक जोड्नका लागि चुनौतीको रुपमा रहेको छारे क्षेत्रको चट्टानी भीरमा सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पनि आउँदो वैशाखसम्म बेलिब्रिज निर्माण सकिने गरी काम अगाडि बढेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । विकासका लागि सरकार एक्लै ले चाहेएर मात्र हुँदैन, यसमा जनताको पनि उत्तिकै सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा हुम्लाबाट प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत स्थानीयवासीहरुको उपस्थिति थियो ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer