• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुफाको आम्दानीले क्याम्पस र गुरुकुल सन्चालन


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • पोखरा । ऐतिहासिक, पुरातात्तिवक एवम् धार्मिक महत्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।

    Advertisement

    जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ ।

    पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए । उनका अनुसार २०५० साल पुसको अन्तिम साता रासस क्षेत्रीय कार्यालय पोखरासहितको टिम गुफामा प्रवेश गरेर प्रचारप्रसार गरेदेखि नै यसको धार्मिक एवम् पर्यटकीय महत्व बढेको हो ।

    “पुसको २७ गते राससका साथै नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । साथै ‘पोखरामा पाँच सय वर्ष पुरानो गुफा फेला पर्यो’ भन्ने शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । सुरुमा प्रवेश गर्ने टिमलाई लाइटको व्यवस्था मैले नै गरेको थिएँ”, अध्यक्ष बाँस्तोलाले भने, “फोहर र सिस्नो पन्छाएर सानो प्वालबाट भिरालो स्थान अध्यारोमा मैनबत्ती र इमर्जेन्सी लाइटको सहाराले गुफा प्रवेश गरेका थियौँ । अहिले ३० वर्ष पुगेछ ।”

    उनले पछिल्लोसमय रेलिङबारसहित सिँढि भएको बाटोको व्यवस्थाले पर्यटकलाई आवतजावतमा सहज हुनुका साथै सुरक्षामासमेत ध्यान दिइएको उनले बताए । गुफाभित्र अवस्थित शिवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरेका बाँस्तोलाको भनाइ थियो ।

    गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसार गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताए । उनका अनुसार प्रवेशका लागि विदेशी रु एक सय, नेपालीलाई रु ५० र विद्यार्थीलाई रु ३५ को टिकट व्यवस्था गरिएको छ ।

    “खोलामा पानीको बहाब बढेसँगै शिव मन्दिरसम्मका लागि मात्र टिकटको व्यवस्था गरेका छौँ”, लम्सालले भने, “सुरक्षाको कारण असारदेखि कात्तिकसम्म पातले छाँगो पुग्नलाई उक्त बाटो बन्द गर्दै आएका छौँ ।”

    उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाली पर्यटक दुई लाख ९३ हजार दुई सय ४९, विदेशी दुई लाख ७९ हजार पाँच सय ५० र नेपाली विद्यार्थी एक लाख २५ हजार एक सय ८६ ले गुफाको अवलोकन गर्दा रु चार करोड २८ लाख ५८ हजार चार सय ८० आम्दानी भएको थियो ।

    सचिव लम्सालले भने, “गुफाले कामधेनु गाईबाट रु चार लाख ६२ हजार आठ सय ६०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ, सहयोग रसिदबाट रु ५१ लाख २७ हजार सात सय ५१, सटर क्बलबाट रु आठ लाख ६८ हजार ९५ अवलोकनकर्ताबाट अतिरिक्त आम्दानी गरेको थियो ।”

    चालु आवको मङ्सिर मसान्तसम्म ७२ हजार नेपाली, ७६ हजार ९३ विदेशी पर्यटकसहित कूल एक लाख ६८ हजार सात सय ४० ले टिकट काटेर अवलोकन गरेका गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गुफा अवलोकनका लागि आधुनिक बारकोड स्क्यानर गेट राखिएको छ ।

    पौडेलले भने, “टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण सङ्कलन गर्न सहज भएको छ । साथै सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि प्रभावकारी देखिएको छ ।”

    प्राकृतिक स्रोतको आम्दानीबाट गुफाको संरक्षण एवम् सौदर्यकरणका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र वेद विज्ञान पाठशाला सञ्चालन हुदैँ आएको छ । क्याम्पसमा विभिन्न विषयमा नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७३ प्रतिशत छात्रा रहेका छन् ।

    गुफाले खरिद गरेको छ रोपनी जग्गामा २४ कक्षाकोठा, होटल व्यवस्थापन प्रयोगात्मक कक्ष (हल) पाँच, आइटी ल्याब दुई, पुस्तकालय एक, सभाहल दुई, कार्यालय कक्ष ११, शौचालय १६ रहेका गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने जानकारी दिए । उनका अनुसार उक्त भवन तिनतल्लाको छ ।

    क्याम्पसका लागि गुफाले हालसम्म रु २५ करोड भन्दा बढी लगानी गरेको जनाउँदै लामिछानेले आगामी आवमा पनि क्याम्पस सञ्चालनका लागि रु ७० लाख र वेद विज्ञान गुरुकुल सञ्चालनका लागि रु ३० लाख विनियोजन गरिएको बताए ।

    उनका अनुसार उक्त गुरुकुलमा एक सय अध्ययनरत छन् । गुफाले पोखरा-१७ र आसपासका वडाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख छुट्याएको छ । रास

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer