• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वार्षिक डेढ अर्ब घाटामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल !


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) सञ्चालनमा आएको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ । गत जनवरी १, २०२३ मा निकै तामझामका साथ सरकारले पीआईएको उद्घाटन गरेको थियो ।

    Advertisement

    सन् २०१७ देखि निर्माण थालनी गरेर पाँच वर्षपछि सम्पन्न भएको विमानस्थलका लागि करिब २६ अर्ब रुपैयाँ खर्च भएको छ । विमानस्थल निर्माणका लागि सरकारले चीन सरकारसँग १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन अर्थात् २५ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ (आजको विनिमयदर अनुसार) ऋण लिएको छ ।

    तर विमानस्थल निर्माण सम्पन्न भएको पुरापुर एक वर्ष बित्दासमेत पोखराले एउटै अन्तर्राष्ट्रिय उडान पाउन सकेको छैन ।

    चिनियाँ ऋण लगानीमा बनेकैले छिमेकी मुलुक भारत पोखरालाई कुनै पनि बिजनेस दिन तयार छैन । नेपाल–भारत सीधा हवाई उडान काठमाडौँको विकल्पमा पोखरादेखि भारतका विभिन्न सहरहरूमा उडान भर्न सकिने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पोखराबाट भारतका क्षेत्रीय सहरहरू पटना, चण्डीगढ, गोरखपुर, सिलगुढीलगायतका सहरमा उडान भर्न सकिने बताएका थिए । तर आजका दिनसम्म पोखराबाट एउटै पनि अन्तर्राष्ट्रिय उडान गर्न सकिएको छैन ।

    त्यसो त आफ्नै ऋण सहयोगमा निर्माण सम्पन्न पोखरा विमानस्थलमा चीन सरकारले समेत नियमित उडानमा त्यति चासो देखाएको छैन ।

    गत सेप्टेम्बर २०२३ मा प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमणका क्रममा, दुई देशीय विभिन्न राजनीतिक तथा कूटनीतिक छलफल तथा भेटवार्तामा पोखरा विमानस्थलमा नियमित उडानका लागि पटक पटक चिनियाँ पक्षसँग आग्रह गर्दासमेत पार लाग्न सकेको छैन । अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना, उद्देश्य र भविष्यमाथि नै गम्भीर प्रश्न चिह्न खडा गरेको छ ।

    एक वर्षमा चारवटा चार्टर फ्लाइट !

    अर्बौं ऋण लगानी गरेर निर्माण गरिएको विमानस्थलमा गएको एक वर्षमा अन्तर्राष्ट्रिय उडानतर्फ जम्माजम्मी चारवटा चार्टर फ्लाइटमा चित्त बुझाउनु परेको छ । गत जुलाई, २०२३ (असार ८ र ९ गते) मा पोखरामा आयोजित पहिलो ‘नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिबल २०२३’ का अवसरमा सिचुआन एयरले पोखरा विमानस्थलमा पहिलो दुईवटा चार्टर फ्लाइट गरेको थियो ।

    चीनको छेन्दु विमानस्थलबाट सीधा पोखरा विमानस्थलमा अवतरण गरेको एयरलाइन्समा चिनियाँ खेलाडी, पर्यटकसहित सोही समयमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।

    त्यसपछि २३ भदौ २०८० मा तेस्रो पटक भुटानको डुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा व्यावसायिक चार्टर फ्लाइट गरेको थियो । ७ जना चालकदलसहित ३ जना पर्यटक गरी कुल १० जना चार्टर फ्लाइटमा पोखरा आएकोमा सोही विमान हुँदै पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए ।

    त्यसयता अन्तर्राष्ट्रिय उडान एउटै पनि हुन नसकेको पोखरा विमानस्थलमा एकै पटक गत नोभेम्बर २३, २०२३ (मङ्सिर ७) मा चौथो पटक व्यावसायिक चार्टर फ्लाइट भएको छ । नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका समेतको साझेदारीमा गत मङ्सिरमा पोखरामा आयोजित ‘माउन्टेन क्रस कन्ट्री कम्पिटिसन’ रेस प्रतियोगिताको अवसरमा हिमालयन एयरलाइन्सले छेन्दु–पोखरा डाइरेक्ट चार्टर फ्लाइट गरेको हो ।

    यद्यपि यसअघि कात्तिक २२ मा नै चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमानले छेन्दु–पोखरा अन्तर्राष्ट्रिय उडान गरेको थियो । गत कात्तिक १६ गते रुकुमपश्चिम–जाजरकोटमा गएको भूकम्पबाट प्रभावितका लागि राहत सामग्री लिएर आएका कारणले यसलाई व्यावसायिक उडानमा गणना गरिएको छैन ।

    वार्षिक डेढ अर्ब घाटा बेहोर्दै विमानस्थल

    फुल अप्रेसनमा आइसकेको विमानस्थलले एक वर्षसम्ममा पनि बिजनेस नपाउँदा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरिरहेको छ । पोखरा विमानस्थलले हाल आन्तरिक (डोमेस्टिक) उडानबाहेक एउटै अन्तर्राष्ट्रिय नियमित उडान पाउन सकेको छैन ।

    तर विमानस्थल बनाउँदा लिएको चिनियाँ ऋणको सावाँ, ब्याज भुक्तानी भने गत चैत २०७९ देखि नै सुरु भइसकेको छ ।

    सम्झौताअनुसार नेपाल सरकारको जमानीमा नागरिक उड्यान प्राधिकरणले लिएको २६ अर्ब रुपैयाँ बराबरको चिनियाँ ऋणको भुक्तानी अवधि २० वर्ष तोकिएको छ । सुरुको ६ वर्ष ग्रेस अवधि तोकिएको छ । यो भनेको ६ वर्षसम्म नेपालले ऋणको सावाँ ब्याज केही पनि तिर्नु पर्दैन ।

    तर २०७९ चैत १ गतेदेखि सुरु हुने ऋण भुक्तानीको किस्ताबापत नेपाल सरकारले बाँकी १४ वर्षमा २,७६,४४,२०,८५८.३ युआन अर्थात् ५१ अर्ब ७२ करोड २३ लाख १४ हजार रुपैयाँ (साँवा र ब्याज) बराबर भुक्तान गर्नुपर्ने हुन्छ ।

    यस अवधिमा नेपाल सरकारले चिनियाँ पक्षलाई ब्याज मात्र ९ अर्ब ९२ करोड ४८ लाख ६१ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । जुन सम्झौताअनुसारको वार्षिक ५ प्रतिशतको ब्याजदर आफैँमा महँगो हो ।

    सम्झौता अनुसार वर्षमा दुई पटक (६/६ महिनामा) किस्ता तिर्नुपर्दा वर्षमा १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ बराबरको भुक्तान दिनुपर्ने हुन्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो ।

    ऋण तिर्नकै लागि भए पनि एयरपोर्टले कम्तीमा महिनामा १६ करोड २० लाखभन्दा बढी आम्दानी गर्नुपर्ने देखिन्छ । तर एयरपोर्टको अन्य खर्च, कर्मचारी, बिजुलीलगायत अन्य खर्च जोड्दा मासिक २५ करोडभन्दा माथि पुग्ने देखिन्छ ।

    आन्तरिकसँगै अन्तर्राष्ट्रियतर्फ कम्तीमा तीनवटा फ्लाइट नियमित गर्न सकियो भने वार्षिक १ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । तर हालसम्म एउटै अन्तर्राष्ट्रिय उडान गर्न नसकेको पोखरा विमानस्थलले आन्तरिक उडानबाट वार्षिक औसत ६० करोड रुपैयाँ आम्दानी गर्ने देखिन्छ ।

    वर्षमा नै सावाँ ब्याज गरी १ अर्ब ९४ करोड रुपैयाँ ऋणको किस्ता भुक्तान गर्नुपर्ने विमानस्थलले आम्दानी हेर्दा १४ वर्ष नभएर ३० वर्षमा पनि ऋण नगर्ने देखिन्छ । यद्यपि राष्ट्रिय महत्त्वका यस्ता परियोजनालाई दीर्घकालीन रूपमा नै सोच्नुपर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौँला बताउँछन् ।

    पोखरा विमानस्थलको यथार्थ छानबिन हुन्छ : सभापति यादव

    यता सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको यथार्थ छानबिन गरिने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण को २५औँ वार्षिकोत्सव (रजत जयन्ती) का अवसरमा गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले बिनायोजनाको विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही हुनेसमेत बताए ।

    ‘कुनै पनि लगानी लक्ष्य, उद्देश्य र बिजनेसबिना गरिँदैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठुलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न,’ यादवले भने, ‘यसको पछाडि ककसको स्वार्थ छ, समितिले अध्ययन गर्दै छ । पोखरा विमानस्थलको सम्पूर्ण फाइल समितिले मगाएको समेत उनले बताए । छानबिनपश्चात दोषीउपर कारबाही गरिनेसमेत उनले बताए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गराउन प्राधिकरण लागिपरेको बताउँदै छिमेकी मुलुक भारत र चीनसँग आवश्यक छलफलसमेत भइरहेको बताए ।

     

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer