• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अधिकृतदेखि जनप्रतिनिधिसम्म पुर्पक्षका लागि थुनामा: सहकारी ठगी प्रकरण


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • पोखरा । बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा जिल्ला अदालत कास्कीले एकैदिन दुईवटा सहकारीमा मुछिएका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । पोखराकै मित्रमिलन सहकारीले करोडौँ रकम अपचलन गरेको अरोप छ । सूर्यदर्शन सहकारीले त अर्बौं रकम हिनामिना गरेको बतान्छ । थुप्रै व्यक्ति फरार छन् ।

    Advertisement

    मंगलबार जिल्ला अदालतले पक्राउ परेकाहरूको बयानपछि थुनामा पठाउन आदेश दिएको हो । अदालतले थुनामा पठाएका व्यक्तिहरूमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । उनी गत बुधबार कार्यरत कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ परेका थिए । प्रमुख प्रशासकीय अधिकृतमा बहालवाल रहेकै अवस्थामा पर्वत प्रहरीले नियन्त्रणमा लिई कास्की प्रहरीलाई सुम्पिएको थियो ।पराजुलीले सहकारी रजिस्ट्रार हुँदा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।

    पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन् । दुईपटकमा गरी उनले केही रकम फिर्ता पनि गरेको उनको भनाइ छ ।

    तर, काम नभएपछि थुनामा रहेका सञ्चालकले पराजुलीको पोल खुलाएका थिए । सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड बिगो दाबीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो । ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ६ जनामात्र पक्राउ परेका छन् ।

    पूर्वरजिस्ट्रार पराजुलीसँगै मंगलबार कर्मचारी गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल पुर्पक्षका लागि जेल पठाइए । सहकारीका अध्यक्ष एवं सञ्चालक ३२ वर्षीय रमन पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघिदेखि नै कारागारमा छन् । सहकारीका तीनहजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।

    सहकारीका बचतकर्ताको ठगीमा देशैभर बद्नामी कमाएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अर्का एक अभियुक्त अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका शिवबहादुर गुरुङ भनिने महेन्द्र भोटे कानुन व्यवसायीसहित जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । उनको बयान नसकिएका कारण उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

    कास्की प्रहरीले रेड कर्नर नोटिस जारी गर्नका लागि प्रहरीको केन्द्रीय कार्यालय गुहारेको बेला आफैँ अदालतमा उपस्थित भएका भोटे र अर्का आरोपित भविश्वर अर्याललाई बयान नसकिएका कारण न्यायाधीश वसन्तजंग थापाको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

    महेन्द्र कास्कीको मादी गाउँपालिका वडा नम्बर १० घर भई हाल पोखरा–१२ लालीगुराँस टोल निवासी हुन् । भविश्वर गल्याङ–९ स्याङ्जाका बासिन्दा हुन् । महेन्द्र अघिल्लो वर्षको स्थानीय चुनावमा एमालेको तर्फबाट मादी गाउँपालिकाको अध्यक्षका प्रत्यासीसमेत रहेका थिए ।

    कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले मंगलबार बयान लिने काम मात्रै भएको जानकारी दिए । उनका अनुसार आदेश नआउन्जेल उनलाई प्रहरी हिरासतमा राखिने छ ।

    “आज बयान मात्रै भयो । थुनछेक बहस भोलि (बुधबार) हुनेछ । आज दुईजना उपस्थिति भएका थिए । हाल उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ,” अधिकारीले भने ।

    यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । यही हप्ता काठमाण्डौबाट पक्राउ परेका रम्तेल रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षसमेत भएको खुलेको छ । उनी माओवादीबाट निर्वाचित भएका थिए ।

    गीतेन्द्र बाबु (जीवी) राईको समुहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरूको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको बताइन्छ । सूर्यदर्शन सहकारीको १० करोड भन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको खुलासा भएको थियो ।

    सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

    यो सहकारीले एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

     

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer