• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कि पहुच कि पैसा, कुरा सरुवाकै, पिडामा शिक्षक पाण्डेय


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • बैतडी । शिक्षकले तलबबाहेक पाउने थप सुविधा भनेको घरनजिकको विद्यालयमा अध्यापनको मौका मात्रै हो तर अङ्ग्रेजी विषय पढाउने शिक्षक गणेशदत्त पाण्डेयको जीवनमा भने यो सुविधा कहिल्यै लागु भएन । उहाँ झिसमिसेमै उठेर विगत २७ वर्षदेखि दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य हुनुहुन्छ । दशरथचन्द नगरपालिका–४, जरगौँका पाण्डेय ४, ५ र ८ नम्बर वडाका आधा दर्जन विद्यालय छिचोलेर दशरथचन्द नगरपालिका–१०, बाराकोटास्थित दानेश्वर माविमा पुग्नुहुन्छ ।

    Advertisement

    निम्नमाध्यमिक तह तृतीय श्रेणीका शिक्षक गणेशको गाउँमै शिवस्थली मावि भए पनि आफ्नो गाउँमा पढाउने मौका पाउनुभएको छैन । उहाँ करिब दुई घण्टा हिँडेर अर्कै स्कुल पढाउन बाध्य हुनुहुन्छ ।

    पैदल यात्रा हिँड्दा एक घण्टाको दुरीमा वीरेन्द्र मावि शाहीलेक, जगन्नाथ आधारभूत विद्यालय, डेढ घण्टाको दुरीमा दशरथचन्द मावि सुन्दरखाली र जगदम्बा मावि भए पनि उहाँ यी सबै विद्यालय छिचोलेर दानेश्वर मावि, बाराकोटमा पुग्नुहुन्छ ।

    उमेर पनि ५९ वर्ष पुगेकाले हिँड्न नसक्दा कहिलेकाहीँ विद्यालय पुग्न तीन घण्टासम्म लाग्ने गरेको शिक्षक पाण्डेयले बताउनुभयो । समयमै विद्यालय पुग्न घाम नझुल्किँदै घरबाट हिँड्ने गरेको उहाँले बताउनुभयो ।

    घरनजिकको विद्यालयमा सरुवाका लागि राजनीतिक पहुँच चाहिने भएकाले कसैले सहयोग नगरेको उहाँले बताउनुभयो । शिक्षा क्षेत्र हेर्ने निकायले काम गर्ने र नगर्ने शिक्षकको स्पष्ट मूल्याङ्कन नगर्दा दुःख लागेको पाण्डेयले बताउनुभयो ।

    नेता शिक्षकबाट नियमित विद्यालय जाने आफू जस्ता इमानदार शिक्षक उल्टै पीडित बन्ने गरेको गुनासो उहाँको छ । शिक्षकलाई घरपायक सुविधा भन्ने नारा ‘कसैलाई दालभात त कसैलाई कपालमा हात’ जस्तै बनेको पीडा उहाँले सुनाउनुभयो । विसं २०३८ देखि शिक्षण पेसा अपनाउँदै आएका पाण्डेय २०४१ सालमा अङ्ग्रेजी विषयको शिक्षक सेवा पास गरेपछि स्थायी हुनुभएको होे ।

    तीन वर्षको करार अवधिपछि अनवरत ४२ वर्षसम्म जिल्लाका दुर्गम विद्यालयमा शिक्षण गरेको अनुभव उहाँले सुनाउनुभयो । शिक्षक सेवा पास गरेपछि गाउँकै शिवस्थली विद्यालयबाट निङ्लासैनी मावि देहीमाडौँमा सरुवा भएको थियो । त्यसपछि विकट चौखामस्थित उदय मावि च्वाँगन्सुर भएको हो ।

    बझाङको सिमानामा बसेर त्यहाँ पनि पैदल हिँडेर दुई वर्ष पढाएका शिक्षक पाण्डेयको गाउँलाई सडकले छुन सकेको छैन । घरबाट आधा घण्टा हिँडेर पक्की सडकमा पुगिने भए पनि झुलाघाट सडकखण्डमा चल्ने सवारीसाधन नियमित नपाइने भएकाले उहाँ दुई घण्टा हिँडेर विद्यालय आउने जाने गर्नुहुन्छ ।

    अनुभवी शिक्षक पाण्डेयलाई स्थानीय जनप्रतिनिधि, अभिभावक र विद्यालयले सम्मान र माया दिएको दानेश्वर माविका प्रधानाध्यापक हरकसिंह विष्टले बताउनुभयो । विद्यालयको वार्षिकोत्सव होस् वा अन्य सामाजिक कार्यमा उहाँलाई सम्मान गर्ने गरिएको उहाँले बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले शिक्षक पाण्डेय इमानदार र जिम्मेवारी निर्वाह गर्ने कुशल शिक्षक रहेको बताउनुभयो । उहाँप्रति सहानुभूति राख्दै एकाइ प्रमुख अवस्थीले भन्नुभयो, “सरुवाका लागि दुवैतर्फका विद्यालयको सहमति आवश्यक पर्ने भएकाले चाहेर पनि सिधै सरुवा गर्न नसकिएको हो ।”(गोरखापत्र)

    कान्तिपथ अनलाईको अनुरोध

    सरोकारवाला निकायहरु, स्थानिय निकायहरु र अझै भन्नुपर्दा बिद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु समक्ष हाम्रो अनुरोध छ कि, “कसैको दुखमा साथ दिनु हामि सबैको कर्तब्य हो, हाम्रा घर-दैलाका असल शिक्षक समाजका भगवान हुन, उहांहरुलाई हामी सबैको सहयोगको आवश्यकता छ” । एउटा असल शिक्षकलाई सामाजिक माया ममता र सद्भावको सदा खांचो रहिरहन्छ ।

    (यहांहरुका, बिशेष गरी शिक्षक/गुरुहरुका समस्या र गुनासा छन् भने हामिलाई पठाउनु होला, हामि सम्बन्धित ठाउमा पुर्याउने छौं)

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer