• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मधेशका स्थानीय तहविरुद्व १८ सय बढि उजुरी


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • धनुषा । मधेश प्रदेशका स्थानीय तहविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक हजार ८ सय १६ उजुरी परेका छन् । आयोगका अनुसार मधेशमा चालु आर्थिक वर्षको आठ महिनामा कुल २ हजार २ सय ५६ उजुरी परेका छन् । तीमध्ये स्थानीय तहबाट मात्रै १ हजार ८ सय १६ उजुरी रहेका छन् ।

    Advertisement

    त्यस्तै, संघीय सरकारअन्तर्गतको कार्यालयमा अनियमितता भएको भन्दै २ सय ४८ वटा उजुरी परेका छन् । प्रदेश सरकारका काम कारबाहीविरुद्व भने सबैभन्दा कम उजुरी छन् । आयोगको बर्दिवास कार्यालयका अनुसार प्रदेश सरकारअन्तर्गत १ सय ९२ वटा उजुरी परेका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी आयोगले बुधबार जनकपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा आयोगले मधेशमा भ्रष्टाचारका उजुरीबारे जानकारी गराएको हो ।

    आयोगका अनुसार आर्थिक वर्ष ०७९/८० मा परेका कुल २ हजार ५ सय ४७ वटा उजुरीमध्ये स्थानीय तहका १ हजार ९ सय ८१ वटा, संघीय सरकार मातहतका कार्यालयका ३ सय ४७ वटा र प्रदेश सरकारअन्तर्गतका २ सय १९ वटा उजुरी थिए । तीमध्ये १ हजार ३ सय ९९ उजुरी फछ्यौट गरेको थियो भने १ हजार १ सय ४८ वटा उजुरी चालु आर्थिक वर्षमा सारिएका थिए ।

    आयोगका बर्दिवास प्रमुख रामकुमार कुरुम्वाङले चालु आर्थिक वर्षको मंसिरसम्ममा मात्रै आयोगले ८ सय ६१ वटा उजुरी फछ्यौट गरेको र १ हजार ३ सय ९५ वटा उजुरी फछ्यौटको क्रममा रहेको बताए।

    प्रदेश सरकार ‘बोझिलो र आर्थिक हिनामिनाको केन्द्र बनेको’ आक्षेप खेपिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो तथ्यांकले भने आर्थिक बदमासीको केन्द्र स्थानीय तह र त्यसपछि संघीय सरकार मातहतको कार्यालय रहेको देखिएको छ ।

    आर्थिक अनियमितताको पाटोमा भने प्रदेश सरकारसँग सम्बन्धित उजुरी थोरै परेको आयोगको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०८०/८१ मा भने मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयसँग जोडिएका सबैभन्दा बढी १ सय ६९ अनियमितताका उजुरी परेका छन् । यस्तै, उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयबिरुद्व अनियमितता गरेको भन्दै ५९ वटा उजुरी परेका छन् ।

    समाजिक विकास मन्त्रालयको ५८ वटा, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको ३८ वटा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्व २६ वटा उजुरी परेको आयोगले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव लक्ष्मीप्रसाद उपाध्यायले पहुँच र हचुवाको भरमा योजना तोक्ने र मिलोमतोमा योजना छनौट गर्ने प्रवृत्ति देशैभरि बढेको बताए । उनले प्याकेजमा गर्नुपर्ने कामलाई टक्राएर सानो–सानो योजना बनाएर काम गर्दा अनियमितताको भयावह अवस्था देखिएको जानकारी दिए ।

    ‘सरकारी निकायमा अनियमिततासम्बन्धी कागजात वा सूचना माग्दा समयमा नदिने प्रवृत्ति छ,’ उपाध्यायले भने,‘मागेको विवरण भन्दा फरक विवरण पठाइदिने चलन पनि छ ।’

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer