• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मन्त्रीको दौड-धुप साकार बन्दै, माघ १ देखि उपभोक्ताको धारामा मेलम्चीको पानी


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । २४ बैशाख २०८० मा खानेपानी मन्त्रालयको कार्यभार सम्हालेपछी नै उहांले संकल्पन गर्नु भो, उपभोक्तालाई स्वच्छ र सफा पानी खुवाउने । आफ्नो योजनालाई मुर्तरुप दिन उहां निरन्तर लागिरहनु भयो, कहिले बिषय बिग्यहरुसंग असल कार्य योजनामा त कहिले आम-उपभोक्तासंग शिवपुरीको जंगलमा होस् वा मेलम्चीको बगरमा । उहांको एकोहोरो लगाब र निरन्तरको खटाईले, यही पुस मसान्त सम्ममा पुर्णता पाउने भएको छ, उपभोक्ताको धारामा मेलम्चीको पानी आएर ।

    Advertisement

    २०७८ साल असार २ गते आएको बाढी र २०८० साउन २८ र २९ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो, मेलम्ची खानेपानी आयोजनाको मुहान । यसपछी आम-उपभोक्ताले पुन: मेलम्चीको पानी आउने कुरामा शंका गर्न थालिसकेका थिए । तर अब, माननीय खानेपानी मन्त्री को संकल्प र निरन्तरको खटाईले मुर्तरुप पाऊने भएको छ ।

    “झन्डै सात महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारामा खसाल्ने तयारी गरिएको, बाढी पहिरोका कारण क्षति भएको सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाएर पानी सुरुङमा पठाउन रातदिन काम गरिरहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सचिव सुरेश आचार्यले आयोजानाको क्षतिग्रस्त मुहानमा भइरहेको गेग्रान हटाउने कामको बुधबार निरीक्षण गरेपछि अबको १३ दिनपछि अर्थात् माघे संक्रान्तिको दिन पानी उपभोक्ताको धारामा खसाल्ने बताए ।

    आयोजना स्थलमा उनले पानी छिटोभन्दा छिटो काठमाडौं पठाउन तीब्र गतिमा काम गर्न निर्देशन दिए । गत साउनमा आएको बाढीले हेडवर्क्स क्षतिग्रस्त भएपछि चिनियाँ ठेकेदार कम्पनीले गेग्रान हटाउने काम गरिरहेको छ । सिनोलाई २८ दिनमा काम पूरा गर्ने लक्ष्य तोकेर गत ५ गते सम्झौता गरिएको थियो । ’हामी सम्झौताभन्दा केही दिन अघि नै काम सक्नेगरी अघि बढेका छौं,’ सचिव आचार्यले भने ।

    आयोजनाको हेडवर्क्स निरीक्षण गरेपछि सचिव आचार्यले ठुला मेशिन लगाएर गर्ने काम धेरै सकिएको बताए । उनले अस्थायी रुपमा बनाएको सुरुङमा मसिनो बालुवा र माटो छिरेर समस्या बनाएको बताए ।

    ‘उक्त संरचनाबाट मान्छेले नै काम गरेर बालुवा र माटो बाहिर लिकाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तर सेड्युअल नै बनाएर काम गरेकाले ठूलो समस्या आएन भने अवको १२-१३ दिनमा काठमाडौंमा पानी खसाल्ने योजना बनाएका छौं ।’

    सरकारी निकायबाट अलिकति पनि कमजोरी हुन नदिने गरी काम भइरहेको दाबी गर्दै आचार्यले काठमाठौंबासीलाई पानी नखुवाएसम्म कुरा गरेर मात्र केही नहुने बताए । दैनिक ५१ करोड लिटर पानी काठमाडौं खसाल्ने योजना अनुसार २७ किमि सुरुङबाट पानी सुन्दरीजल स्थित प्रशोधन केन्द्रमा ल्याएर वितरण गर्ने संरचना बनाइएको छ ।

    गत साउनको अन्तिम साता आएको बाढीले हेडवर्क्सको संरचनालाई १५-२० मिटर अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ । २०७८ असारमा आएको अकल्पिनीय बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौं ल्याउन कठिन भइरहेको छ ।

    वर्षातको बाढीले नोक्सान हुने भयले गत असारको पहिलो साता नै सुरुङको मुख बन्द गरिएको थियो । मुख बन्द गरेका कारण साउनमा आएको बाढीले मुख्य सुरुङ नोक्सान भएको छैन । तर दुई वर्ष अघि जस्तै गेग्रानले हेडवर्क्सको संरचना पुरिएको थियो । उक्त गेग्रान हटाउने काम गर्न सरकारी प्रक्रियामा ढिलाई भएका कारण लामो समयदेखि पानी बन्द छ ।

    २०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं खसालिएको थियो । तर बाढीपहिरोको कारण पानी वितवरणले निरन्तर पाउन सकेको छैन । सुरुङ निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाएका थिए । तर काठमाडौंको पानी वितरण संरचनासहित झण्डै ६५ अर्ब भन्दा बढी खर्च भइसकेको आयोजनाले बाढीपहिरोका कारण समस्या झेल्दै आएको छ ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer