• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सरकारले ल्याउदै चार्जिङ स्टेसनका लागि ‘राष्ट्रिय मापदण्ड’सहितको नीति


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेसनको सन्दर्भमा नीति ल्याउने तयारी गरेको छ । नेपालमा विद्युतीय सवारी (ईभी)को प्रयोग बढ्दै गएपछि चार्जिङ स्टेसनको माग पनि बढ्दै गएको छ ।

    Advertisement

    यस्तोमा चार्जिङ स्टेसन बनाउने र त्यसको व्यवस्थापन एवं आवश्यक सहजीकरणका लागि निजी क्षेत्रलाई सजिलो हुने गरी नीति ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नविन राज सिंहले बताए ।

    ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा करिब दुई साताअघि समिति गठन भएको उनले बताए । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले साढे एक महिनाभित्र नीतिगत तहको प्रतिवेदन बुझाउने प्रवक्ता सिंह बताउँछन् ।

    “सबै चार्जिङ स्टेसनलाई एउटै ठाउँमा सिक्रोनाइज गर्न सकियो भने सूचना पनि राम्रोसँग जान्छ । कहाँ–कहाँ चार्जिङ स्टेसन छ भनेर थाहा हुन्छ । नभए सबैको आफ्नो आफ्नो एप हुने भए । कम्तीमा एउटा मास्टर एपमा गुगलमा जसरी हामीले खोज्छौँ, त्यसरी नै खोज्दा चार्जिङ स्टेसनको विवरण सबै आओस् भन्ने हाम्रो चाहना हो,” सिंहले भने ।

    उनले समितिले प्रतिवेदन तयार पारिसकेपछि नीति अघि बढ्ने बताए । समितिमा रहेका नेपाल विद्युत् प्राधिकरण (एनईए)का प्रोजेक्ट म्यानेजर सागरमणि ज्ञवालीले हाल देशभर करिब २०० वटा नीजि चार्जिङ स्टेसन रहेको बताए ।

    उनले चार्जिङ स्टेसनका लागि राष्ट्रिय मापदण्ड तयार पार्ने किसिमले नीति बन्ने बताए । ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंहले नीति आएपछि निजी क्षेत्रलाई पनि चार्जिङ स्टेसन सञ्चालन गर्न सहज हुने बताए ।

    नीतिमा चार्जिङ स्टेसनको सबै विवरण उपलब्ध रहने एप, विद्युत् प्राधिकरणले उपलब्ध गराउने विद्युत्‌लगायत सहजीकरणको पाटो समेटिने ज्ञवालीको भनाइ छ । नीति अनुसार जुनसुकै निजी क्षेत्रले चार्जिङ स्टेसन बनाउन सक्ने उनले बताए ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer