• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अध्यागमन अधिकृत नै रुसी सेनामा पठाउने विचौलियाका मतियार


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । ‘भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाउने गिरोहविरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ७ जनाविरुद्ध बेचबिखन मुद्दा दायर गरेको हो ।

    Advertisement

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत अधिकृत राम सोनाकरलाई पनि रसिया प्रकरणमा प्रतिवादी कायम गरिएको छ । नरवीर खड्कालाई मङ्सिर २७ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

    राम सोनाकर पक्राउ परेका छैनन् । दुईजना अधिकृतसहित धरान घर भएका शंकर लिम्बु, मोरङका गोविन्द रिमाल, रविन घिमिरे, त्रिभुवन विमानस्थलस्थित एयर अरेबियाका कर्मचारी जीवन न्यौपाने र रसियामा बस्ने नेपाली नागरिक शोभराजलाई सरकारी वकिलले प्रतिवादी बनाएको छ ।

    नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराजले सहयोग गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘भिजिट भिसा’ लगाएर रुसी सेनामा भर्ना हुन पठाउने गिरोहसँग नरवीर खड्का र राम सोनाकरसँग ‘कनेक्सन’ देखिएको छ ।

    ३८ वर्षका खड्का रुकुम सानीभेरी गाउँपालिका–१० का स्थानीय हुन् । अहिले उनी ललितपुरको हात्तीवनमा बस्छन् । राम सोनाकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका हुन् । उनी नेपालगन्जका स्थानीय हुन् ।

    ‘भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकामध्ये ७ जनालाई मानव बेचबिखन र अन्यलाई ठगी मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बताए ।

    पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियारसहित छन् ।

    दुबई हुँदै नेपाली युवाहरूलाई गिरोहले मस्को पठाउने र त्यहाँ सेनामा भर्ती हुन सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अध्यागमन अधिकृतहरूले रुस पठाउँदा प्रतिव्यक्ति २० देखि ८० हजारसम्म लिने गरेको बिचौलियाहरूले प्रहरीलाई बताएका छन् । प्रतिवादी रविन घिमिरेले प्रहरीसँग भनेका छन्– ‘रुसका लागि ८० हजार सम्म बुझाउने गरेका थियौँ ।’

    भिजिट भिसामा दुबई पठाउने धन्दामा पनि संलग्न अधिकृत खड्काले दुबईका लागी २० देखि ४० हजार असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    स्कुटरको डिकीमा राख्न लगाउँथे ‘घुस’

    अध्यागमन अधिकृतहरूले पत्नी र आफन्तको खातामा ‘घुस’ बापतको रकम डिपोजिट गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले विमानस्थल आसपासका रेष्टुरेष्टमा पनि पैसा लिने गरेको भेटिएको छ ।

    अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार आरोपीहरूले स्कुटरको डिकी खुल्ला राखेर त्यसमा पैसा राख्न लगाउने र ‘लक’ गरेर हिँड्नु भन्ने गरेको भेटिएको छ । रविन घिमिरेले प्रहरीसँग भनेका छन्–‘मैले स्कुटरको डिकीमा धेरै पटक अधिकृतहरूलाई घुस रकम राखिदिएको छु ।’

    गोविन्द रिमालले नरवीर खड्कालाई रकम बुझाउने गरेको बयान दिएका छन् ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer