• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली कामदार नलैजाने कोरियाको चेतावनी


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सिप बिल्डिङतर्फ (पानीजहाज निर्माण) को परीक्षामा अनुत्तीर्ण नेपालीले गरेको आन्दोलनका सम्बन्धमा नेपाली पक्षले दुईदईपटक पठाएको पत्रका बारेमा मौन रहेको कोरियाले नेपाली कामदार नलैजाने चेतावनी दिएको छ।

    Advertisement

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका एक उच्च कर्मचारीका अनुसार पछिल्लोपटक भएको छलफलमा कोरियाली पक्षले ईपीएसको विरोधमा गतिविधि भइरहे नेपाली कामदार राेक्न सक्ने चेतावनी दिएको हो। यद्यपि नेपाल सरकारका तर्फबाट कोरियाली पक्षलाई आश्वस्त पार्ने प्रयास भइरहेको छलफलमा सहभागी मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    दुई युवकको ज्यान जाने गरी गत शुक्रबार ललितपुरमा भएको घटनाबारे कोरिया सरकारले औपचारिक धारणा भने सार्वजनिक गरेको छैन। कोरियाली दूतावासले बालकुमारीमा घटना दुःखद् भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना भने व्यक्त गरेको थियो।

    अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी आन्दोलन गरेका थिए। उच्च अदालत पाटनले शुक्रबार नै आवेदन नरोक्न आदेश दिएपछि ईपीएस शाखाले फाराम खुलाएको छ। त्यसमा सन् २०२३ का अनुत्तीर्ण करिब ३२ हजार परीक्षार्थीले फाराम भर्न पाउनेछन्। फराम भर्ने काम भइरहेको ईपीएस शाखाले जनाएको छ।

    विगतमा ईपीएससम्बन्धी आन्दोलन भए तत्काल समस्याको समाधान खोज्न कोरियाली दूतावास सक्रिय रहन्थ्यो। तर अहिले चासो नदिएको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्। नेपालमा भइरहेको विरोधका बारेमा ईपीएस शाखाले दुईपटक पत्राचार गरे पनि कोरियाका रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया र एचआरडी सर्भिस अफ कोरियाबाट कुनै जवाफ नआएको ईपीएस शाखाका एक अधिकारीले जानकारी दिए।

    ज्ञापनपत्र तथा अदालतबाट आएको आदेशलाई समेटेर पत्राचार गरेको एक साता हुँदासमेत कोरियाले उत्तर नदिएको शाखाका ती अधिकारीले बताए। उनले भने, ‘विगतमा तत्काल जवाफ दिने कोरियाले यसपटक दिएको छैन’, उनले भने, ‘शुक्रबार नै पठाएको दुईवटा पत्रको एचआरडी कोरियाबाट कुनै जवाफ नआएपछि के हुन्छ भन्न सकिँदैन। अदालतको आदेश मान्न बाध्य भएकाले आवेदन खुलाइएको हो।’

    नेपालमा भएको आन्दोलन र अदालतको आदेशप्रति कोरिया सरकार असन्तुष्ट रहेको शंका सरकारी अधिकारीहरूको छ। आन्दोलनलाई कारण देखाएर पानीजहाजमा नेपाली कामदार नलिन र आन्दोलनलाई कारण देखाउँदै नेपालबाट कामदार लैजान रोक्न सक्ने श्रम मन्त्रालयकै उच्च कर्मचारी बताउँछन्।

    मन्त्री र सचिव सक्रिय

    ईपीएसको समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारी छलफलमा जुटेका छन्। मन्त्री र सचिवले नेपालस्थित कोरिया दूतावाससँग छलफल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ। साथै पछिल्ला घटनाक्रमबारे कोरियाली पक्षलाई जानकारी गराउने काम पनि भएको छ।

    उत्पादनमूलक क्षेत्रकामा काममा लगाउन नेपाली युवालाई फाराम खुलाएको र अदालतको निर्णयबारे कोरियाली राजदूत पार्क ते-योङसँग छलफल गरी जानकारी गराएको श्रम सचिव केवलप्रसाद भण्डारीले बताए।

    सबै देशहरूमा एउटै नियम लागू गरेर एकैपटक आवेदन र परीक्षा सञ्चालन भइरहेको छ। नेपालमा मात्र किन समस्या आइरहेको छ भनेर कोरियाली पक्षले छलफलमा समस्या औँल्याएको सचिव भण्डारीले हिमाल प्रेसलाई जानकारी दिए। उनले भने, ‘नेपालले आन्दोलनका बेला भएको घटना र अदालतको आदेशलाई स्वीकार गरेर अगाडि बढ्न छलफलमा प्रस्ताव गरेको छ। ईपीएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीको बैठक बसी समाधान खोज्नुपर्ने प्रस्ताव नेपालले गरेको छ।’

    नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मक रूपमा लिएको र कोरियाको सम्बन्धित मन्त्रालयमा छलफल गरी छलफल गर्ने आश्वासन दिएको उनी बताउँछन्। कोरियाले नेपाललाई कामदार लैजान बन्द नगर्ने र स्रोत देशबाट नहटाउने दाबी सचिव भण्डारीको छ।

    सन् २००८ देखि नेपालबाट कामदार ईपीएसमार्फत लैजान थालेको हो। हालसम्म ९५ हजारभन्दा बढी कोरिया रोजगारीमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। हाल कोरियामा ५० हजार नेपाली कार्यरत छन्।

    गत आर्थिक वर्षमा २१ हजार नेपाली ईपीएसमार्फत कोरिया पुगेका थिए। चालु आर्थिक वर्षको ५ महिनामा ६ हजारभन्दा बढी नेपाली कोरिया गएका छन्। दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपालसहित १६ वटा देशबाट कामदार लैजाने गरेको छ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer