• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ १९, २०८३
☰
मङ्गलबार, जेठ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मरुवा रोगका कारण किसान चिन्तित

  • ५. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ७. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

जिल्ला परिचय: काठमाण्डौ


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • गोरखाका राजा पृथ्वी नारायण शाहले आफ्नो ससुराली मकवानपुरबाट फर्किदा चन्द्रागिरीबाट नियालेर रुचाएको समथर सहर हाल  देशको राजधानी तथा पवित्र पाशुपत क्षेत्र अवस्थित जिल्ला काठमाण्डौ वागमती प्रदेशमा पर्दछ । यो जिल्ला काठमान्डौ उपत्यकामा  रहेको छ साथै यसलाई नेपाल सरकारको बर्गीकरण अनुसार उपत्यकाका जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल ३९५ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १,२६२ मिटर देखि २,७३२ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम काठमाण्डौ महानगरपालिकामा पर्ने काठमाण्डौ सहर हो । भौगोलिक रुपमा यो जिल्ला  २७°२१’ देखि २७°५५’ उत्तरी अक्षांस र ८५°२४’ देखि ८५°४९’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा एक वटा महानगरपालिका र १० वटा नगरपालिका गरी जम्मा ११ वटास्थानीय तह रहेका छन् जुन गाउँपालिका बिहिन जिल्ला पनि हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक  जिल्ला, पश्चिममा धादिङ र नुवाकोट जिल्ला, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला  तथा दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला  संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २०,४१,५८७ जना रहेको छ भने जनघनत्व 5,१६९ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात १०२.७९% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.५१% रहेको छ भने कूल जनसंख्याको १.५% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८९.२% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, मगर, गुरुङ, राई, विश्वकर्मा, शेर्पा आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, नेवारी, तामाङ, मगर, मैथली, भोजपुरी, गुरुङ, शेर्पा, राई  आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा राष्ट्रदेव पशुपतिनाथ, मृगस्थली, गुह्यश्वरी, बसन्तपुर दरबार, हनुमानढोका, रानीपोखरी, स्वयम्भु, बुधनीलाकण्ठ, दक्षिणकाली, भुवनेश्वरी मन्दिर, गोकर्णेश्वर, चन्द्रागिरी, दहचोक, नारायणहिटी दरवार संग्रहालय, मातातीर्थ, मत्स्य नारायण, बाघ भैरव, कीर्तिपुरको मैलिक नेवारी सभ्यता छाउनी संग्रहालय,मन्जुश्री पार्क, बालाजु बाइसधारा, शिवपुरी, बौद्धनाथ महाचैत्य, टौदह, नागपोखरी, जामाचो पदयात्रा, सुन्दरीजल, बिभिन्न समयमा लाग्ने जात्रा, असन क्षेत्रपाटीको परम्परागत मौलिक नेवारी सभ्यता, आदि  रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।

    वागद्वारबाट उत्पत्ती भएको वागमती तथा सपनतीर्थबाट उत्पत्ती भएको विष्णुमति नदी यस जिल्लाका प्रमुख नदीहरु हुन् भने अन्य साना सहायक नदीहरु पनि रहेका छन् । यी सबै नदीहरु वागमतीमा एकत्रित भएर चोभारबाट बाहिरिन्छन । साथै यस जिल्लामा टौदह, नागपोखरी, रानीपोखरी, कमलपोखरी, खिच्चापोखरी लगाएत धेरै संख्यामा ताल तथा पोखरी रहेका छन् ।

    काठमाण्डौ जिल्ला देशकै राजधानी सहर भएकाले यस जिल्लाका आर्थिक क्रियाकलाप प्राथमिक उत्पादन मूलक भन्दा सेवामूलक कार्य केन्द्रित देखिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। ठमेल, न्युरोड, असन, बालाजु, माछापोखरी, कलङ्की, बल्खु, कालीमाटी, चाबहिल, कोटेश्वर, चपथाली, टेकु, भोटाहिटी, फर्पिङ, टोखा, आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् । नेपालको पहिलो अन्तराष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा भएकाले देशी तथा बिदेशी पर्यटकको घुइचो पनि यसै जिल्लामा लाग्ने गर्दछ ।

    जलवायुका हिसावले यस  जिलामा  न्यानो समशीतोष्ण जलवायु, तथा ठण्डा समशीतोष्ण जलवायु, पाइन्छ । यस जिल्लाका वनस्पतिमा पतझड वनस्पति तथा कोणधारी वनस्पति पाइन्छन ।

    यो जिल्ला परिचय अन्तरगत उनन्तीसौं शृंखला हो

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १६ गते (३०

    • २.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ३.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ४.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ५.
      आज २०८३ साल जेठ १५ गते (२९

    • ६.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    • ३.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ५.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ८.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer