• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार ०७, २०८३
☰
आइतबार, असार ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जनमतबाट अस्वीकृत मान्छे भर्ती गर्ने ‘डम्पिङ साइट’ बन्दै राष्ट्रियसभा


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रियसभामा पटकपटक अवसर पाएका, पार्टीमा हालीमुहाली गरेका र निर्वाचनमा पराजित भएकाहरूलाई उमेदवार बनाउन खोज्दैछन् । विज्ञ–विशेषज्ञ चाहिने राष्ट्रियसभालाई, देउवा ‘डम्पिङ साइट’मै परिणत गर्न उद्यत भएको टीकाटिप्पणी कांग्रेसमा बाक्लिएको छ ।

    Advertisement

    देउवाका एक विश्वासपात्रका अनुसार, देउवाले कम्तीमा ६ जना आफ्नो ‘पकेटका मान्छे’लाई टिकट दिन खोज्दै छन् । तीमध्ये केही यसअघि जनमतबाट अस्वीकृत पात्र हुन् ।

    अघिल्लो वर्ष मंसिरमा भएको निर्वाचनमा पराजय भोगेका र जनमतबाट अस्वीकृत कृष्णप्रसाद सिटौला, नेतृ पुष्पा भुसाललाई जुनसुकै मूल्यमा उनले राष्ट्रियसभामा ल्याउने वचन दिइसकेको ती नेताले बाह्रखरीलाई जानकारी दिए ।

    सिटौला झापा–३ बाट पराजित नेता हुन् । उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी राष्ट्रियसभामा ल्याउने तयारी भएको हो । भुसाल अर्घखाँचीबाट चुनाव हारेकी नेतृ हुन् ।

    देउवाले समानुपातिक सूचीबाट नाम फिर्ता लिन लगाउँदै आनन्द ढुंगानालाई उमेदवार बनाउने तयारी गरेका छन् ।

    ती नेताका अनुसार, देउवाले सुदूरपश्चिम प्रदेशबाट आफूनिकट दुई नेतालाई राष्ट्रियसभामा ल्याउन खोजेका छन् । जसमा अपाङ्गता भएको कोटामा नारायणदत्त भट्ट अनि अन्य पुरुष कोटामा बलदेव बोहरा छन् ।

    भट्ट कैलाली जिल्ला सभापति हुन् भने जनआन्दोलनका घाइतेसमेत हुन् । कन्चनपुरका बोहरा संविधानसभा सदस्य हुन् ।

    ती नेताका अनुसार वाग्मतीबाट देउवाले दुईजनाको लिस्टमा नाम राखेका छन् । कलाकार नीर शाहको नाम पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा केन्द्रीय सदस्य जितजंग बस्नेतको नाम छ ।

    “उहाँले ६ जनाको नाममा दायाँबायाँ गर्दिनँ भन्नुभएको छ । सिटौला, ढुंगाना, भुसाल, भट्ट र बोहराको नाम उच्च प्राथमिकतामा छ र उहाँले वचन दिनुभएको छ,” ती नेताले भने, “नीर शाह वा जितजंग बस्नेतबाट एक नाम उहाँले फाइनल गर्नुहुन्छ ।”

    कांग्रेसको बटमलाइन ९ सिट हो । एमाले ‘गठबन्धन’ गर्न आए पनि नआए पनि कांग्रेस ९ सिटमुनि टसमस नगर्ने पक्षमा छ । देउवाले ६ सिट आफूलाई राखेर बाँकी तीन सिट संस्थापन इतर समूहलाई दिने तयारी गरेका छन् । उनले निकटस्थहरूसँग र गठबन्धनभित्र पनि ९ सिटमुनि झर्न नसक्ने बताइसकेका छन् ।

    इतर समूहका नेताहरू नै देउवाले आफूहरूलाई तीन सिटमात्र दिने तयारीमा रहेको बताउँछन् ।

    “देउवाले ९ सिट माग्नुको कारण पनि आफूले ६ राखेर बाँकी तीनजना हामीलाई दिने भनेर हो,” ती नेताले भने ।

    देउवाले ६ सिटमा उमेदवारको चाहना हेर्दा केन्द्रीय समिति बैठकको निर्णय कुल्चने निश्चित छ । पुस १२ देखि १४ गतेसम्म तीन दिन चलेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयनसम्बन्धी विषयले स्थान पाएको छ । कांग्रेसले केन्द्रीय समिति बैठकमा निर्णय गर्दै कस्ता व्यक्तिलाई उमेदवार बनाउने भनेर स्पष्ट लेखेको छ ।

    “पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने,” निर्णयमा लेखिएको छ ।

    निर्णयको अर्थ हुन्छ, कांग्रेस राष्ट्रियसभालाई नेता व्यवस्थापन केन्द्र ‘डम्पिङ साइट’ बनाउने पक्षमा छैन । पटक–पटक पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिमा अवसर नपाएकाहरूलाई उमेदवार बनाउने नीति कांग्रेसले अंगीकार गर्‍यो भन्ने देखिन्छ ।

    तर, सभापति देउवाले निर्णयलाई ठाडै कुल्चिएर पटकपटक अवसर पाएका ‘गोजीभित्र’का मान्छेलाई अवसर दिने भएका छन् ।

    “यसमा व्यापक झगडा हुन्छ । केन्द्रीय समिति बैठकले गरेको निर्णयलाई कुल्चँदै खल्तीको मान्छेलाई सिफारिस हुन नदिने गरी हामी लड्छौँ,” एक पदाधिकारीले बाह्रखरीसँग भने ।

    आसन्न २१ फागुनबाट राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिँदै छ । जसमध्ये १९ जना निर्वाचित र १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुने छ । निर्वाचनका लागि पुस २३ गते उमेदवारी दर्ताको मिति तोकिएको छ ।

    उमेदवार चयन गर्ने लगायत विषयमा छलफल गर्न कांग्रेसले शनिबार (भोलि) दिउँसो १ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

     

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ७ गते (२१

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: असार २०८३

    • ७.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer