• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

के शून्य शिक्षक दरबन्दीमा पनि स्कुल चल्छ र ? चल्छ नि !! हेर्नुस् त !!


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • सल्यान । बनगाड कुपिण्डे नगरपालिका-१२, निगालचुलाको तालस्थित दलित जनता आधारभूत विद्यालय एक बर्षदेखि कार्यालय सहयोगीको भरमा छ । स्थायी दरबन्दी नभएको र नगरपालिकाले बजेटको अभाब देखाउँदै करार अनुदानमा शिक्षक भर्ना नगरिदिँदा विद्यालय कार्यालय सहयोगीको जिम्मेवारीमा पुगेको हो ।

    Advertisement

    विद्यालयमा कार्यालय सहयोगीसमेत एक जनामात्रै छन् । नर्सरीदेखि कक्षा-३ सम्मको पठनपाठन र विद्यालय सञ्चालन एक कार्यालय सहयोगीले गर्दै आएका छन् ।

    विद्यालयकी कार्यालय सहयोगी खगिसरा थापाले विद्यालयमा शिक्षक भर्ना नगर्दा सबै आफैँले हेर्दै आएको बताइन् । ‘एक्लै भएकाले सबैलाई अहिले एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएकी छु ,’ उनले भनिन् ।

    २०६२ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ मा २०, २ मा १५ र ३ मा १५ गरी ५० जना विद्यार्थी छन् । ४० विद्यार्थी नियमित आउने गरेका छन् । ‘एक्लैले छुट्टा-छुट्टै कक्षामा पढाउन सम्भव छैन । अहिले सबैलाई एकै कक्षामा राखेर सिकाउँछु,’ उनले भनिन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर ओलीले शिक्षक नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको बताए ।

    ‘शिक्षक दरबन्दी छैन । निजी श्रोतबाट राख्न सक्ने अवस्था छैन । नगरपालिकाले राखिदिँदैन । कार्यालय सहयोगीले पुरै विद्यालय हेर्नुपरेको छ,’ उनले भने, ‘कार्यालय सहयोगीको भरमा चलेको विद्यालयबाट विद्यार्थीले के सिक्छन् ? उनीहरुको भविष्य के हुन्छ?’

    यसअघि विद्यालयमा करारमा भर्ना भएका शिक्षक थिए- हिरालाल डाँगी । तर नगरपालिकाले उनको करार अवधि थपेन । उनी विदा भए । डाँगीले छोडेपनि अर्को शिक्षकको बन्दोबस्त गरिदिन नगरपालिकालाई आग्रह गर्दा आर्थिक अभाव देखाएर शिक्षक भर्ना गर्न अस्वीकार गरेको अध्यक्ष ओलीले बताए ।

    ‘यहाँ विद्यालय आवश्यक छ भनेर नै विद्यालय खोलियो । तर १८ वर्षदेखि एउटा पनि दरबन्दी दिएको छैन । दरबन्दी नभएपछि विद्यालयमा राम्रो शिक्षक पनि प्रबन्ध गर्न सकिएन,’ अध्यक्ष ओलीले भने, ‘गाउँका नानीहरुको पढाइ अस्तव्यस्त छ ।’

    सो वडाका अध्यक्ष लालबहादुर घर्तीले विद्यालयमा शिक्षकका लागि नगरपालिकामा कुरा गर्दा पनि सुनुवाई नभएको बताए । ‘गाउँका साना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर बस्ती नजिकै विद्यालय सञ्चालन गरिएको छ । तर शिक्षक नहुँदा पठनपाठन अस्तब्यस्त भएको छ,’ उनले भने ।

    बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले भने पछिल्नो समयमा साना कक्षाहरुमा विद्यार्थी संख्या घट्दै गएकाले विद्यालय मर्ज गर्ने तयारी भइरहेको बताए । ‘नगरपालिकासँग पनि ठुलो आर्थिक स्रोत छैन । पर्याप्त बजेट नभएका कारण हामीले शिक्षक हटाउनुपर्‍यो । अब विद्यालयहरु मर्ज गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

    उनले तालमा रहेको दलित जनता प्रावि र पालिका भित्रका अन्य केही प्राविमा विद्यार्थी संख्याको आधारमा शिक्षक भर्ना गर्ने तयारी रहेकाे समेत जानकारी दिए । कान्तिपुरमा समाचार छ ।

     

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer