• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पीडामा किसान, पाएनन दुधको भुक्तानी


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय किसानले दुध बिक्री गरेबापत रकम भुक्तानी पाउन सकेका छैनन् । तर किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्क भने सरकारी निकायसँग छैन ।

    Advertisement

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ । ‘निजी क्षेत्रको सम्पर्क हामीसँग सिधै हुँदैन,’ मन्त्रालयकी सूचना अधिकारी सबनम सिवकोटी अर्यालले भनिन्, ‘त्यसकारण तथ्याङ्क छैन, उत्पादनमा ठुलै उतारचढाव भएमा मात्रै आइपुग्छ, अनुमानित रकममात्रै छ ।’

    मन्त्रालयका सहसचिव सूर्य प्रसाद पौडेलका अनुसार हाल दुधको मूल्य प्रतिलिटर ७० रुपैयाँ छ । हाल डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले करिब १ सय देखि १ सय २० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी छ । औसतमा १ सय १० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी देखिन्छ । दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले करिब ९ लाख २५ हजार लिटर दुध दैनिक संकलन गर्छन् ।

    डीडीसीले दैनिक १ लाख २५ हजार लिटरको हाराहारीमा दुध संकलन गर्दै आएको पौडेलले बताए । सो दुधको प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको रकम भुक्तानी नहुँदा डीडीसीले मात्रै करिब ९६ करोड २५ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी हुन्छ ।

    पौडेलले निजी क्षेत्रका डेरी उद्योगले एक दिनमा करिब ८ लाख लिटर दुध संकलन गरेको बताए । आठ लाख लिटर दुधको प्रतिलिटर ७० रुपैयाँका दरले करिब १ सय १० दिनको भुक्तानी ६ अर्ब १६ करोड रुपैयाँ हुन आउँछ ।

    पौडेलका अनुसार डीडीसी र निजी डेरी उद्योगले ९ लाख २५ हजार लिटर दुधको रकम किसानलाई भुक्तानी गर्न बाँकी देखिन्छ । सो बराबर दुध प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको करिब ७ अर्ब १२ करोड २५ लाख रुपैयाँ हुन आउँछ ।

    यता, राष्ट्रिय दुग्ध विकास बोर्डले देशभरका किसानलाई सरकारी स्वामित्वमा रहेको डीडीसी लगायत निजी क्षेत्रका साना, मझौला र ठुला गरी ६ सय दुग्ध उद्योगले करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको जनाएको छ ।

    यस्तै, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले मोटामोटी ४ देखि ५ अर्ब दुधको रकम किसानले भुक्तानी पाउन नसकेको रातोपाटीलाई बताए । उनले भने, ‘ठ्याक्कै यति रकम भुक्तानी हुन बाँकी छ भन्न सकिँदैन तर मोटामोटी ४ देखि ५ अर्ब रुपैयाँ किसानले पाउन सकेका छैनन् ।’

    कुँवरका अनुसार देशभर दुध उत्पादन गरी बेच्ने १ हजार ८ सय ७५ वटा सहकारी छन् । संघमा ८ सय ३३ सहकारी आवद्ध भएका छन् ।

    किन भएन दुधको रकम भुक्तानी ?

    देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन नसकेको बोर्डले जनाएको छ । पछिल्लो समय देखिएको आर्थिक मन्दी, उपभोक्ता क्रय शक्ति घटेकाले दुधको रकम भुक्तानी हुन नसकेको जानकार बताउँछन् । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दुईदेखि तीन महिना यता दुधको रकम भुक्तानी हुन सकेको छैन । ‘सानो रकममा कारोबार गर्ने डेरी उद्योगमा दुधको रकम भुक्तानी गर्न समस्या देखिँदैन,’ यादवले भने, ‘ठुलो रकममा कारोबार गर्ने डेरी उद्योगमा भुक्तानीको समस्या छ ।’

    दुधको कारोबार र बजार नभएकाले भुक्तानी हुन नसकेको केन्द्रीय दुग्ध सहकारी संघको अध्यक्ष अम्बर बहादुर कुँवरले बताए ।

    रकम भुक्तानी गर्न पहल

    किसानलाई दुधको रकम नदिएका डेरी उद्योगीलाई पत्राचार गर्दै मन्त्रालयले तत्काल रकम भुक्तानी गर्न भनेको छ । यता, आगामी माघ मसान्तभित्र दुग्ध उद्योगले दुधको बाँकी रकम भुक्तानी गर्नुपर्ने गरी बोर्डले निर्देशन दिएको छ । बोर्डका कार्यकारी निर्देशक यादवका अनुसार दुध खरिदको अधिकतम बाँकी रकम यही पुसभित्र भुक्तानी गर्नुपर्ने र माघको मसान्तसम्ममा देशभरका किसानलाई रकम चुक्ता गर्नुपर्ने छ ।

    ‘किसान र डेरी उद्योगहरुबिच आउँदो माघभित्र सबै रकम भुक्तानी गर्नुपर्ने सहमति भएको छ,’ उनले भने, ‘यदि दुध उद्योगीले बाँकी रकम भुक्तानी नगरेमा कारबाही गरिने छ ।’ त्यसपछि किसानबाट दुध खरिद गरी नियमित रुपमा उद्योगी व्यवसायीले १५-१५ दिनमा रकम भुक्तानी गर्नुपर्ने उनले उल्लेख गरे ।

    सहकारी संघका अध्यक्ष कुँवरले केही उद्योगले रकम भुक्तानी गरिरहेको जानकारी दिए । ‘सरकारले दिएको समयावधिसम्म हामी कुर्छौं,’ उनले भने, ‘सो समयाधिमा रकम भुक्तानी भएन भने हामीले के गर्ने हो, सोच्ने छौँ । ’

    दुध उत्पादन गर्दा नगद लगानी गर्ने तर दुधको रकम समयमा भुक्तानी नपाउँदा आफू मर्कामा परेको किसानले गुनासो गरेका छन् ।

     

     

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer