• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केकमै गाँजा, सावधान!!!


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलोमा बास्दै आएका विशन मानन्धरलाई प्रहरीले गाँजा मिसाएर केक बेचेको आरोपमा पक्राउ गरेको छ । उनलाई पुस २० मा घट्टेकुलोबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

    Advertisement

    इन्स्टाग्रामलाई लागुऔषध मिसिएको केक बेच्ने प्लेटफर्म बनाएका विशनले अन्य केकभन्दा महंगोमा ‘होम डेलिभरी’ दिने गरेका हुन् । मःम प्याक गर्ने प्याकेटमा केक डेलिभरी गरेर बेच्ने मानन्धरले प्रतिप्याकेट ८ सय रुपैयाँमा बेच्ने गरेको लागुऔषध नियन्त्रण ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । अन्य केकभन्दा उनले प्रति प्याकेट गाँजा मिसाएको केलाई ३ सय रुपैयाँ महँगो लिने गरेको एसपी जोशीले जानकारी दिए ।

    इन्स्टाग्राममा आरोपीले ‘ब्याम्ब डट उङ नेपाल’ नामको अकाउण्ट बनाएका थिए । त्यहाँ ६१४ जना उनको पेजको फलोअर थिए । फलोअरहरु नै गाँजा मिसाएको केक खरिद गर्ने ग्राहक हुन् ।

    युट्युबाट केक बनाउन सिकेका २६ वर्षीय मानन्धरले मफिन पनि बेच्ने गरेका थिए । गाँजा बनाएको मफिनलाई प्रतिगोटा २२५ रुपैयाँ लिने गरेको थाहा भएको छ ।

    आरोपीको केक कारखानाबाट प्रहरीले ३ केजी ७५४ ग्राम गाँजा र १२१ ग्राम धुलो बनाएको गाँजा बरामद गरेको छ । इन्स्टाग्राममा विशनले गाँजाको मेन्यु नै राख्ने गरेका थिए । मेन्यु हेरेर अर्डर गर्न सकिने आइटम थिए–‘द इपिफेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटइयर, नास्टी क्यान्डी ।’ ती सबै गाँजा मिसावट गरिएका केक आइटम हुन् । केक अर्डर आएपछि उनले इनड्राइभमार्फत होम डेलिभरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    विशन मानन्धरले एक वर्षदेखि केक बनाउँदै आएका थिए । उनले किशोराबस्थालाई लक्षित गरेर केक बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बर्थडे पार्टीमा त्यस्तो केक प्रयोग हुनसक्ने एसपी जोशीले बताए ।

    आफ्ना सन्तानलाई बर्थडे पार्टीमा पठाउँदा निगरानी गर्न अभिभावकलाई प्रहरीले आग्रह गरेको छ । ब्युरोका एसपी जोशी भन्छन्–‘वर्थडेमा यस्ता केक मगाएर खान सक्छन् अभिभावकले निगरानी गर्न जरुरी छ ।’

    मानन्धरले गाँजा मिसाएर केक बेच्न गरेको सुराक पाएपछि प्रहरीले ६ महिनादेखि त्यसबारे अनुसन्धान गरिहेका थिए । ६ महिनापछि उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer