काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
Advertisement
नेताहरुका अनुसार कोशीमा चम्पादेवी कार्की, वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी, गण्डकीमा मनरूपा शर्मा सुवेदी, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सरकारको नेतृत्व गरेको दल माओवादीले सत्ता गठबन्धनमा भागबण्डा गर्दा निर्वाचन हुन लागेका १९ मध्ये ६ सिट पाएको हो । आगामी फागुनमा पदावधि सकिनेमा माओवादी केन्द्रका ३ जना सांसद छन् ।




