• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लिलाम विक्री गर्नुपर्ने बरामद गाडी भन्सारका कर्मचारीले प्रयोग गर्दै


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई साताअघि १० वटा चोरीको गाडी नियन्त्रणमा लियो ।

    Advertisement

    भारतबाट चोरी गरी ल्याएका महँगा ब्रान्डका गाडी उपत्यकासहित देशका अन्य ठूला सहरहरूमा समेत चल्ने गरेको सूचना पाएको प्रहरीले विभिन्न ठाउँबाट गाडी नियन्त्रणमा लिएको थियो । त्यसरी प्रहरीले नियन्त्रणमा लिएको पाँच वटा गाडी एक साताअघि मात्रै राजस्व अनुसन्धान विभाग ललितपुर बुझाएको छ ।

    थप नियन्त्रणमा लिइएका गाडी बुझाउने तयारी भइरहेको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । यसअघि बरामद भएका गाडी भने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय बुझाउँदै आएको थियो ।

    राजस्व अनुसन्धान कार्यालय र भन्सार कार्यालय जहाँ बुझाउँदा पनि हुने प्रावधानका कारण यो पटक राजस्व अनुसन्धान विभाग बुझाइएको एसपी रेग्मीको भनाइ छ । तर, यसअघि भन्सार कार्यालय बुझाएका गाडी लिलामी नै हुन छाडेपछि प्रहरीले चलाखीपूर्ण तरिकाले राजस्व अनुसन्धान विभाग बुझाएको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाहेक उपत्यका ट्राफिक प्रहरी र काठमाडौं प्रहरी परिसरलेसमेत नियन्त्रणमा लिएका चोरीका गाडी र मोटरसाइकल भन्सार कार्यालयमा बुझाउँदै आएका छन् ।

    तर, त्यसरी बरामद गरी बुझाइएका महंगा गाडी भन्सार कार्यालयले लिलामी गर्नुको साटो आफैँ प्रयोग गर्ने गरेको पाइएको छ । प्रहरीले बुझाएको गाडी र भन्सार कार्यालयबाट हुने लिलामीको तथ्यांकले त्यसको पुष्टि गरेको हो ।

    उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले मात्रै पछिल्लो तीन आर्थिक वर्षमा ५१ वटा चोरीका गाडी भन्सार कार्यालय बुझाएको देखिन्छ । जसमा २०७८–०७९ मा ट्राफिक प्रहरी कार्यालयले ६ वटा र अपराध अनुसन्धान कार्यालयले ४ वटा विभिन्न ब्रान्डका गाडीहरू भन्सार कार्यालय बुझाएको थियो ।

    त्यसरी नै आर्थिक वर्ष ०७९–०८० मा उपत्यका अपराध अनुसन्धान कार्यालयले १८ वटा र ट्राफिक प्रहरीले ८ वटा गाडी भन्सार कार्यालय बुझाएको अभिलेख छ ।

    यसरी नै चालु आर्थिक वर्ष ०८०–०८१ मा ट्राफिक प्रहरीले ४ वटा गाडी भन्सार कार्यालय बुझाएको थियो । अपराध अनुसन्धान कार्यालयले यो पटक पाँच वटा गाडी राजस्व अनुसन्धान विभाग र ७ वटा भन्सार कार्यालय बुझाएको अभिलेख छ ।

    प्रहरीले नियन्त्रणमा लिई बुझाएकामध्ये स्कारपियो जिपदेखि क्रेटा गाडी समेत छन् । भारतबाट चोरी गरी नेपाल भित्र्याउने गिरोहले नेपाल पुर्‍याएपछि नक्कली कागजात बनाएर सस्तो मूल्यामा बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

    अपराध अनुसन्धान कार्यालयको टोलीले यसपटक चोरीका गाडी बिक्री वितरण गर्ने समूहका मूख्य नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूमाथिको अनुसन्धान अझै जारी छ ।

    प्रहरीले उत्तर प्रदेशका मुसरफ उल्लाखान, काभ्रेका दिलबहादुर घिसिङ, कैलालीका गोकुलप्रसाद श्रेष्ठसहित पाँच जना पक्राउ गरेको छ ।

    तीन वर्षमा २ वटा गाडी लिलामी

    विमानस्थल भन्सार कार्यालयले पछिल्लो तीन आर्थिक वर्षमा जम्मा २ वटा गाडी मात्र लिलामी गरेको देखिएको छ । तीन आर्थिक वर्षमा शंकास्पद ५५ वटा गाडी भन्सार कार्यालय पुगेको थियो । त्यसमध्ये १० वटा गाडी भन्सार कार्यालय आफैँ प्रयोग गरेको वा अन्यत्र प्रयोग गर्न दिइएको देखिन्छ ।

    त्यसरी बरामद गरिएका २१ वटा गाडीबारे भने अनुसन्धान जारी रहेको भन्सारका सूचना अधिकारी लोकराज ढुंगानाले बताए । हाल भन्सार कार्यालयले लिलाम गर्न ६ वटा गाडी बाँकी रहेको जनाएको छ ।

    भन्सारले लिलाम गरेका २ वटा गाडीबाट १५ लाख ६२ हजार ८१० रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरी अधिकारीले भने आफूहरूले बरामद गरेर भन्सार कार्यालय बुझाएका गाडीहरू भन्सारकै कर्मचारीले चढ्दा लिलामी प्रक्रियामै नजाने बताउँछन् ।

    ती अधिकारीले भने, “हामीले भारतबाट चोरी गरेर ल्याइएका गाडीहरू राजस्व संकलन होस् भनी भन्सार कार्यालय बुझाउँछौ । तर, भन्सार कार्यालयले भने लिलामी गर्नुको साटो अनुसन्धान गर्ने नाममा आफैँ चढ्छन् ।”

    भन्सारका कर्मचारीले कार्यालय प्रयोजनका लागि भन्दा प्रहरीले त्यसरी बरामद गरेको गाडीहरू निजी प्रयोजनका लागि समेत चढ्ने गरेको आरोप भन्सारका कर्मचारीमाथि लाग्ने गरेको छ ।

    कसरी गर्छ भन्सारले लिलामी ?

    कर छली गरेर भित्रिएका कारहरू बरामद हुँदै भन्सार कार्यालय पुगेपछि सुरुमा भन्सार कार्यालयले अनुसन्धान गर्छ । अनुसन्धानपछि मुद्दा प्रक्रियामा जान्छ । मुद्दा सकिएका गाडीका हकमा भन्सार कार्यालयले बनेको मिति हेर्ने गर्छ ।

    त्यसपछि जुन गाडीको ‘म्यानुफ्याक्चरिङ’ मिति खुल्छ, त्यो गाडीको हकमा मेकानिकल इन्जिनियर बोलाउँदै त्यसको परीक्षण गरी भ्यालुएसन गरेर लिलामीको सूचना निकाल्ने गरिएको जानकारी भन्सार कार्यालयका सूचना अधिकारी ढुंगानाले दिए ।

    उत्पादन मिति नखुलेकाको हकमा भन्सार कार्यालयले अन्य पाठपूर्जा लिलामी गर्ने गरेको छ । त्यसरी लिलामी गर्दा भन्सार कार्यालयले १५ दिनेको सूचना जारी गरी बोलपत्र आवेदनका आधारमा लिलामी गर्ने गरेको छ ।

    तर, लिलामी गर्न राखिएको मालबस्तुबारे सूचना भन्सार कार्यालयले आफ्नो वेबसाइटमा नराखी कार्यालयको बोर्डमा केही समयका लागि मात्रै राख्ने गरेको देखिन्छ ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer