काठमाडौं । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो ।
सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् ।
परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।
अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।
सन्दीपले २०७९ भदौ ५ गते गौशालाको होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए ।
त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।
उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेशसमेत जान सक्ने आदेश गरेको थियो ।
मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतले पुस १३ गते सन्दीपलाई दोषी ठहर गरेको थियो । बुधबार सजाय तोकिएको हो ।




