• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बमजन आश्रमबाट तीन आनी बेपत्ता, एक अनुयायीको हत्या


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • काठमाडौं । बम्जनको आश्रमबाट बेपत्ता भएका आनीहरू चुन्मो र डोल्मो।बम्जनको आश्रमबाट बेपत्ता भएका आनीहरू चुन्मो र डोल्मो।

    Advertisement

    करिब नौ वर्षअघिको कुरा हो।

    सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोल बस्ने सुम्नी वोट चरूवा चराएर साँझ घर फर्केकी थिइन्।

    उनको परिवार ठूलो छ। श्रीमानले दुई जना विवाह गरेका छन्। दुवैतर्फ गरेर १० छोरा र ५ छोरी छन्। नाति-नातिना घरभरि।

    त्यो साँझ उनी गाईवस्तु लिएर फर्कंदा घर चकमन्न थियो।

    उनी अचम्म परिन्।

    कान्छी छोरी रिताले एकजना ‘जगल्टे’ मानिस ल्याएर उपल्लो तलाको आफ्नो कोठामा राखेकी रहिछन्।

    सबै जना चुपचाप थिए।

    उनले छोरीलाई बोलाएर सोधिन्, ‘कहाँबाट, को मान्छे लिएर आइस्?’

    सुम्नीको अनुहारमा थोरै रोष थियो। आमा रिसाएको देखेर छोरी रिता डराइनन्। आमालाई उल्टो सम्झाउँदै भनिन्, ‘आमा यही त हो नि बुद्ध। तिमीलाई थाहै छैन। कहाँ-कहाँको मान्छे उसको दर्शन गर्न आउँछ। हाम्रो घरमा त बुद्ध आफैं आएका छन्।’

    सुम्नी छक्क परिन्। दुनियाँभर ‘बुद्ध’ भनेर प्रचार भइरहेका रामबहादुर बमजन आफ्नै घरमा आएर बसेको रहेछ।

    सर्लाहीनजिकै बारा जिल्लाको गढीमाईमा मेला लाग्ने वर्ष थियो त्यो- २०६६ साल। गढीमाई मेलामा हजारौं पशुको बलि दिने प्रथा थियो। बमजनले घोषणा गरेका थिए, ‘म यसपालिदेखि नै बलिप्रथा रोक्छु।’

    चेलाहरूले सोधे, ‘गुरू, कसरी?’

    बलिप्रथामा विश्वास गर्नेहरू बलि जारी राख्न कटिबद्ध थिए। झडप होला र त्यसमा गुरूलाई केही भइदेला भन्ने चेलाहरूलाई चिन्ता थियो।

    ‘लिटिल बुद्ध’ भनिने बमजनले चेलाहरूलाई सम्झाए, ‘आध्यात्मिक शक्ति प्रयोग गरेर बलि रोक्छु। पीर नगर्नू।’

    गढीमाई मेला नजिकियो। सबैलाई कौतूहल थियो। केही चिन्तित पनि।

    बमजन गढीमाई मेला सुरु हुनु एक दिनअघि आश्रमबाट हराए। उनी त्यो बेला कहाँ गए अहिलेसम्म धेरैलाई थाहा छैन।

    उनी भागेर रितासँगै उनको घर पुगेका थिए।

    छोरीले बमजनलाई चिनाएपछि सुम्नी पनि परिवारका अरू सदस्यजस्तै चुप लागिन्।

    वोट परिवारको आँगन जोडिएका दुइटा घर छन्। एउटा घरको माथिल्लो तलामा बमजन रितासँगै बसे। उनी दिनभर कतै निस्कन्थेनन्। साँझ परेपछि कहिलेकाहीँ पछाडि खेतमा घुम्न जान्थे।

    महिनौं खाना नखाई तपस्या बसेको भनेर बमजनको चर्चा थियो। सुम्नीको घरमा भने उनी सामान्य मानिसले झैं दुई छाक खाना खान्थे। रिताले माथि कोठामै भात लैजान्थिन्। दुवै जना कोठामै खान्थे।

    रिताकी दिदी बेली माझीलाई भने विवाह नभएकी बहिनीसँग बमजन कोठामा बसेको, सुतेको ठीक लागेन।

    उनले एकदिन बमजनलाई सोधिन्, ‘तपाईं तपस्वीजस्तो मान्छे, मेरी बहिनीसँग कोठामा किन बस्नुहुन्छ?’

    बमजनले भने, ‘दिदी, म तपाईंको बहिनीलाई मन पराउँछु। हामीबीच प्रेम छ।’

    ‘हामीलाई त्यस्तो कुरा थाहा छैन। हाम्री बहिनी तपाईंसँग यसरी बसेको समाजले थाहा पायो भने इज्जत जान्छ,’ उनले जवाफ दिइन्।

    ‘तपाईं यस्तो कुरा बुझ्नुहुन्न दिदी,’ बमजन थोरै झोक्किए।

    त्यो दिनदेखि बमजन बेलीसँग बोल्न छाडे।

    खासमा उनी परिवारका मानिससँग खासै बोल्ने, बस्ने गर्थेनन्।

    घरमा बस्दा सेतो धोती, ज्याकेट लगाउँथे। रिता भने कुर्ता सुरूवाल नै लगाउँथिन्। उनीहरू दिउँसो पटक्कै बाहिर निस्कन्थेनन्। त्यो बेला बमजन आएर एक महिनासम्म बोट परिवारकहाँ बस्दा पनि छिमेकी कसैले चाल पाएनन्।

    लगभग एक महिना त्यहाँ बसेपछि बमजन र रिता गए। कहाँ गए परिवारलाई थाहा छैन।

    तीन महिनापछि रिता फेरि घर आइन्, एक्लै। अनुहार थकित र निराश थियो। सधैं कुर्ता सुरूवाल लगाउने रिता त्यस बेला म्याक्सी लगाएर आएकी थिइन्। घरमा बस्दा पनि म्याक्सी नै लगाइन्।

    उनले घरमा देखाएका व्यवहार असामान्य थिए।

    आएको भोलिपल्टै उनले घरपछाडिको खेत खनिन्। त्यहाँ अघिल्लोपटक आउँदा उनले आफ्ना सारा फोटा गाडेकी रहिछन्। ती सबै खोतलेर निकालिन्। र, सबै फोटा जलाइदिइन्।

    परिवारले रोक्न खोज्यो। मानिनन्।

    दिदी र भाउजूले किन जलाएको भनेर सोधे। उनी केही बोलिनन्।

    ‘फोटा खनेर निकालेको र जलाएको देख्दा छक्क पर्‍यौं। रोक्दा पनि मानिनन्, रिसाइन्,’ रिताकी भाउजूले भनिन्।

    पहिले कहिल्यै नभनेको कुरा, त्यो बेला रिताले आमा सुम्नीलाई भनिन्, ‘मलाई त्यहाँ कुट्छन्/पिट्छन् आमा।’

    सुम्नीले हामीलाई सुनाइन्, ‘उसको ज्यानमा निलानिला डाम थिए। एकपटक त बुटले कुल्चेको रे। त्यसको निशानै थियो। शरीरभरि चिरेका घाउ थिए।’

    बमजनका दाजुले पनि आफूलाई कुटेको रिताले आमासँग बताएकी रहिछन्।

    ‘मेरो भाइको सम्पत्ति खान आएको भनेर जेठाजुले पिट्यो, कान्छो भाइले छुट्यायो भन्थी,’ सुम्नीले सम्झिइन्।

    त्यो बेला उनले रितालाई सोधेकी थिइन्, ‘तपस्वी र तेरो बिहे भएको हो?’

    ‘हैन,’ रिताले भनेकी थिइन्।

    ‘त्यसो भए किन ऊसँग बसेको, किन उसको दाजुलाई जेठाजु भनेको?’ सुम्नीले आफ्नी छोरीलाई सोधिन्।

    ‘छोरीले उत्तर नै दिइन,’ सुम्नीले हामीसँग भनिन्।

    सुम्नीले त्यस बेला रितालाई ‘अब बमजनकहाँ नजा’ भनिन्।

    ‘त्यस्तो गर्छ भने किन जान्छस् भन्थेँ म,’ सुम्नीले भनिन्, ‘तर, चार-पाँच दिनमै बमजनको फोन आयो अनि गई।’

    उनी गएको केही समयपछि एक साँझ बमजन आए।

    घरका मानिसले सोधे, ‘रिता खै?’

    बमजनले भने, ‘म पनि त्यही सोध्न आएको।’

    घरपरिवारले बमजनसँग रिताको सोधिखोजी गरे।

    उनकी माइली भाउजूले बमजनलाई भनिन्, ‘हाम्रो चेली जस्तो गएको थियो त्यस्तै ल्याइदिनू।’

    सुम्नीका अनुसार, रिताका माइला दाजुले उनी कतै नभेटिए एफएममा सूचना दिने र प्रहरीकहाँ उजुरी गर्ने बताए।

    रिताका दाजुको कुरा सुनेर बमजन झस्किए।

    उनले भने, ‘एफएममा नभन्नू। प्रहरीमा पनि नजानू। मलाई अप्ठ्यारो पर्छ। तपाईंहरूलाई पनि अप्ठ्यारो पर्छ।’

    उनले रितालाई आफैंले खोज्ने आश्वासन दिए।

    त्यसपछि पनि बमजन रिताको घरमा दुईपटक आए।(सेतो पाटी)

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer