• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अभिभावकलाई वेवास्ता गर्दै शिक्षा विधेयक


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • काठमाडौं । अभिभावक संघ, संगठन र महासंघले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा अभिभावकलाई वेवास्था गरेको आरोप लगाएका छन् । विधेयकमा शिक्षक महासंघलाई महत्व दिएजस्तै अभिभावक महासंघ शिक्षाको हरेक संयन्त्रमा समेट्ने गरी कानुनमै व्यवस्था गरिदिन संघ, संगठन र महासंघका प्रतिनिधिहरुको आग्रह छ ।

    Advertisement

    विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको छलफलमा उनीहरुले सहभागी संघ, संगठन र महासंघका प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् ।

    ‘विधेयक अघि बढाउनु अघि शिक्षा मन्त्रालयले सरोकारवालासंग छलफल समेत गरेन । यो दुर्भाग्य हो,’ महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने,‘विधेयकमा शिक्षकलाई जति प्राथमिकता दिएको छ । अभिभावकलाई पनि समेटिएको भए सहअस्तित्वको भावना हुन्थ्यो । यो हुन सकेको छैन ।’

    विधेयकमा विद्यार्थीको बारेमा एक शब्द पनि उल्लेख नभएको उनले बताए ।

    ‘यो विधेयक कसको लागि हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ । उहाँलाई समान नगरेसम्म शिक्षाको विकास हुदैन । तर, विद्यार्थीलाई वेवास्ता गर्नु हुदैन,’उनले भने ।

    अब बन्ने कानुनमा अभिभावक संघ संगठन र महासंघलाई राष्ट्रिय चिनारी गरिदिन उनले आग्रह गरे । ‘अन्यथा यो विधेयक हाम्रो होइन भन्न नपरोस्,’उनले भने ।

    अभिभावक संघका अध्यक्ष केशव पुरीले शिक्षाको गुणस्तर सुधार गर्न अभिभावकको सम्मान हुने गरी कानुन बनाउनु पर्ने बताए । शिक्षाको गुणस्तर सुधारको लागि योजना बनाउन होस वा अन्य जुनसुकै योजना बनाउन अभिभावकलाई समेटिनुपर्छ,’उनले भने,‘शिक्षाका स्तर उठाउन राज्यले जुन काम गरेको छ । हामीलाई इग्नोर नगरियोस् ।’ शिक्षा मन्त्रालयले आफुलाई अप्ठ्यारो परेको बेला मात्रै अभिभावकलाई साक्षी राख्न बोलाउने गरेको उनले बताए ।

    काठमाडौंका सामुदायिक विद्यालयमा हुने खानेको घरमा काम गर्नेको छोराछोरी मात्रै पढाउने गरेको उनको बताए ।

    ‘काठमाडौंका शहरी क्षेत्रका सामुदायिक विद्यालयमा ठुलाबढाका छोराछोरी पढ्ने आभास भएको छ । यो विद्यालय काम गर्नेको सन्तान पढ्ने मात्रै हो र,’उनले भने,‘राज्यले लगानी गरेको ठाउँमा उचित निगरानी दिन सक्ने अवस्था होस् । विधेयक आउदा विदेश जाने रोक्न सुझाव दिन पनि अभिावक संघ चाहियो ।’

    विद्यालय शिक्षा विधेयकमा सीटीइभीटीलाई नसमेटिएको भन्दै महासंघका अध्यक्ष भण्डारीले आपत्ती जनाए ।

    ‘विद्यालय शिक्षा प्राविधिक र साधारण भएपनि साधारण तर्फका पाटो मात्रै विधेयकमा समेटिएको छ,’उनले भने,‘प्राविधिक किन हटाइएको हो ? यो विधेयकमा प्राविधिक र सीटीइभीटी तर्फ एक शब्द पनि खर्च गरिएको छैन । बिशेष ध्यानाकर्षण गराउँछौ ।’

    कांग्रेस सांसद चन्द्र भण्डारीले गुणस्तीय शिक्षाको मापदण्ड के हुने भनेर अभिभावकका संघ संगठनका पदाधिकारीलाई प्रश्न गरेका थिए ।

    ‘जीवन जगतको लागि गुणस्तर भनेको चिल्लो प्रमाणपत्र मात्रै होइन । जीवन गुणस्तर भयो भने पढाई स्तरीयता संग जोडिन्छ,’उनले भने,‘१२ कक्षा पास गरेको विद्यार्थीले गमलामा पानी हाल्न जान्दैनन्, आमा बुबालाई सम्मान गर्न सक्दैनन्, समाजमा बाँच्न र बचाउन सक्ने शिक्षा नै गुणस्तर शिक्षा हो ।’ सरकारले बनाउने पाठ्यक्रम पारुपको खाका बनाउदा होस वा अन्य कुनै पनि प्रक्रियामा अभिावकलाई समेट्न नसकेको उनले बताए ।

    राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जिसीले अब बन्ने कानुनमा अभिभावकको पहिचान स्थापित हुनु पर्ने बताए ।

    विदेशमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकको संघका अध्यक्ष नवराज काफ्लेले विदेशमा अध्ययन गर्ने विद्यार्थीको यकिन विवरण सरकारले राख्न नसाकेको भन्दै आपत्ती जनाए । ‘मन्त्रालयको एनओसी भन्ने शाखा छ । एनओसी लिएर भिसा नलागेको पनि हुनसक्छ । कुन देशमा कति अध्ययन गरिरहेका छन् ? सरकारसंग रेकर्ड छैन,’उनले भने ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer