• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: गोरखा


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको तथा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थल तथा क्षेत्रफलका आधारमा चौंथो ठूलो जिल्ला गोरखा गण्डकी प्रदेशमा पर्दछ । यो जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल ३,६१० बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट २२८ मिटर  देखि ८,१६३ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम पोखरीथोक गोरखा बजार हो । भौगोलिक रुपमा यो जिल्ला  २७°१५’ देखि २८°१५’ उत्तरी अक्षांस र ८४°२७’ देखि ८४°५८’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, २ वटा नगरपालिका, ११ वटा गाउँपालिका गरी जम्मा १३ वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा धादिङ  जिल्ला र चीनको स्वशासित क्षेत्र तीब्बत, पश्चिममा तनहु, लमजुङ र मनाङ जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तीब्बत  तथा दक्षिणमा चितवन धादिङ र तनहु जिल्ला  संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २,५१,०२७ जना रहेको छ भने जनघनत्व ७० जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८८.९२ % रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.७४% रहेको छ भने कूल जनसंख्याको ३.७% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७२.४% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा गुरुङ, ब्राह्मण, मगर, क्षेत्री, मिजार, नेवार, विश्वकर्मा, तामाङ, कुमाल, परियार आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, गुरुङ, मगर, तामाङ, घले, चुम/नुब्री, नेवारी, चेपाङ, कुमाल आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय मुरलीधर नारायण मन्दिर, रामेश्वर मन्दिर, मनकामना मदिर, भगवातीस्थान, विरिमकाली मन्दिर, बक्रेश्वर महादेव, भीमसेन मन्दिर, अन्नपूर्ण मन्दिर, राजेन गुम्बा, देदेरोन गुम्बा, मनास्लु शिखर (किलर माउन्टेन) (८१६३ मि.) गणेश हिमाल (७४२९ मि.), सिद्ध गुफा, पुरोन गुफा, तीनतले गुफा, सीता गुफा, गोरखनाथ गुफा, रामशाह चौतारा, गोरखकाली मन्दिर, गणेशस्थान, शितलपाटी, रंगमहल, रोटपाटी, पण्डितपाटी, गोरखा संग्रहालय, हर्वोरियम तथा वनस्पति संग्रहालय, कालुपान्डे स्मारक स्थल, लखन थापा स्मारक स्थल, लिगलिगकोट, तल्लोकोट, उपल्लोकोट, वारापाककोट, अजिरकोट, झिरिरुङ, पोखरीडाँडा, मनास्लु सर्किट ट्रेल, चुम उपत्यका अहिंसा क्षेत्र विशिष्ट पर्यटन पदमार्ग,, तल्लो मनास्लु सर्किट ट्रेल, मनकामना-गोरखा धार्मिक तथा ऐतिहासिक पर्यटन मार्ग, लिगलिगकोट-अजिरकोट मार्ग  आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।

    यस जिल्लाको जलस्रोतका रुपमा नेपालकै सबैभन्दा बुढीगण्डकी, दरौंदी, चेपे, मर्स्याङ्दी, स्यार खोला मानेपानी, ज्याद्रुङ खोला आदि रहेका छन्  । साथै यस जिल्लाको जल भण्डारको रुपमा ठूलो दुधपोखरी, सानो दुधपोखरी, निम्चे पोखरी, रानी पोखरी, भुलभुले खार, विरेन्द्र ताल, कल्छुमंत्तल, छोसोंगतालआदि रहेका छन्, जसले यस जिल्लाको जलावयुलाई मनोरम बनाई राखेका छन्।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। धान, गहु, मकै तोरी, कोदो जस्ता खाद्यवाली तथा व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ । गोरखा बजार, आरुघाट, भच्चेक, मनकामना, बुन्कोट, वारपाक, पालुङटार आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।

    जलवायुका हिसावले यस  जिलामा नेपालमा पाइने सबै प्रकारका उपोष्ण मनसुनी जलवायु न्यानो समशीतोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु, लेकाली जलवायु तथा हिमाली पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा तल सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति, पतझड वनस्पति, कोणधारी वनस्पति, लेकाली वनस्पति तथा हिमाली वनस्पति  पाइन्छन ।

    जिल्ला परिचय अन्तरगत यो छात्तीसौं शृंखला

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer