• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अर्थ मन्त्रालयले गर्दै सहकारी नियमनमा कडाइ


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • काठमाडौं । सहकारी संस्थाहरू विधिसम्मत नचलेपछि नियमनमा कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको धेरै भयो । सहकारी क्षेत्रलाई व्यवस्थापन गर्न अध्ययन पनि गरियो । अध्ययन प्रतिवेदन गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइयो ।

    Advertisement

    प्रतिवेदनमा सहकारी सुधारका तीनवटा विकल्प पनि दिइयो । तर, अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन ।

    सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० गठन गरी सहकारी क्षेत्रमा भएका समस्या र समाधानका उपाय खोज्न भनिएको थियो । अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्मका १७ जना सदस्य भएको कार्यदलले बुझाएको दिएको सुझाव अहिलेसम्म पनि प्रभावकारी रूपमा कार्यन्यन भएको छैन ।

    कार्यदलको संयोजक थिए, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत । राउतको संयोजकत्वमा गठित कार्यदलले सहकारीका समस्या समाधानका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन उपाय दिएको थियो ।

    कार्यदलले प्रतिवेदन बुझाएको चार महिना भइसकेको छ । प्रतिवेदनमा भएका अल्पकालीन सुधारका उपायहरू सुस्तरूपमा सहकारी विभागले गर्दै आएको कार्यदलका संयोजक राउत बताउँछन् ।

    “सहकारी क्षेत्रमा ठूलो समस्या छ । तर, त्यसलाई तत्कालै समाधान गर्ने हामीसँग जनशक्ति छैन । हाम्रो प्रतिवेदनमा दिएका सुझाव कार्यान्वयन गर्न विभागले केही सुस्त रूपमा काम गरिरहेको छ,” उनले भने, “तर, अहिले पनि सहकारीले बचत फिर्ता नदिएको कुरा प्रहरीमा र विभागमा आउने गरेको गुनासो गृहमन्त्रीज्यूले राख्नुभएको छ । यसलाई समाधान गर्न के गर्न सकिन्छ भनेर आज मन्त्रालयमा छलफल पनि भएको थियो ।”

    प्रहरी र गृहमन्त्रीलाई नै सहकारी पीडितले झक्झकाएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार अर्थ मन्त्रालयसहित प्रहरीलाई पनि बोलाएका थिए ।

    छलफलमा सहभागी अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालले सहकारीलाई नियमन गर्न एउटा छुट्टै बोर्ड गठन गर्नुपर्ने र त्यो बोर्डमा विज्ञ अध्यक्ष चयन गरी काम गर्नुपर्ने धारणा राखेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले बचतकर्ताको बचत लिएर भाग्ने सञ्चालकलाई कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए । सहकारी ऐन अनुसार सहकारीका सञ्चालकलाई कारबाही गर्न बर्सौं लाग्ने भन्दै उनले सर्वसाधारणको रकम ठगी गरेको मुद्दामा कारबाही गर्न मन्त्री श्रेष्ठलाई सुझाव दिए ।

    सहकारी नियमनका लागि धितोपत्र बोर्डजस्तै निकाय खडा गरेर त्यहाँ राष्ट्र बैंक, अर्थ, कानुन, सहकारी मन्त्रालय र विज्ञसहितको बोर्ड गठन गर्नुपर्ने र त्यसमा स्वतन्त्र विज्ञ अध्यक्ष छनोट गरी कडा नियमन गर्ने निकाय बनाउन उनले सुझाव दिए ।

    गृहमन्त्री श्रेष्ठले अर्थले यसका लागि केही गर्न पर्‍यो भनेपछि उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसको विषयमा हेर्ने बताएका थिए । तर, सहकारी ऐनअनुसार कुनै पनि हालतमा सञ्चालकलाई कारबाही गर्न नसकिने उनको भनाइ थियो ।

    त्यस्तै, अहिले बनेको सहकारी समस्या समाधान समितिको कार्यालयले समस्याग्रस्त सहकारीको टुंगो लगाउन नसक्ने पनि अर्थको बुझाइ छ । यो समितिमा काशीराज दाहाल अध्यक्ष छन् ।

    सहकारी विभागको क्षेत्राधिकारमा पर्ने सहकारी पनि नीति र सिद्धान्तमा नबसेको भन्दै अहिलेको विभाग जस्तो निकाय काम नलाग्ने छलफलमा बरालले विषय उठान गरेका थिए । गृहमन्त्रीलगायतले भने अहिलेको विभाग जस्तै सहकारी नियमन गर्ने छुट्टै निकाय बनाउनपर्नेमा जोड दिएका थिए ।

    प्रतिवेदन अनुसार हाल नेपालमा सहकारी संस्थाको संख्या ३१ हजार ३७३ पुगेको छ । त्यस्तै, ती सहकारीमा सदस्यको संख्या ७३ लाख ८१ हजार २१८ छ । यी सदस्यमार्फत ९४ अर्ब १५ करोड रुपैयाँ सेयरपुँजी परिचालन भएको छ ।

    सहकारी क्षेत्रमार्फत चार खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन र कुल ऋण लगानी चार खर्ब २६ अर्ब ३५ करोड भएको छ । सहकारी क्षेत्रमा महिला सदस्यको संख्या उलेख्य रहेको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमार्फत ९३ हजार ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer