• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गण्डकीले सरकारले बनायो गाँजा खेती गर्न कानुनको मस्यौदा


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्नका लागि कानुनको मस्यौदा निर्माण गरेको छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयकको मस्यौदा बनाइएको हो ।

    Advertisement

    सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाँजा खेती र घरेलु मदिराको उत्पादन तथा ब्राण्डिङ गर्ने घोषणा गरेको थियो । सोही आधारमा गाँजा खेतीलाई खुला गर्न लागिएको हो । यद्यपि मस्यौदा मन्त्रिपरिषद्बाट पास भइसकेको छैन । क्याबिनेटबाट पास भएपछि संसदमा पेस हुनेछ । संसद्ले पनि पास गरेपछि कार्यान्वयनमा जाने छ । औषधि निर्माण, अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन, बिक्री वितरण, प्रशोधन, भण्डारण र ओसारपसारका लागि कानुन निर्माण गर्न लागिएको मुख्य न्यायाधीवक्ताको कार्यालयले जनाएको छ । सोही कार्यालयले मस्यौदा तयार गरेर मुख्यमन्त्री कार्यालयमा पेस गरेको हो ।

    १५ बोट घरमै उत्पादन

    प्रस्तावित मस्यौदामा अनुमति विना गाँजा खेती गर्न वा ओसारपसार गर्न र विक्री वितरण गर्न बन्देज लगाइएको छ । तर एक परिवारले घरेलु प्रयोजनका लागि बढीमा १५ बोटसम्म गाँजाको बोट उमार्न र संरक्षण गर्न अनुमति लिनुपर्दैन । कपडा उत्पादन वा अन्य औद्योगिक प्रयोजनका लागि पनि हाँगा, रेसा, दाना, निसार, मह, तेल, पिनाको उत्पादन वा विक्री गर्ने अनुमति लिन नपर्ने व्यवस्था छ ।

    गाँजा खेतीका लागि प्रदेश सरकारबाट अनुमति लिनुपर्छ । किसानले आफ्नो घर वा परिवारको जग्गाधनी दर्ता स्रेस्ता अनुसारको अधिकतम क्षेत्रफल तोकेर माग्नुपर्छ । कुनै सरकारी वा सार्वजनिक जग्गालाई भाडामा लगाएर कुनै किसान वा समूहलाई गाँजा खेती गर्न अनुमति प्रदान गर्न सक्छ । प्रदेश सरकारले बोर्ड गठन गर्ने कल्पना गरिएको छ । बोर्ड गठन नभएको अवस्थामा जिल्लाको कृषि ज्ञान केन्द्रले अनुमति दिनेछ ।

    १८ वर्ष मुनिकाले खेती गर्न नपाउने

    मस्यौदामा १८ वर्षभन्दा कम उमेरका व्यक्तिको संलग्नतामा गाँजा खेती गर्न नपाइने उल्लेख छ । जथाभाबी प्रयोग हुन सक्ने अवस्था भएमा अध्ययन गरेर अनुमति नदिने व्यवस्था राखिएको छ । गाँजा उत्पादन र बिक्रीका लागि प्रदेशले अनुमति दिनेछ । अनुमति पत्रको अवधि ५ वर्षको हुनेछ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।

    किसानले उत्पादन गरेको गाँजा लेवलिङ,र्यापिङ र प्याकिङ गरेर मात्रै बेच्न पाइन्छ । उत्पादित गाँजा बोर्ड वा बोर्डले तोकिदिएको निकाय, कार्यालय वा औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योगमा मात्रै बेच्नुपर्ने छ । भाङको दाना, तेल, मह, रेसा, रेशाबाट उत्पादित कपडा, डाँठ वा डाँठबाट उत्पादन भएको जुनसुकै बस्तु जोसुकैलाई बेच्न मिल्ने उल्लेख छ ।

    खरिदकर्ताको नाम, थर, ठेगाना र गाँजाको प्रयोजन खुलाएर १८ वर्ष उमेर पुगेका व्यक्तिलाई सामान्य परिमाणमा बिक्री वितरण गर्न बाधा पर्ने छैन । नागरिकता लिएर मात्रै बेच्ने व्यवस्था प्रस्तावित कानुनमा छ । किसानले उत्पादित गाँजा भित्र्याउनुअघि बोर्डलाई जानकारी गराउनुपर्छ ।

    विज्ञापन गरे ६ महिना जेल

    गाँजा उत्पादनपछि बेच्नका लागि विज्ञापन गर्न पाइँदैन । अनुमति विना खेती गरेमा, भण्डारण र बिक्री वितरण गरेमा १ वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाएँ हुनेछ । लेवलिङ नगरेमा, अभिलेख नराखेमा र विज्ञापन वा प्रचार गरेमा ६ महिनासम्म कैद, १ लाख जरिवाना वा दुवै सजाएँ हुनेछ भने अन्य कसुर गरेमा १ महिनासम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाएँ हुनेछ ।

    यसको नियनम गर्न १५ सदस्यीय बोर्ड गठन गरिनेछ । गाँजा खेती गर्न प्रत्येक पालिकामा नियमन तथा व्यवस्थापन गर्नका लागि पालिका प्रमुखको अध्यक्षतामा छुट्टै समिति गठन हुनेछ । कसैले गाँजा खेती र कारोबार गरेमा त्यसको कर वा रोयल्टी प्रदेश सरकारलाई बुझाउनुपर्ने गरी व्यवस्था गरिएको छ ।

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer