☰
शुक्रबार, कार्तिक २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

औंसी श्राद्ध गर्नेहरूको भीड उत्तरगया धाममा


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ ।

    Advertisement

    त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । उत्तरगया क्षेत्रमा टाढा–टाढा देखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको बिहानै देखि भीड लागेको हो ।

    स्वर्गीय बाबु-आमा तथा आफन्तको नाममा भक्तजनहरूले अहिले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् ।

    यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु-आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

    पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । यस क्षेत्र आएर श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने विश्वास रहेको छ ।

    सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइँकुण्ड गएको धार्मिक किंवदन्ती रहेको छ ।

    यहाँ भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरू श्राद्ध गर्न यहाँ आउने गरेका छन् ।

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer