• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इतिहाससित भाग्दै पोखरा महानगरले राख्यो सुरक्षा निकायलाई हाई अलर्टमा


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • पोखरा । पृथ्वी जयन्तीलाई लिएर कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा छन् । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको सालिक छ ।

    Advertisement

    सोही सालिकमा केही महिना अगाडि विवादसमेत भएको थियो । उक्त विवाद दोहोरिने आशंकामा सुरक्षा निकायले निरिक्षकको कमान्डमा नै टोली खटाएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पृथ्वीचोकमा खटिएको छ ।

    बिहीबार पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यक्रम नै आयोजना गरेको छ । राष्ट्र गौरव अभियान नामक संस्थाले पनि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रमलाई विभिन्न १० वटा जातीय तथा संस्थाले पनि साथ दिएका छन् । कार्यक्रमकै लागि भनेर राप्रपाका नेता रवीन्द्र मिश्र पनि पोखरा आइपुगेका छन् ।

    पछिल्लो समय शान्त बने पनि पृथ्वीजयन्तीको अवसरमा फेरि सालिक विवाद आउन सक्ने आशंका गरेर नै सुरक्षा निकाय अलर्टमा बसेका हुन् । रातिको समयमा पृथ्वीनारायण शाहको प्रतिमा राख्छन् कि भन्ने आशंका पनि सुरक्षा निकायमा छ ।

    कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने, “प्रतिमा राख्ने नै भन्ने सूचना त छैन, तर हुन सक्छ भन्ने हिसाबले अलर्टमा छौँ । प्रहरी निरिक्षकको कमान्डमा टोली खटाएका छौँ ।”

    राप्रपाले स्थानीयसँग मिलेर गत पुस ८ गते मध्यरातमा पोखरा १० स्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्रको सालिक स्थापना गरेको थियो । आठ फिटको यो सालिक ठड्याइएको विषय भोलिपल्ट मात्र थाहा पाएका थिए । वीरेन्द्रचोकको जस्तै घटना दोहोरिन्छ कि भन्ने आशंकामा पनि सुरक्षाकर्मीको गस्ती खटाइएको हो ।

    पुस ८ गते राखिएको सालिकमा १४ गते वीरेन्द्रको जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो ।

    स्थानीयकै पहलमा उक्त सालिक राखिए पनि पृथ्वीचोकको विषय पेचिलो छ । यहाँको सालिक विवादमा साम्प्रादायिकदेखि राजनीतिक रंगहरू भेटिन्छन् । त्यसकारण पनि सुरक्षा निकायले पृथ्वीचोकलाई विशेष चासो दिएको हो ।

    विवाद चर्किने डर

    पोखरामा चर्किएको ‘सालिक विवाद’ केही समय देखि शान्त छ । पृथ्वीचोकमा रहेको लखन थापाको सालिकमुनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत वर्ष पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।

    तर, गएको साउन २४ गते २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसमा सहभागीहरूले राप्रपाले राखेको पृथ्वीनारायण शाहको प्रतिमा फालिदिए ।

    यही घटनापछि पोखरामा चर्किएको सालिक विवाद केही समय चलिरह्यो । राप्रपाले पुनः राखेको प्रतिमा महानगरपालिकाले नै हटाइदिएपछि आन्दोलन झनै चर्किने संकेत देखिएको थियो ।

    तर, २६ साउनमा मेयर धनराज आचार्यले सर्वदलीय बैठक बोलाए । उक्त बैठकमा सडकमा रहेका सालिकहरू एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने सहमति जुट्यो ।

    त्यसपछि सालिक विवाद केही शान्त बन्यो । तर, एक महिनासम्म पनि सालिक व्यवस्थापनको निर्णय कागजमै सीमित रहन पुग्यो ।

    सालिक हटाउने विषयमा पछिल्लो समयमा मेयर आचार्यले नेपाली कांग्रेसको साथ पाएका छैनन् । पुस १४ गते मेयर आचार्यले सर्वदलीय बैठक डाकेर विभिन्न ६ वटा एजेन्डामा दलहरूको साथ खोजेका थिए । तीमध्ये एउटा थियो– सालिक व्यवस्थापन ।

    तर, यो एजेन्डामा मेयर आचार्यले प्रमुख दल कांग्रेसको साथ पाएनन् ।

    लिखितरूपमा सुझाव पेस गर्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले महानगरपालिकाले सालिकलाई कलात्मक र जीवन्त बनाउनुको सट्टा स्थानान्तरण गर्न खोजेको बताएका थिए ।

    सालिक भनेको कला र इतिहासको सुन्दर संयोजन भएको र कुनै पनि सहरका चोकहरूमा सालिकहरू राखिने प्रचलन संसारका सबै विकसित र समृद्ध देशहरूमा समेत हुने भएकाले चोकमा राखिएका सालिक हटाउन नहुने उनको तर्क थियो ।

    “हामीले हाम्रा सहरका चोकहरूमा सालिकको नाममा कलाविहीन मूर्तिहरू राखेका छौँ । हामीले सालिकको महत्त्व र गरिमालाई झल्काउन सक्ने गरी सालिकको स्थापना गर्नै सकेका छैनौँ । यसलाई डरलाग्दो गरी भद्दा बनाएका छौँ,” बरालले भने, “यसैले सहरका चोकहरूमा राखिएका सालिकहरूलाई कलात्मक र जीवन्त बनाउनका लागि प्रयास गर्नु भन्दा सालिकको स्थानान्तरण गर्न सजिलो हुने भएकाले महानगरपालिकाले सालिक स्थानान्तरणको सजिलो बाटो खोजेको जस्तो देखिन्छ ।”

    राजमार्ग विस्तारका लागि सालिकले अवरोध गरेको भन्ने तर्कमा पनि उनले असहमति जनाएका थिए । बाटो जति चौडा बनाए पनि सालिकको आकारलाई सानो र कलात्मक बनाएर सहरको आकर्षण बढाउन सकिने धारणा उनले राखेका थिए ।

    कांग्रेसबाहेक राप्रपाले चोकमा सालिक राख्दैमा यातायातलाई असर नपर्ने बताएको थियो । सर्वदलीय बैठकमा नै सबैको साथ नपाएतापनि मेयर आचार्यले भने राजमार्ग विस्तारका लागि मुख्य चोकको सालिक व्यवस्थापन अत्यावश्यक रहेको बताएका थिए । तर, दलदेखि विभिन्न समुदायहरूको विरोधका बीच सालिक व्यवस्थापनको कार्य भने झनै पेचिलो बन्दै गइरहेको छ ।

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer